रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी भएका छन् । सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी भएका हुन् । पार्टीका गोरखा नगरपार्टी सभापति शिशिर प्रधानका अनुसार अधिवेशनबाट जिल्ला पार्टी उपसभापतिमा सुकबहादुर तामाङ, सचिवमा मिलन लामा र सहसचिवमा योगेन्द्रजङ्ग बस्नेत १५० विजयी भएका छन् ।
प्रतिनिधि सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ कार्यसूची
काठमाडौँ, २५ जेठ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य छलफल सुरु हुनेछ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व...
आज पूर्व बादल लाग्ने, आंशिक वर्षाको सम्भावना
बिर्तामोड, जेठ २५ । हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको स्थिति […]
नेपाल र हङकङ आज फाइनलमा भिड्दै
काठमाडौं– सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो। पहिलो सेमिफाइनलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि लोकेश बमले सर्वाधिक […]
दमक–कमल जोड्ने रतुवा खोलामा आकर्षक स्टिल आर्क पुल निर्माण हुँदै
विराटनगर, २४ जेठ २०८३ । पूर्वपश्चिम महेन्द्र राजमार्गको झापा खण्डमा पर्ने रतुवा खोलामा आकर्षक ‘स्टिल आर्क’ ब्रिज निर्माण भइरहेको छ । पूर्वपश्चिम एसियाली राजमार्ग अन्तर्गत दमक नगरपालिका र कमल गाउँपालिका खण्डमा निर्माण भइरहेको पुलको करिब आधा काम सकिएको छ । काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) ले कमल र दमक जोड्ने रतुवा खोलामा जस्तै आर्क ब्रिज...
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सर्वदलीय बैठक बाेलाएकाे छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबार, काठमाडौंमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूका पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई सहभागी हुन आमन्त्रण...
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
विराटनगर । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ । ‘विकासप्रेमी युवा समाज’को आयोजनामा निकालिएको र्यालीमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले पाथीभरा केवलकार परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, पूर्वाधार विकास तथा स्थानीय अर्थतन्त्रको समग्र […]
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको …
रास्वपा धनकुटाको सभापतिमा भुवन थापा निर्वाचित
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाको सभापतिमा भुवन थापा निर्वाचित भएका छन् । आइतबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले थापाको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा नारदबहादुर कटुवाल, सचिवमा आशिष तामाङ तथा सहसचिव एवं संगठन विभाग प्रमुखमा सिराज जोसी चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा फडिन्द्र थापा,...
सुदूरपश्चिममा एमालेका नयाँ चार मन्त्री हुँदै , कसले कुन मन्त्रालय पाउँदैछन् ?

कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ मन्त्री पठाउने तयारी गरेको छ। स्रोतका अनुसार दुई वर्षदेखि सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरिएको हो। एमाले स्रोतका अनुसार उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने […]
सरकारमाथि निगरानी बढाउन कांग्रेसका मन्त्रालयगत संयोजक सक्रिय
काठमाडौं- सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी राख्ने र संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित नेपाली कांग्रेसका मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार सम्पन्न भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठक संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनसरोकारका विषयमा धारणा राखेका थिए। बैठकमा […]
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण

आन्तरिक विवादपछि रास्वपा महोत्तरीको अधिवेशन स्थगित
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको महोत्तरी जिल्ला अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ। शनिबार जलेश्वरमा सुरु भएको …
‘सरकारले कानुनमै उल्लेख गरेर रक्सीमाथि प्रतिबन्ध लगाउनुपर्छ’
जनकपुर । नेपाली कांग्रेसका नेता एवम नेपाल भारत युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले रक्सीमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन सरकारलाई आग्रह गरेका छन् । आइतबार नेपाल भारत युवा संघ, धनुषाद्वारा जनकपुरधाममा आयोजित लागूऔषध विरुद्ध जनचेतना अभियान कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष यादवले भारतको विहार सरकारले लागु गरेको कानुन नेपाल सरकारले पनि लागु गर्न आवश्यक रहेको धारणा...
नेपाल-भारतबीच ‘क्रस बोर्डर पेमेन्ट’ सेवा सुरु, अब मोबाइल बैंकिङबाटै पैसा पठाउन र पाउन सकिने !
नेपाल-भारतबीच भएको ‘क्रस बोर्डर पेमेन्ट सम्झौता’ कार्यान्वयनमा आएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरको भेटवार्तामा ‘क्रस बोर्डर पेमेन्ट’ कार्यान्वयन गर्ने सहमति भएको हो । योसँगै अब नेपाल र भारतबीच अनलाइनबाटै व्यक्तिगत रकम ट्रान्सफर गर्न सकिने भएको छ । यद्यपि हाल सुरुवातमा निश्चित बैंक तथा वित्तीय संस्थाहरुबाट मात्र यो सेवा
रास्वपा सिन्धुपाल्चोकको अधिवेशनः विवाद समाधानका लागि बनाईयो निर्वाचन समिति
सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको स्थगित भएको अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ । सिन्धुपाल्चोकको जिल्ला अधिवेशन सम्पन्न गर्न रास्वपाले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार मधुकुमार चौलागाईंको संयोजकत्वमा विनोद कँडेल र करूणा पाण्डे सदस्य रहेको निर्वाचन समिति गठन भएको छ । सिन्धुपाल्चोकमा…
आफैंलाई ‘माननीय’ लेख्ने सांसदः अंकिता ठाकुरको पदमोह कि शक्तिको अहंकार ?
राजविराज– लोकतन्त्रमा सांसद जनताका प्रतिनिधि हुन्छन्। तर पछिल्लो समय नेपालका केही सांसदहरूको व्यवहार हेर्दा प्रश्न उठ्न थालेको छ— उनीहरू आफूलाई जनताको प्रतिनिधि ठान्छन् कि जनताभन्दा माथिको कुनै विशेष वर्ग ? ओखलढुङ्गाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल केही महिनाअघि एउटा विद्यालय भ्रमणका क्रममा विवादमा परे। कारण, विद्यालयका प्रधानाध्यापक गेटसम्म स्वागत गर्न नआएको […]
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा

फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्री, मनोरञ्जन लिँदै ‘कोर टीम’

शनिबार राति प्रधानमन्त्री बालेन्द्र शाहको व्यक्तिगत फेसबुक खातामा पोस्ट भएको स्ट्याटस हेरेर देश जिल्ल परेको छ । तर प्रधानमन्त्रीको कोर टीम तथा रास्वपा सांसदहरूले चाहिँ राम्रै मनोरञ्जन लिइरहेका छन् । रोमन अक्षर तर नेपाली भाषामा प्रधानमन्त्री लेख्छन्, ‘Malai pani Ambassador Banna Mann chha, PM ko Number chha Bhane yesso dinus na?’ कुनै इमोजी वा ख्यालठट्टाको […]
अमेरिकाको एच-१बी भिसामा ठूलो परिवर्तनको तयारी, ग्रीन कार्डमा पनि संकट
अमेरिकामा डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीका सदस्यले नयाँ विधेयक पेस गरेका छन्। यो विधेयकले एच–१बी भिसा कार्यक्रममा ठूला परिवर्तनहरु गर्ने लक्ष्य राखेको छ। सबैभन्दा महत्वपूर्ण परिवर्तनमा स्थायी बसोबास प्राप्त गर्ने माध्यमका रुपमा यो भिसाको प्रयोगमा प्रतिबन्ध लगाउनु समावेश छ। एच–१बी भिसा कार्यक्रममा परिवर्तनले विदेशीहरुका लागि कठिनाइ निम्त्याउनेछ। अमेरिकी कांग्रेसी चिप रोयले संसदमा ‘अमेरिकी ह्वाइट–कलर […]
रास्वपा कास्की सभापतिमा अधिकारी

भोजपुरमा रास्वपाको नयाँ नेतृत्व: सभापतिमा भुजेल निर्वाचित
भोजपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित भएका छन् । गएराति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट भुजेल सभापतिमा निर्वाचित भएका हुन् । समितिको उपसभापतिमा समिता आचार्य, सचिवमा देवराज पाण्डे क्षेत्री तथा सह–सचिवमा अनिल बस्नेत चयन भएका भएका छन् । जिल्ला कार्यसमितिको सदस्यमा चन्द्रकुमार श्रेष्ठ, देवराज धमला र सितादेवी ढुङ्गाना (कार्की) चयन भएका […]
ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

काठमाडौँ: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको छ। सिंगापुरमा नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै नौ ओभर दुई बलमा पूरा गरेको हो। नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए। उनले […]
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित

रास्वपा ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ चयन भएका छन् । गए राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मतिमा चयन भएका हुन् । पार्टी उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल र सहसचिवमा गोपाल गुरागाईं चुनिएका छन् । अधिवेशनले सात जना सदस्य पनि सर्वसम्मतिमा चुनेको छ । उहाँहरू कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला […]