Welcome to The Blog

Updating with time

Get Started

विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए

जेठ २६ । फिफा विश्वकप फुटबल हेर्न अमेरिका हुँदै मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन अधिकारीहरूले फर्काइदिएका छन्। अध्यागमन स्रोतका अनुसार उनीहरू कालोसूची (ब्ल्याक लिस्ट) मा रहेकाले विदेश जान अनुमति नदिइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले […]

अब गुगलले जीमेल इनबक्स भित्रका कुराकानीहरू पनि खोजी गर्न सक्ने

यदि प्रयोगकर्ताले चाहेमा अब गुगलले जीमेल इनबक्सभित्रका कुराकानीहरू पनि खोजी गर्न सक्ने भएको छ। गुगलले आफ्नो जेमिनी एआईलाई वर्कस्पेस भित्र अझ गहिरो रूपमा एकीकृत गर्दै गुगल ड्राइभमा रहेको आस्क जेमिनी […]

हुन्डाईले २०२७ को लागि सबै ५ नयाँ मोडेलहरूको खुलासा गर्यो

हुन्डाईले आफ्नो रेकर्ड बिक्री गति जारी राखेको छ। साथै कम्पनीले आफ्नो हालको लाइनअपमा धेरै नयाँ मोडेलहरू थप गर्ने योजना बनाएको हुनाले त्यो गतिले ब्रान्डलाई २०२७ मा थप अघि बढ्न मद्दत […]

यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ

गोरखा। यतिबेला जिल्लाको तिब्बती सिमानामा रहेका गाउँबस्ती सुनसान छन् । सबै गाउँले यार्सागुम्बा सङ्कलन गर्न लेक गएपछि लेक र खर्कका चहुर, भीर पखेरा गाउँलेले भरिभराउ छन् । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँ, साम्दो तथा वडा नं. ७ छेकम्पारका घरहरुमा तला ठोकिएका छन् । वडा नं. १ को ३४, २५ र २६ नं पिलर रहेका लेक […]

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा हर्क साम्पाङमाथि कारबाही

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्। नेपाल प्रहरीले लापरबाहीपूर्ण ढंगले सवारीसाधन चलाएको सम्बन्धमा प्राप्त गुनासो र सार्वजनिक रूपमा देखिएको दृश्यका आधारमा उनीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। प्रहरीका अनुसार साम्पाङ मोटरसाइकल चलाइरहेका बेला एक हातले ह्यान्डल समातेको र अर्को हातमा […]

हेटौडा–४ मा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

हेटौडा/ हेटौडा उपमहानगरपालिका–४ मा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। वडा नं. ४ कार्यालयको आयोजनामा आगामी २०८३ जेठ ३० गते बिहान ८:०० बजेदेखि साँझ ४:०० बजेसम्म शिविर सञ्चालन गरिने भएको हो। शिविर क्वीक ट्वान्टी पार्टी प्यालेस, हेटौडा–४ मा सञ्चालन हुनेछ। आयोजकका अनुसार शिविरमा मुटु रोग, स्त्री रोग तथा क्षयरोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ। ...

डिजिटल कर्जाको दायरा विस्तार, साना व्यवसायीलाई मोबाइलबाटै १० लाखसम्म ऋण

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी व्यवस्थामा संशोधन गर्दै डिजिटल कर्जाको पहुँच र सीमा दुवै विस्तार गरेको छ । नयाँ व्यवस्थासँगै अब लघु, साना तथा मझौला व्यवसायीले पनि आफ्नो डिजिटल कारोबारका आधारमा बैंक तथा वित्तीय संस्थाबाट १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन्। केन्द्रीय बैंकले ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी...

श्रमदान गरी काठे पुल निर्माण

  सिमकोट, (हुम्ला), २५ जेठ।    हुम्लाको दक्षिण भेगमा रहेको चङ्।खेली गाउँपालिका-५ नेप्का गाउँ नजिकैको मुस्याँडा खोलाको नदिमा स्थानीयले आफ्नै श्रमदानमा काठे पुल निर्माण गरेका छन् । सम्बन्धित निकायलाई पटकपटक मुस्याँडामा रहेको नदीमा वारपार गर्नका लागि झोलुङ्गे पुल निर्माणका लागि अनुरोध गरे पनि स्थानीय जनप्रतिनिधिले चासो नदेखाएपछि स्थानीयले आफ्नै पहलमा श्रमदान गरी उक्त काठे पुल...

स्वास्थ्य मन्त्रालयमा एक सचिव मात्रै, डा. देवकोटालाई पूर्ण जिम्मेवारी

काठमाडौं – सरकारले मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा पुनर्गठन गरेसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्र सचिव रहने व्यवस्था लागू भएको छ। सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गरिएपछि सचिवहरूको दरबन्दीसमेत पुनः समायोजन गरिएको हो। यसअनुसार यसअघि दुई सचिव रहने मन्त्रालयहरूमा […]

हुन्डाई नेपालद्वारा ‘वर्ल्ड कप टू वर्ल्ड कप’ अफर सार्वजनिकः चार वर्षसम्म विशेष सुविधा

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै ‘वर्ल्ड कप टू वर्ल्ड कप’ अफर सार्वजनिक गरेको छ । फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता, जोश र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ । यसै भावनालाई नेपालमा पनि […]

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवन । नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन गर्ने उद्योग कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच विस्तार गर्ने उद्देश्यका साथ कम्पनीले रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित उक्त शोरुमको गत आइतबार (जेठ २४ गते) एक विशेष समारोहका बीच आधिकारिक रूपमा...

मोबाइलको क्षतिपूर्ति माग गर्दै विद्यार्थीको प्रदर्शन

एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सिरहामा संयुक्त विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले सिरहा क्याम्पस अगाडिबाट जिल्ला प्रशासन कार्यालयसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले नष्ट गरिएका मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन, पीडित विद्यार्थीलाई न्याय दिन तथा सम्पत्तिमाथिको दमन बन्द गर्न माग […]

अब यो स्मार्ट ग्लासले चाँडै नै तपाईंको छेउबाट को हिँडिरहेको छ भनेर थाहा पाउन सक्छ

प्रविधि पत्रिका वायर्डले मेटा एआई एप्लिकेसन कोडमा नेमट्याग र कनेक्सन्स फङ्गसनहरूको सन्दर्भहरू पत्ता लगाएको छ भने यो स्मार्ट स्मार्ट ग्लासेस मार्फत अनुहार पहिचान प्रविधिसँग सम्बन्धित देखिएको बताइएको छ। हाल यी […]

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिनको माग

बजेटमा प्रस्तुत गरिएका करका दरमा हेरफेर गरिएको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ । सांसदले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदले करका दरमा हेरफेर गरेको विषय बाहिर आएको उल्लेख गर्दै संसद्मा टेबुल भएको प्रस्तावका विषय संसद्बाहिर थपघट गर्न नपाइने बताए । प्रतिनिधि सभाको...

चिनियाँ अटो कम्पनी चेरीले निसानको बेलायती प्लान्टमा कारहरू उत्पादन गर्ने

चिनियाँ अटो जायन्ट चेरीले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने प्रयासलाई निरन्तर अगाडि बढाइरहेको बेला निसानको बेलायती प्लान्टमा कारहरू उत्पादन गर्ने भएको छ। दुई कम्पनीहरूले बेलायतमा रहेको सन्डरल्याण्ड सुविधामा चेरीको लागि […]

सरकार कुशासनको बाटोमा लाग्योः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेको छ । आज संसद बैठकमा बोल्दै पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सो माग गरेका हुन् । संसदमा प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको र करका दर चुहावट गरेको आरोपमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने शाहीले बताए । उनले भने, ‘करका दर हेरफेरबारे कसलाई थाहा […]

एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक मङ्गलवार बस्ने

काठमाडौँ, २५ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक बोलाउनुभएको छ। पार्टीको शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार पार्न गठित कार्यदलको बैठक मङ्गलवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको हो। एमाले सचिव एवं कार्यदल सदस्य छविलाल विश्वकर्माका अनुसार पहिलो बैठकमा कार्यदलले गर्ने...

बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक मंगलबार बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको एमाले सचिव छविलाल विश्वकर्माले जानकारी दिएका छन्। गत जेठ १० गते बसेको सचिवालयको आठौं बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनसम्बन्धी कार्ययोजना तयार गर्न १५ सदस्यीय कार्यदल गठन […]

अन्तरराष्ट्रिय आईटी प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत

विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबाष्टिक र कोडिङसम्बन्धी अन्तरराष्ट्रिय प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत भएका छन्। इन्डोनेसियाको राजधानी जाकार्तामा यही जेठ २ र ३ गते सम्पन्न प्रतियोगितामा नेपालका […]

रविले बोलाएको सर्वदलीय बैठक हर्कले गरे बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् । लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरवारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापतिरअध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट भने अहिलेसम्म बैठकमा सहभागिता छैन। भारत […]

सर्वदलीय बैठक जारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठक सिंहदरबारमा जारी छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ । बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन नेकपा(एमाले)का नेता ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टीका …

भारतबाट फर्किएका परराष्ट्र मन्त्री खनाल चीन जाँदै 

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन्। भारत भ्रमण सकेर फर्किएका मन्त्री खनालको चीन भ्रमण तय भएको हो। स्रोतका अनुसार खनाल जुन १४ (जेठ ३१ गते) मा चीन प्रस्थान गर्नेछन्। १५ र १६ तारिखमा औपचारिक भेटघाट कार्यक्रम हुनेछ। त्यसक्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग […]

टिभिएसले ल्याउँदै १६० सीसीको शक्तिशाली म्याक्सी स्कुटर, यस्ता छन् विशेषता

भारतीय दुईपाङ्ग्रे सवारी साधन उत्पादक कम्पनी टिभिएस मोटरले प्रिमियम स्कुटर बजारमा नयाँ १६० सीसीको म्याक्सी स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले हाल बजारमा उपलब्ध एनटर्क सिरिजभन्दा माथिल्लो स्तरको र शक्तिशाली इन्जिनसहितको यो स्कुटर पूर्ण रूपमा नयाँ प्लेटफर्ममा विकास गरिरहेको हो। विशेषगरी साहसिक यात्रा र सहरको यात्रा दुवैका लागि उपयुक्त हुने गरी डिजाइन […]

फिलिपिन्समा शक्तिशाली भुकम्प, जापानसहित एसियाली देशमा सुनामीको चेतावनी

फिलिपिन्समा शक्तिशाली भुकम्पपछि एसियाली देशहरुमा सुनामीको चेतावनी दिईएको छ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रविन्दु बनाएर आज बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि फिलिपिन्स सहित इन्डोनेसिया र जापानसहितका एसियाली देशहरुमा सुनामीको चेतावनी जारी गरिएको हो । उच्च सतर्कता अपनाउन निर्देशन अमेरिकी भूगर्र्भ सर्वेक्षण यूएसजीएसका अनुसार मिन्डानाओ टापुको तटीय क्षेत्रमा भूकम्प गएको छ । भूकम्पको धक्का…

स्वास्थ्य बीमाको बक्यौता पठाउँदै बोर्ड

  स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी अब सहज हुन थालेको छ । विगत सरकारका पालामा बाँकी रहेको बीमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो । पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बीमाबापत एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । जसबाट एक सय ५५ सरकारी, २५ सामुदायिक