निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो

नेपालमा यांगोको एक वर्ष पूरा, महिनामै १० लाखले राइड प्रयोग गरेको दाबी
विश्वव्यापी प्रविधि कम्पनी यांगो ग्रुप अन्तर्गतको यांगो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ । मे २०२५ मा नेपालमा सेवा सुरू भएपछि यांगो राइड मार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ । हाल प्रत्येक महिना १० लाखभन्दा बढी मानिसहरू याङ्गो राइड प्रयोग गरिरहेका छन् । यांगोको मोटो सेवाले पनि उल्लेखनीय […]
एआईमार्फत कोड लेख्ने स्टार्टअप कर्सरले यूरोपेली मुख्यालय लन्डनमा स्थापना गर्ने
एआईमार्फत कोड लेख्ने स्टार्टअप कर्सरले यूरोपेली मुख्यालय लन्डनमा स्थापना गर्ने भएको छ। युरोपमा सफ्टवेयर विकासलाई स्वचालित बनाउने उपकरणहरूको माग बढ्दै गएपछि कम्पनीले करिब २०० कर्मचारी भर्ना गर्ने योजना बनाएको एक […]
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

कालंगा हाइड्रोको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
कालंगा हाइड्रोको आइपीओ आज जेठ २७ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको छ। कम्पनीले गत जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको थियो। सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ७० हजार कित्ता बिक्री गरिएको छ। धितोपत्र बिक्री प्रबन्धकका […]
एमाले छाडेपछि गयो ८ वडाध्यक्षको पद
काठमाडौँ। २०७९ सालमा नेकपा एमालेबाट उम्मेदवार भएका तर यसबीचमा विभिन्न पार्टीमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त भएको छ। निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गरी ती वडाध्यक्षहरूको पद रिक्त भएको जानकारी दिएको हो। पद रिक्त हुने वडाध्यक्षमा ओखलढुंगा मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया रहेका छन्। ओखलढुंगा मोलुङ गाउँपालिका–६ का वडाध्यक्ष कमल तामाङको पद […]
सामानसहित सिंहदरबार छिरे मन्त्री महावीर पुन, अब त्यतै बस्ने !
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सिंहदरबार सरेका छन् । बुधबार बिहान आफ्नो सामानसहित उनी सिंहदरबारमा सरेका हुन् । सिंहदरबारस्थित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सामान सार्दै मन्त्री पुनले अब आफू मन्त्रालयमै बसेर काम गर्ने बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पुनलाई मंगलबार मन्त्री नियुक्त गरेको थियो । उनले
निफ्राको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। निफ्रा सञ्चालक समितिको आज बिहान बसेको बैठकले रेग्मीलाई अध्यक्ष गरेको हो। उनी ग्लोबल आइएमई बैंककाट निफ्राको सञ्चालक समितिमा प्रतिनिधि गर्छन्। रेग्मी हाल ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। यसअघि निफ्राको सञ्चालक र अध्यक्ष पदबाट अनुज अग्रवालले राजीनामा दिएका थिए। उनी विशाल […]
इजरायल जाने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित

इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरुले विरोध जारी राखेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क पनि बढी भएको भन्दै परीक्षार्थीहरु मंगलबार विरोधमा उत्रिएका थिए । मंगलबार झडप समेत भएको […]
अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै
काठमाडौं- संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत रहेको दुईवटा समितिको बैठक आज बस्दैछ। आज अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो। अर्थ समितिको बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै, समितिको मस्यौदा कार्यविधिमाथि […]
जापानी किसानले च्याटजीपीटीबाट १०० एकड जमिन व्यवस्थापन गर्दै
जापानको होक्काइडोका एक किसानले आफ्नो १०० एकड जमिन व्यवस्थापन गर्न च्याटजीपीटी र कोडेक्स प्रयोग गरिरहेका छन्। तर उनले कृषिको अध्ययन गरेका छैनन्। त्यसैले यो त्यस्तो प्रकारको एआइ प्रयोगको महत्वपूर्ण घटना […]
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
संयुक्त राज्य अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनियाँ सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तिनलाई समेटिएको अद्यावधिक सूची सार्वजनिक गरेको छ। यस कदमले हालै सुधारको सङ्केत देखिएको अमेरिका–चीन […]
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने

दरबार हत्याकाण्डबारे थप छानबिन गर्ने गृहमन्त्री सुधन गुरूङको निर्णय
सरकारले दरबार हत्याकाण्डबारे थप छानबिन गर्ने भएको छ । गृहमन्त्री सुधन गुरूङले मंगलबार कार्यभार सम्हाल्दै यस्तो निर्णय गरेका हुन् । गुरूङले गरेको निर्णयमा भनिएको छ, ‘२०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डको सम्बन्धनमा यसअघि भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढाइनेछ ।’ राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी त्यतिबेला […]
महावीरले तोके आफ्नो कार्यकाल
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयमा आफ्नो कार्यकाल अधिकतम तीन वर्ष रहने बताएका छन्। मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सीमित अवधिमा परिणाममुखी काम गरेर नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने योजना सुनाएका हुन्। पुनले वर्तमान सरकारको कार्यकाल पाँच वर्ष भए पनि आफू भने पूरा अवधि मन्त्री पदमा नरहने स्पष्ट पारे। […]
बैंकिङ र बीमामा अब हड्ताल गर्न निषेध
सरकारले बैंकिङ क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ । अत्याधिक हड्ताल र आन्दोलनका नाममा सेवा प्रभावित भएको व्यापक गुनासोपछि सरकारले बैंकिङ क्षेत्रसहित २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो । सरकारले ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरेर २५ अत्यावश्यक सेवामा हड्ताल निषेध
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

विराटनगरको ग्रिनल्याण्ड कलेजका ७५० विद्यार्थीलाई अभिमुखीकरण
विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका सात सय ५० विद्यार्थीलाई अभिमुखीकरणसँगै स्वागत गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै कलेजले विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो । विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूको सहभागिता...
आफ्नै जोडबलमा नयाँ मन्त्रालय गठन, आफै मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारमा एक मात्र स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री भएकै बेला राजीनामा दिएर स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका पुनले म्याग्दीबाट चुनाव जितेका थिए । प्रतिनिधिसभा सांसद बनेदेखि नै उनले विज्ञान प्रविधि, अनुसन्धान […]
बिवाईडी काण्डमा राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
करको सूचना चुहाएर भन्सारमा सयौ बिवाईडी गाडी भित्र्याउन सहयोग गरेको भन्दै राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक खुस्बु ओलीले अर्थमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुने बताइन्। उनले भनिन, ‘छानबिन पुरा नभए ब्यक्ति अर्थमन्त्रीले आफैले सोचेर मार्ग प्रस्तत गर्नुपर्छ । नत्र सुन पानि हालेर छर्किएको जस्तै मात्र हुनेछ ।’
फोनपेको ‘सक्षम नारी’ अभियान सम्पन्न, मेगा गिभअवेका विजेतालाई गहना हस्तान्तरण
फोनपेले आफ्नो प्रमुख महिला सशक्तिकरण अभियान ‘सक्षम नारी’ सम्पन्न गर्दै मेगा गिभअवे ज्वेलरी हस्तान्तरण समारोह सम्पन्न गरेको छ । ‘सक्षम नारी’ नेपालका महिलाहरूलाई डिजिटल वित्तीय समावेशीकरणमार्फत सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको एक रूपान्तरणकारी पहल हो । यो अभियान मार्च महिनाभर महिला सशक्तिकरणको अवसरमा सञ्चालन गरिएको थियो । यस अभियानले महिलाहरूलाई क्रेडिट कार्डलाई केवल […]
मन्त्री बन्दै महावीर पुन, आजै शपथ !
स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । पुनलाई सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने भएको हो । सरकारका एक मन्त्रीले दिएको जानकारी अनुसार पुनलाई आजै मन्त्रीको रुपमा शपथ ग्रहण गराइने भएको छ । पुनसँगै सुधन गुरुङलाई पनि गृहमन्त्रीका रुपमा शपथ ग्रहण गराउने तयारी गरिएको छ । गुरुङमाथि सम्पत्तिबारे प्रश्न उठेपछि
गृहमन्त्रीमा फेरि सुधन गुरुङ, आजै शपथ

बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। उनको शपथग्रहण आजै हुने तयारी गरिएको छ। यसअघि सम्पत्ति विवरणलगायत विभिन्न विवादमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि लागेको आरोपबारे छानबिन गर्न विशेष समिति गठन गरेको थियो। समितिले छानबिनका क्रममा गुरुङविरुद्ध कुनै ठोस प्रमाण नपाएको निष्कर्षसहित ‘क्लिन चिट’ दिएपछि […]
जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्त मर्ज हुने, तीनवटै कम्पनीको सभा आह्वान
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज हुने भएका छन्। यसका लागि जीवन र युनिकले विशेष र मानुषीले वार्षिक साधारणसभा आह्वान गरेका छन्। जीवन विकास लघुवित्तले असार १० गते बिहान साढे १० बजे मोरङको कटहरी–२ स्थित केन्द्रीय कार्यालयमा, युनिक नेपाल लघुवित्तले पनि असार १० गते बिहान साढे १० बजे बाँकेको कोहलपुर–११ स्थित केन्द्रीय कार्यालयमा तथा जूम मार्फत र मानुषी लघुवित्तले असार १३ गते बिहान साढे १० बजे काभ्रेको बनेपा–७ स्थित होटल उग्रचण्डीमा विशेष साधारणसभा बोलाएका छन्। कम्पनीहरूको सभाले तीनवटै लघुवित्तको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा संयुक्त मर्जर समितिको सिफारिसमा सञ्चालक समितिले निर्धारण गरेको शेयर स्वाप रेसियो सहित मर्जर सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछन्। त्यसैगरी मर्जरको सम्बन्धमा तयार गरिएको अन्तिम सम्झौता पत्र र व्यवसायिक योजना तथा प्रक्षेपण स्वीकृत गर्ने, मर्जरका लागि आवश्यक कार्य गर्न कम्पनीहरूको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र मर्जर लगायत अन्य आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिइनेछ। सभा प्रयोजनार्थ तीनवटै कम्पनीले असार ३ गते बूक क्लोज गर्ने भएका छन्।