आईपीएल : दिल्लीमाथि चेन्नाइको जित
May 2026
काठमाडौँ, २३ वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइ सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई आठ विकेटले पराजित गरेको छ।
प्रतियोगितामा खराव सुरुआत लिएको चेन्नाई अब दश अंक भएको छ र यो शीर्ष चारबाट दुई अंकको दूरी मात्र हो।
दिल्ली भने आठ अंकमा सातौं स्थानमा रहेको छ। दिल्लीमा भएको खेलमा चेन्नाइको जितका नायक रहे, ओपनर सन्जु सामसन।
उनको नटआउट ८७ रन महत्वपूर्ण रह्यो। चेन्नाइ जितसम्म पुग्दा १५ बलको खेल बाँकी थियो।
सन्जुले ५२ बलको सामना सामना गरे र सात चौका तथा छ छक्का प्रहार गरे।
यस्तै अर्का नटआउट ब्याटर कार्तिक शर्माले ३१ बलमा ४१ रन बनाए।
त्यस अगाडि दिल्लीले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ५५ रन बनाएको थियो। त्यसमा समिर रिज्भीको ४० रन नै सर्वाधिक रह्यो।
प्रतियोगिता अन्तरगत आज सनराइजर्स हैदरावाद र पञ्जाव किङ्सबीच खेल हुनेछ।