hello

आइस युनिभर्सले आईफोन फोल्डको फोटो साझा गर्यो

Jun 2026

आइस युनिभर्सले वेईबोमा एप्पलको पहिलो फोल्डेबल डिभाइस ‘आईफोन फोल्ड’ को फोटो साझा गरेको छ। एप्पलको पहिलो फोल्डेबल डिभाइस फ्लिपको सामान्य बुक–स्टाइल (पुस्तक–शैली) को नभई वाइड–स्टाइल (फराकिलो–शैली) को डिभाइस हुने आइस युनिभर्सले वेईबोमा साझा गरेको फोटोमा देख्न सकिने छ।

त्यसैगरी डिभाइसको आयामहरूको खुलासा गर्ने यो डिजाइनको साथ सीएडी स्किम्याटिक्ससहितका डमीहरू पनि पहिले नै देखा परिसकेको छन्।

एप्पलको पहिलो फोल्डेबल डिभाइस १२०.६ एमएम अग्लो र १६७.६ एमएम चौडा (अन फोल्ड गर्दा) हुनेछ भने फोल्ड गर्दा डिभाइसको मापन ९.२३ एमएम (क्यामरा टापुको साथ १३ एमएम) हुने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

हालको फोटोमा डिभाइसको सिल्भर र नेभी ब्लू गरी दुई रङहरू मध्ये एक रङ देख्न सकिने उल्लेख गरिएको छ। एप्पलको पहिलो फोल्डेबलमा भने कुनै तेस्रो क्यामरा उपलब्ध हुने छैन। साथै डिभाइसमा समावेश गरिने दुई क्यामरा मोड्युलहरूको बारेमा पनि धेरै थाहा नभएको उल्लेख गरिएको छ।

एप्पलको फोल्डेबल आइफोन आगामी सेप्टेम्बरमा लन्च हुने रिपोर्ट गरिएको छ। त्यसैगरी यो डिभाइसले एप्पललाई बजारमा शीर्ष ३ फोल्डेबल निर्माताहरूमा छिट्टै पुर्याउने अपेक्षा गरिएको छ। तर, आईफोन फोल्ड महँगो हुने र डिभाइसको अपेक्षित मूल्य २,००० अमेरिकी डलर हुनुका साथै लन्चको समयमा आपूर्ति सीमित हुन सक्ने उल्लेख गरिएको छ।

hello