आज कम्युनिष्ट पार्टीको ‘लिडरसिप कम्पाउन्ड’मा भेट्दै सी चिनफिङ र डोनाल्ड ट्रम्प
May 2026
चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचउच्चस्तरीय छलफल हुँदैछ। बुधबार चीन पुगेका ट्रम्प र सीबीच बिहीबार पनि छलफल भएको थियो।।
आज चिनियाँ कम्युनिष्ट पार्टीको ‘लिडरसिप कम्पाउन्ड’मा दुई नेताबीच भेट हुने तय भएको हो। यो स्थानमा बिरैले अरुले प्रवेश पाउँछन्। यो ठाउँमा केही अमेरिकी नेताहरुले मात्रै हालसम्म प्रवेश पाएका छन्।
झोङनानहाइमा १ हजार ५०० एकरमा फैलिएको यो ‘सिक्रेटिभ कम्पाउन्ड’को बारेमा धेरै विषय सार्वजनिक छैन। झोङनानहाइमै चिनिायाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठक हुने गर्छ। ठूलठूला पर्खालले घेरिएको यो क्षेत्रमा तस्विरहरु समेत लिन रोक छ।
यसअघि अमेरिकी राष्ट्रपतिहरु रिचार्ड निक्सन, जर्ज डब्लू बुस र बाराक ओबामाले यो क्षेत्रमा प्रवेश पाएका थिए।

Photo : AP
बिहीबार भएको छलफलमा चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका थिए।
भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिका र इजरायलविरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको ट्रम्पको दाबी थियो। चिनियाँ पक्षले भने यसबारेमा केही खुलाएको छैन।
भेटमा सीले ताइवानसम्बन्धी मुद्दामा हस्तक्षेप नगर्न ट्रम्पलाई भनेको बताइएको छ। हिजै सीले ट्रम्पको लागि स्टेट ब्यांक्वेट आयोजना गरेका थिए।