अब एआईले च्याट हिस्ट्रीका आधारमा मानिसको व्यक्तित्व अनुमान गर्न सक्ने
May 2026
कृत्रिम बुद्धिमत्ताले प्रयोगकर्ताको च्याट इतिहासका आधारमा उसको व्यक्तित्व अनुमान गर्न सक्ने नयाँ अध्ययनले देखाएको छ।
का अनुसन्धानकर्ताहरूले अमेरिका र बेलायतका ६६८ जना प्रयोगकर्तालाई आफ्नो च्याट इतिहासको प्रतिलिपि साझा गर्न आग्रह गरेका थिए। त्यसपछि उनीहरूले ती संवादहरूबाट व्यक्तित्वका विशेषता पहिचान गर्न एआई मोडेललाई प्रशिक्षण दिएका थिए।
अनुसन्धानकर्ताहरूले ६२ हजारभन्दा बढी संवाद संकलन र विश्लेषण गरेका थिए। ती संवादलाई मुख्य विषयका आधारमा वर्गीकरण गरिएको थियो।
टेलिग्राफको रिपोर्टअनुसार सुधारिएको एआई मोडेलले प्रयोगकर्ताको व्यक्तित्वका विशेषताहरू ६१ प्रतिशतसम्म शुद्धतासहित पहिचान गर्न सकेको थियो।
एआई विशेषगरी सन्तुष्टि र भावनात्मक स्थिरता अनुमान गर्न प्रभावकारी देखिएको थियो, तर कर्तव्यनिष्ठासम्बन्धी विशेषता पहिचान गर्न भने कठिनाइ भएको अध्ययनले जनाएको छ।
अध्ययनअनुसार एआईसँग विश्लेषणका लागि लामो च्याट इतिहास हुँदा नतिजा अझ प्रभावकारी बनेको थियो। यसले मानिसले जति धेरै एआई प्रयोग गर्छ, त्यति नै उसको व्यक्तित्व पहिचान हुने सम्भावना बढ्ने संकेत गरेको छ।