hello

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलन : ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका सवालमा गहन विमर्श

May 2026

काठमाडौँ,  वैशाख २७ । मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा राजधानीमा जारी ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलन’ का क्रममा ज्येष्ठ नागरिकको हक-अधिकार, सम्मान र सुरक्षाका विविध आयाममाथि गहन विमर्श भएको छ । सम्मेलनको दोस्रो दिन स्वदेशी तथा विदेशी विज्ञ एवं अभियन्ताहरूले ज्येष्ठ नागरिकका समस्या र राज्यको दायित्वबारे आ-आफ्नो धारणा राख्नुभएको हो ।

छलफलका क्रममा वक्ताहरूले नेपालको संविधानले प्रत्याभूत गरेका ज्येष्ठ नागरिकका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । दक्षिण एसियाली ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष छत्र प्रधानले संविधानको धारा ४१ र ४३ ले ज्येष्ठ नागरिकको विशेष संरक्षण, सुरक्षा र सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतार्न सरकार र निजी क्षेत्र दुवै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय तहले ज्येष्ठ नागरिकका लागि गरेका प्रयासहरूबारे पनि चर्चा गरिएको थियो। बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले आफ्नो नगरपालिकाले ‘नागरिक आरोग्य केन्द्र’ मार्फत ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा र सामाजिक सुरक्षा प्रदान गरिरहेको जानकारी दिनुभयो ।

hello