hello

अवतरणका क्रममा टर्किस एयरलाइन्सको टायरमा आगो, डेढ घण्टापछि उडान सेवा सुचारु

May 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा टायरमा आगलागी भएपछि केही समय अवरुद्ध भएको उडान सेवा पुनः सञ्चालनमा आएको छ।

इस्तानबुलबाट आएको टीके–७२६ नम्बरको जहाज अवतरण गर्ने क्रममा टायरबाट आगो निस्किएपछि विमानस्थलमा आकस्मिक अवस्था सिर्जना भएको थियो। दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि जहाज हटाएर करिब डेढ घण्टापछि उडान–अवतरण सुचारु गरिएको हो।

घटनापछि विमानस्थलमा यात्रुको चाप बढेको छ भने टर्किस एयरलाइन्सको इस्तानबुल उडान टीके–७२७ रद्द गरिएको बताइएको छ। ढिलाइका कारण यात्रुहरू भने प्रभावित बनेका छन्।

hello