TheBlog
hello
भारतमा निर्मित एमजी गाडी नेपालमा
May 2026
नेपालका लागि एमजी (मोरिस ग्यारेज) को नयाँ आधिकारिक बिक्रेताको रूपमा जी.ओ. अटोमोबाइल्स प्रालिले भारतमा निर्मित तीनवटा मोडलका गाडीहरू नेपाल भित्र्याएको छ।
यसअघि पारामाउन्ट मोटर्सले यी गाडीहरू बिक्री गर्दै आएकोमा अब नयाँ डिलरमार्फत बजारमा उपलब्ध हुनेछन्।
कम्पनीले भन्सार प्रयोजनका लागि यी गाडीहरूको अधिकतम खुद्रा मूल्य (MRP) पनि सार्वजनिक गरेको छ।
जसअनुसार विद्युतीय ह्याचब्याक
कोमेट (Comet)
को सुरुवाती मूल्य १९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने अर्को विद्युतीय एसयूभी
विन्डसर (Windsor)
को मूल्य ४० लाख ७५ हजार रुपैयाँबाट सुरु हुनेछ।
यसका साथै १.५ लिटर टर्बो इन्जिन भएको पेट्रोल एसयूभी एमजी हेक्टर प्लस (MG Hector Plus) को मूल्य ८२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।
यी गाडीहरू विभिन्न भेरियन्ट र क्षमतामा उपलब्ध हुनेछन्, जसले नेपाली ग्राहकलाई थप विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।
hello