hello

भौतिक पूर्वाधार मन्त्रालयबाट २० जना पदमुक्त

May 2026

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न निकायमा कार्यरत २० जना पदाधिकारीलाई पदमुक्त गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल इन्जिनियरिङ परिषद्बाट अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रारसहित १३ जना, सडक बोर्ड नेपालबाट ४ जना सदस्य तथा नेपाल रेल्वे बोर्डबाट रेल्वे प्रशासक बलराम मिश्रसहित तीनजनालाई पदबाट मुक्त गरेको छ ।

बिज्ञप्तीअनुसार नेपाल इन्जिनियरिङ परिषदबाट अध्यक्ष डा पदमबहादुर शाही, उपाध्यक्ष डा विकास अधिकारी, सदस्य विनोदबहादुर पाल, अम्बिका महत, डा लेखनाथ पाण्डेय, डा राममणी अधिकारी, निर्जला श्रेष्ठ चौधरी, श्यामकिशोर यादब, लैला श्रेष्ठ, देवराज जोशी, ईन्जिनियर रेस्मा श्रेष्ठ, ईन्जिनियर शम्भुबहादुर श्रेष्ठ र रजिष्ट्रार धु्रवराज भट्टराईलाई पदमुक्त गरिएको छ ।

यस्तै, सडक बोर्ड नेपालबाट वसन्त अधिकारी, माधवप्रसाद तिमिल्सिना, इन्जिनियर राजेन्द्रकुमार बिसी र बेदुप्रसाद शिवाकोटीलाई पनि पदमुक्त गरिएको छ ।

त्यसतै नेपाल रेल्वे बोर्डबाट रेल्वे प्रशासक बलराम मिश्र, स्वीकृति शर्मा र मुस्ताक अन्सारीलाई पनि पदबाट मुक्त गरिएको छ ।

hello