चलचित्र “लालीबजार” सम्बन्धी मुद्दा: सुनुवाइ भोलिका लागि सारियो
May 2026
काठमाडौं l चलचित्र “लालीबजार” सम्बन्धी मुद्दाको सुनुवाइ भोलिका लागि सारिएको छ। उच्च अदालत पाटन ले सेन्सर बोर्डमार्फत सेन्सर कपी पेश गर्न आदेश दिएको हो।
मंगलबार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशलाई निरन्तरता दिएको छ। साथै, वादी र प्रतिवादी दुवै पक्षलाई थप छलफलका लागि उपस्थित हुन निर्देशन दिएको छ।
अदालतको आदेशअनुसार अब भोलिको सुनुवाइमा पेश गरिने सेन्सर कपीका आधारमा फिल्मको प्रदर्शनबारे थप निर्णय हुने अपेक्षा गरिएको छ।