चलचित्र ‘पारस’को कलाकारहरुको फेस टेष्ट
2 days ago
काठमाडौं
बिहिबार कलाकारहरुको फेस टेष्ट गरेको छ। बालाजु ल्याबमा कलाकारहरुको पात्र अनुसार लुक्स हेरिएको हो।
कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको हो ।
एक्सन निर्देशकको छवि बनाएकी कृषाले चलचित्रको अधिकांश पूर्वतयारीको काम सकिएकाले छायांकनमा जान लागिएको बताइन्। उनका अनुसार चलचित्रको छायांकन असार १५ गतेदेखि काठमाडौं आसपासका क्षेत्रमा गरिनेछ। सोहीको तयारीका साथ कलाकारहरुको लुक्स हेरिएको निर्देशक कृषाले जानकारी दिइन्।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन्। अन्य कलाकारको छनोट प्रक्रिया भने जारी छ।
चलचित्रको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन्। छायांकन निर्देशक ९डीओपी० को जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हालेका छन् भने मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ क्यामेरा टिममा रहनेछन्।
केही साताअघि चलचित्रको पहिलो गीत रेकर्ड गरिएको थियो, जसमा गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन्। उक्त गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ।
फिल्मको प्रोडक्सन म्यानेजरमा रविन बखेल रहनेछन् भने द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नेछन्। सत्यम राणा र समीर मियाँले भीएफएक्सको काम सम्हाल्नेछन्। सरोज बुढाथोकी मेकअप आर्टिस्टका रूपमा रहनेछन् भने कुलदीप शर्मा मुख्य सहायक निर्देशक छन्।
यस्तै, नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन्। रेनिस फागो कलरिस्ट रहने चलचित्रको पब्लिसिटी तथा पोस्टर डिजाइनको जिम्मेवारी राकेश दाहालले पाएका छन्। कालाचरणले पृष्ठभूमि संगीत ९बीजीएम० तयार गर्नेछन् भने गीताको गुरायाले मिक्सिङ गर्नेछिन्