hello

चितवनमा MG S6 EV लन्च, प्रारम्भिक मूल्य ६९.९९ लाख

May 2026

चितवन : चितवनका लागि MG Motor को आधिकारिक डिलर युनाईटेड अटो कन्र्सन प्रालिले नयाँ MG S6 EV ट्रफी लङ रेञ्जलाई चितवन बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।  लामो समयदेखि एमजी कार कुरिरहेका पहिलो ग्राहक दिलिप खतिवडा, कम्पनी अध्यक्ष रविनकुमार श्रेष्ठ, निर्देशकहरु राजन पिया र प्रविण श्रेष्ठे संयुक्च रुपमा नयाँ MG S6 EV ट्रफी लङ रेञ्जलाई चितवन बजारमा औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।

उत्कृष्ट परफर्मेन्स, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन रहेको यो प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाली बजारमा प्रवेश गरेको हो। अत्याधुनिक ईभी प्रविधिमा आधारित तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको MG S6 EV ले शक्तिशाली एक्सेलेरेशन, प्रिमियम कम्फर्ट तथा स्मार्ट कनेक्टिभिटी फिचर प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसले नेपालको तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको जनरल म्यानेजर सञ्जिव अधिकारीले बताए ।

उच्च क्षमताको १८० kW मोटर तथा ७७ kWh ब्याट्री प्याकले सुसज्जित MG S6 EV ट्रफी लङ रेञ्जले WLTP मापदण्डअनुसार ५३० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसले दैनिक यात्रा तथा लामो दूरीको यात्रामा सहजता र आत्मविश्वास दिने बताइएको छ।

नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ mm ग्राउण्ड क्लियरेन्स उपलब्ध गराइएको छ भने रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीले थप आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्ने जनाइएको छ। साथै, रियर–व्हील ड्राइभ (RWD) प्रविधिले अझ उत्कृष्ट र डाइनामिक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

कम्पनीले हाल सञ्चालन गरिरहेको ११ वर्ष वा १५ लाख किलोमिटरसम्मको विस्तारित वारेन्टी कार्यक्रम MG S6 EV मा पनि लागू हुने जनाएको छ। साथै, मोटरमा ५ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध रहनेछ। यसले ग्राहकको दीर्घकालीन विश्वास र सहज स्वामित्व अनुभवप्रति कम्पनीको प्रतिबद्धता झल्काउने बताइएको छ।

नेपाली बजारमा MG S6 EV ट्रफी लङ रेञ्जको विशेष प्रारम्भिक मूल्य रु. ६९ लाख ९९ हजार तोकिएको छ। ग्राहकहरूले चितवनस्थित एमजी शोरुममार्फत नयाँ गाडीको प्रत्यक्ष अनुभव लिनुका साथै यसको प्रिमियम फिचर तथा अत्याधुनिक प्रविधिबारे जानकारी प्राप्त गर्न सक्नेछन्।

hello