hello

गोदावरी नगरपालिकाका मेयरको गाडी दुर्घटना

May 2026

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट सवार सरकारी स्कार्पियो दुर्घटनामा परेको छ।

मोहना–अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुर क्षेत्रमा शनिबार राति दुर्घटना भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार राति करिब ११:२० बजे सुदूरपश्चिम प्रदेश ०१–००१ झ ६०१ नम्बरको सरकारी स्कार्पियो सडक किनारको रेलिङमा ठोक्किएको थियो।

दुर्घटनाका बेला गाडी मेयर भट्ट आफैंले चलाइरहेका थिए। दुर्घटनामा गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जाँचका क्रममा मेयर भट्टले मदिरा सेवन (मापसे) गरेर सवारी चलाएको पुष्टि भएपछि गाडी नियन्त्रणमा लिइएको छ। उक्त स्कार्पियो कैलाली गाउँ प्रहरी चौकीमा राखिएको प्रहरीले जानकारी दिएको छ।

hello