hello

ज्ञानेन्द्र शाही भन्छन्, ‘प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन नि !’

May 2026

काठमाडौं — राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्‍याप हान्न बोलाएको होइन नि,’ शाहीले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुँदा रास्वपाकै सांसदहरूले संसद् बैठकमा अवरोध गरेको पनि उनले सम्झाए ।

उनले सरकारको नीति तथा कार्यक्रम भन्दा अन्य कुनै पनि काम महत्वपूर्ण नहुने बनाउँदै प्रधानमन्त्री जसरी पनि संसद्मा उपस्थित हुन पर्ने माग गरेका थिए ।

विपक्षी दलहरुले संसदमा अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरे पनि अझै चल्न सकेको छैन ।

 

hello