hello

नयाँ हिरो सुपर स्प्लेंडर सार्वजनिक

May 2026

भारतीय दुईपाङ्ग्रे सवारी निर्माता हिरो मोटोकर्प (Hero MotoCorp) ले आफ्नो लोकप्रिय बाइकको नयाँ संस्करण ‘सुपर स्प्लेंडर एक्सटेक २.०’ (Super Splendor XTEC 2.0) भारतमा सार्वजनिक गरेको छ।

आकर्षक लुक्स, अत्याधुनिक फिचर्स र उत्कृष्ट माइलेजका साथ आएको यस बाइकको एक्स-शोरूम मूल्य ८६,५०० भारतीय रुपैयाँ तोकिएको छ।

  • अधिक माइलेज र शान्त इन्जिन: यस बाइकमा १२४.७ सीसी (cc) को सिंगल-सिलिन्डर इन्जिन छ, जसले १०.७ बीएचपी पावर र १०.६ एनएम टर्क दिन्छ। ट्राफिकमा इन्जिन स्वतः बन्द र अन हुने ‘आइडल स्टार्ट-स्टप’ (i3S) प्रविधिका कारण यसले प्रतिलिटर ७२ किलोमिटरको उत्कृष्ट माइलेज दिने कम्पनीको दाबी छ। साथै, ‘इन्टिग्रेटेड स्टार्टर जेनेरेटर’ (ISG) का कारण बाइक स्टार्ट गर्दा कत्ति पनि आवाज आउँदैन।

  • डिजिटल क्लस्टर र ब्लुटुथ कनेक्टिभिटी: बाइकमा पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ, जसलाई ब्लुटुथमार्फत फोनसँग जोड्न सकिन्छ। यसमा कल/एसएमएस अलर्ट, कलर आईडी, फोनको ब्याट्री स्टेटस, रियल-टाइम माइलेज र कम इन्धन भएको जानकारी (Low Fuel Indicator) देखिन्छ। फोन चार्ज गर्नका लागि यसमा यूएसबी टाइप-सी (Type-C) पोर्ट समेत राखिएको छ।

  • थप सुरक्षित फिचर्स: सुरक्षालाई ध्यानमा राख्दै हिरोले यसमा ह्यागार्ड लाइट (चारवटै इन्डिकेटर एकैचोटि बल्ने), अगाडि डिस्क ब्रेक र ह्यान्डलबारमै इन्जिन बन्द गर्ने ‘इन्जिन किल स्विच’ थपेको छ।

  • नयाँ लुक्स र रङको विकल्प: बाइकलाई नयाँ ड्युअल-टोन ग्राफिक्स, एक्सटेक २.० ब्याजिङ, ह्विल रिम टेप र आकर्षक स्टिच गरिएको प्रिमियम सिट दिइएको छ। यो बाइक ग्लसी ब्याल्क, क्यान्डी ब्लेजिङ रेड, म्याट एक्सिस ग्रे, म्याट नेक्सस ब्लु र म्याट चेस्टनट ब्राउन गरी ५ वटा नयाँ रङमा उपलब्ध छ।

नेपाली बजारमा समेत निकै रुचाइएको १२५ सीसी सेगमेन्टको यो बाइक नयाँ प्रविधि र धेरै माइलेज खोज्ने ग्राहकहरूका लागि उत्कृष्ट विकल्प बन्ने देखिएको छ।

hello