TheBlog

hello

प्रकाश अधिकारी प्रतिनिधिसभा सचिवमा नियुक्त

May 2026

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सङ्खुवासभाका अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरिएको हो ।

यसअघि सभामुख डीपी अर्यालको सिफारिसमा हर्कराज राईलाई पदमुक्त गरिएको थियो । उनी पदमुक्त भएपछि रिक्त भएको सचिव पदमा नयाँ नियुक्ति गरिएको हो ।

hello