hello

पुराना कर्मचारी बिदा गर्न बालेन सरकारले स्वैच्छिक अवकाश योजना ल्याउने

May 2026

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले भद्दा प्रशासनिक संरचनालाई चुस्त बनाउन र पुराना कर्मचारीहरूलाई ससम्मान बिदाइ गर्न स्वेच्छिक अवकाशको विशेष कार्यक्रम घोषणा गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा कर्मचारी संयन्त्रलाई रिसाइज गर्ने योजना आउन लागेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्‌मा आगामी आवको बजेट भाषण गर्दैछन् ।

अर्थमन्त्री वाग्लेले निजामती सेवा ऐनको व्यवस्था अनुसार स्वेच्छिक अवकाश रोज्ने कर्मचारीका लागि आवश्यक अतिरिक्त बजेटको व्यवस्था गरेको अर्थ मन्त्रालय स्रोतले बतायो ।

खासगरी बालेनले सत्ता सम्हालेलगत्तै प्रशासनिक खर्च कटौतीको नीति लिएको थियो । सोही योजनाअनुसार मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारिएको छ भने दर्जनौं अनावश्यक विभाग र कार्यालयहरू खारेजीको प्रक्रियामा छन् । यसरी कार्यालय घट्दा बचत भएका पुराना कर्मचारीलाई व्यवस्थापन गर्न सरकारले स्वेच्छिक अवकाश (भीआरएस)को अस्त्र प्रयोग गर्न लागेको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार निजामति सेवा ऐनअनुसार ५० वर्ष उमेर पुगेका र पेन्सन पाक्ने अवस्थामा रहेका कर्मचारीहरूले यो योजनामा सहभागी हुन पाउनेछन् । स्वेच्छिक अवकाश लिने कर्मचारीलाई सेवा अवधिमा बढीमा ७ वर्षसम्म थप गरी पेन्सनको गणना गरिनेछ भने अवकाशको समयमा एक श्रेणी माथिको पदमा बढुवाको सुविधा दिइनेछ ।

hello