hello

रास्वपा बागमतीको अधिवेशनः निर्वाचनको नयाँ मिति तोकियो, मतदान काठमाडौँमा हुने

2 days ago

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघि स्थगित भएको बागमती प्रदेशको निर्वाचनको मिति तय गरेको छ ।

केन्द्रीय निर्वाचन आयोगले बिहीबार जरुरी सूचना जारी गर्दै निर्वाचन जेठ ३० गते काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट दरबार शंखपार्कमा हुने जनाएको हो । हेटौँडामा विवाद भएपछि रास्वपाले बागमतीको निर्वाचन काठमाडौँमा गर्ने भएको छ ।

विद्युतीय मेसिनबाट मतदान

निर्वाचनका लागि मतदानको समय बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि तोकिएको छ। मतदान प्रक्रिया पूर्णरूपमा विद्युतीय मेसिनबाट हुने आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।

रास्वपा बागमती प्रदेशको मंगलबारबाट हेटौडामा सुरु भएको अधिवेशनमा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । निर्वाचन प्रक्रियाका सम्पूर्ण प्राविधिक कार्यहरू सम्पन्न गरिएकाले निर्वाचन प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख छ।

सभापतिका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री उम्मेदवार छन् । रास्वपाको विधान अनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था छ ।

hello