राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान
May 2026

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
मंगलबार राष्ट्रपति पौडेलले वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद् अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।
आजै दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। यहि अधिवेशनमा सरकारले बजेट ल्याउनेछ।