राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने सरकारको निर्णय
May 2026
काठमाडौं l सरकारले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारीस्वरूप मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै नेपालको संविधानको धारा ९५ बमोजिम आज दिउँसो ४ बजे राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्ने बाटो खुलेको छ। उक्त सम्बोधनमार्फत सरकारले आगामी वर्षका प्राथमिकता, योजना तथा नीतिगत कार्यक्रम सार्वजनिक गर्नेछ।