सिजीले सार्वजनिक गर्यो ब्ल्याक पल्स डेकरका ८ शक्तिशाली एयर कूलर
May 2026

सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक पल्स डेकरले नेपाली बजारमा ८ वटा नयाँ र शक्तिशाली एयर कूलरहरू सार्वजनिक गरेको छ ।
वर्षापछिको चर्को घाम र तातो हावा ‘लु’ बाट बच्न तथा घरभित्रको वातावरणलाई प्राकृतिक रूपमा शीतल र स्वस्थ राख्न कम्पनीले यी अत्याधुनिक कूलरहरू ल्याएको हो ।
कम्पनीले व्यक्तिगत कोठादेखि विशाल हलसम्मका लागि उपयुक्त हुने गरी ३० लिटरदेखि १०५ लिटर क्षमतासम्मका ८ वटा मोडेलहरू उपलब्ध गराएको छ। जसमा किबो, नेबो, कामेट प्लस र लोत्से प्लस जस्ता मोडेलहरू रहेका छन्।
प्रिमियम डिजाइन र दीर्घकालीन टिकाउपनाका लागि परिचित ब्ल्याक पल्स डेकरका यी उत्पादनले उपभोक्ताको जीवनशैलीलाई थप सहज बनाउने विश्वास लिइएको छ ।
यी कूलरहरूमा विशेष ‘युभी-ग्रेड पोलिमर’ बडीको प्रयोग गरिएको छ, जसले गर्दा चर्को घाममा पनि यसको रङ्ग उड्ने वा चर्कने समस्या हुँदैन ।
हावालाई शुद्ध बनाउन यसमा एन्टिब्याक्टेरियल हनिप्याडहरू राखिएको छ भने आधुनिक एरोडाइनामिक फ्यान प्रविधिले गर्दा यो अत्यन्तै कम आवाजमा चल्ने कम्पनीले जनाएको छ ।
नेपालको विद्युत अवस्थालाई मध्यनजर गर्दै यसमा इन्भर्टरमैत्री मोटर जडान गरिएको छ, जसले कम बिजुली खपतमा पनि प्रभावकारी शितलता प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यी कूलरहरू आकर्षक प्रिमियम ह्वाइट कलरमा उपलब्ध छन्, जसले आधुनिक घरको इन्टेरियरमा थप रौनकता थप्ने कम्पनीले जनाएको छ ।
उपभोक्ताहरूले यी कूलरहरू देशभरका २८ वटा सिजी डिजिटल र एलजी शपी शोरुमहरू, आधिकारिक बिक्रेताहरू र अनलाइन पोर्टलमार्फत सहजै खरिद गर्न सक्नेछन् ।
१ वर्षको विस्तृत वारेन्टीका साथ उपलब्ध यी कूलरहरूका लागि सिजी इलेक्ट्रोनिक्सले देशव्यापी रूपमा उत्कृष्ट बिक्री पछिको सेवा समेत सुनिश्चित गरेको कम्पनीको भनाइ छ।