सन्दीप लामिछानेको नाममा नयाँ विश्व रेकर्ड
May 2026
भक्तपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको नाममा नयाँ विश्व रेकर्ड बनेको छ ।
लामिछानेको नाममा सोमबार एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्व रेकर्ड बनेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी स्कटल्यान्डविरुद्धको खेलमा विकेट लिँदै लामिछाने सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका हुन् । लामिछानेले ७३ खेलमा १५० विकेट पूरा गरेका हुन् ।
त्यसअघि अष्ट्रेलियन बलर मिचेल स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए ।