hello

सरकारले भन्यो– इन्धनको मुल्य घटाउने अवस्था छैन

May 2026

भक्तपुर । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थलगायतका इन्धनहरूको मूल्य घटाउन सकिने अवस्था नरहेको प्रष्टयाएका हुन्।

मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुहरूको मूल्य बढाउनुपर्ने अवस्था रहेको उल्लेख गरे।

आम उपभोक्ताहरूले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन्। तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरूमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी समेत गरे।

स्वचालित मूल्यमा बिक्री गर्ने भने सरकारले पेट्रोललगायतका इन्धनहरूको बिक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने बताए। उनले सरकारले उपभोक्ताहरू मारमा नपरुन् भनेर नै स्वचालित मूल्यअनुसार उक्त वस्तुको बिक्री नगरेको पनि बताए।

 

hello