hello

सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता

May 2026

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन नासु बलीरामप्रसाद कुर्मीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ ।

आयोगले हुलाक बचत बैंक बारामा बचतकर्ताको रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा रु पाँच करोड ३५ लाख ६४ लाख २७९ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले विसं २०८२ माघ २२ गतेको फैसलाबाट आंशिक सफाइ दिएको थियो ।

उक्त फैसलाविरुद्ध चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।  रासस

hello