hello

सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै रास्वपा

May 2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई दुईदिने प्रशिक्षण दिने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई यही वैशाख २६ र २७ गते काठमाडौंमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।

आचार्यले पार्टीको संसदीय दललाई पठाएको पत्रमा “पार्टीबाट संसद्‌मा प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्यहरूलाई विविध विषयमा मिति २०८३ वैशाख २६ र २७ गते संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने २ दिने प्रशिक्षण कार्यक्रममा” अनिवार्य सहभागिताका लागि भनिएको छ ।

hello