सेवा निर्यात गर्ने आईटी कम्पनीलाई ५ वर्षसम्म १ प्रतिशतमात्र आयकर लगाउनु उपयुक्त
May 2026

नेपाल उद्योग वाणिज्य महासंघले सूचना प्रविधि कम्पनीलाई ५ वर्षसम्म १ प्रतिशतमात्र आयकर लगाउन माग गरेको छ । महासंघले आईटीसँग सम्बन्धित निर्यातमूखी फर्म कम्पनीहरूलाई यस्तो सुविधा दिन माग गरेको हो ।
महासंघले आगामी आवको बजेटमा सुझाव दिँदै भनेको छ, ‘सूचना प्रविधिसँग सम्बन्धित निर्यातमूखी फर्म कम्पनीहरूलाई ५ वर्षसम्म १ प्रतिशतमात्रै आयकर लाग्ने व्यवस्था गरिनु पर्दछ ।’
सूचना प्रविधि अर्थव्यवस्थाको उदियमान क्षेत्र भएकोले यस क्षेत्रको विकास गरी निर्यात प्रवर्द्धन र थप रोजगारी सृजना गर्न यस्तो सुझाव दिइएको महासंघको भनाई छ । यसबाट सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार भई थप रोजगारी सृजना, व्यापार घाटा न्युनीकरण र निर्यात प्रवर्द्धन भएको हुने महासंघले उल्लेख गरेको छ ।