hello

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन खुला

May 2026

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदपूर्तिका लागि सरकारले आवेदन खुला गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का लागि उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको जनाएको हो।

मन्त्रालयका अनुसार ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवार छनोट गर्न आवेदन आह्वान गरेको हो।

इच्छुक तथा आवश्यक योग्यता पुगेका व्यक्तिले मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत उपलब्ध अनलाइन प्रणाली प्रयोग गरी १० दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

hello