विद्यार्थीहरूले बनाए शरीरका गतिविधि नियन्त्रण गर्ने एआई उपकरण
May 2026
विद्यार्थीहरूको एक समूहले सानो विद्युतीय संकेतमार्फत छालामा सिग्नल पठाई शरीरका गतिविधिलाई मार्गदर्शन गर्ने पहिरिन मिल्ने एआई प्रणाली निर्माण गरेका छन्।
यो उपकरण हात र पाखुरामा लगाइन्छ र शरीरका लागि भौतिक नेभिगेसन प्रणालीझैँ काम गर्छ। यस परियोजनाको नाम ह्युमन अपरेटर हो।
टेलिग्राफका अनुसार यसले भिजुअल ल्याङ्ग्वेज मोडेललाई इलेक्ट्रिकल मसल स्टिमुलेसनसँग जोडेको छ, जसले एआईलाई वास्तविक समयमा गतिविधि निर्देशित गर्न सहयोग गर्छ।
डेमोमा यो प्रणालीले प्रयोगकर्तालाई पियानो बजाउन र विभिन्न शारीरिक कार्य गर्न सहयोग गरेको देखाइएको थियो। यसले भविष्यमा एआईले शरीरमार्फत प्रत्यक्ष रूपमा शारीरिक सीप सिक्न सक्ने सम्भावनातर्फ संकेत गरेको छ।