युट्युबले अब प्रयोगकर्तालाई भिडियोहरूको बोरिङ भागहरूलाई स्वचालित रूपमा स्पिड अप गर्न अनुमति दिने
1 week ago
युट्युबले प्रयोगकर्ताहरूका लागि भिडियोहरू हेर्न सहज बनाउने लक्ष्यको साथ एउटा नयाँ सुविधा प्रस्तुत गर्ने निर्णय गरेको छ। यो सुविधाले विशेष गरी एडीएचडी जस्ता एकाग्रतामा कठिनाइ भएकाहरू प्रयोगकर्ताहरूलाई मद्दत गर्नेछ।
नयाँ सुविधाले पोडकास्ट र कन्भर्सेस्नल कन्टेन्ट (कुराकानी सामग्री) भएका भिडियोहरूमा लङ इन्ट्र«ो (लामो परिचय), पज र “फिलर” खण्डहरू स्वचालित रूपमा पहिचान गर्नेछ र त्यसपछि प्रयोगकर्ताको हस्तक्षेप बिना तिनीहरूलाई स्पिड अप गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
व्यवहारमा भन्नु पर्दा प्लेटफर्मले भिडियो सुस्त वा रुचिहीन हुँदा आफैँ “बुझ्नेछ” र दर्शकको समय बचत गर्दै त्यो भागलाई स्वचालित रूपमा स्पिड अप गर्ने (गति दिने कार्य) छ।
हाल, यो सुविधा एन्ड्रोइड डिभाइसहरूमा मात्र उपलब्ध भएको र केवल अंग्रेजी–भाषाको कन्टेन्ट (सामग्री) को लागि काम गर्ने बताइएको छ।
साथै आईफोन र अन्य भाषाहरूको लागि समर्थन पछिको चरणमा आउने अपेक्षा गरिएको कम्पनीले घोषणा गरेको छ।
यो कदमलाई विशेष गरी पोडकास्ट र अन्तर्वार्ता जस्ता लामो भिडियोहरूको लागि प्रयोगकर्ता अनुभव सुधार गर्ने र सामग्री खपतलाई अझ प्रभावकारी बनाउने प्रयासको रूपमा हेरिएको छ।