Welcome to The Blog

Updating with time

Get Started

सपनाको कुरा गर्ने ‘रोल नं १’को गीत ‘रंगीन सपना’ सार्वजनिक

काठमाडौं। चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक भएको छ । सिनेमा दोस्रो सातामा प्रदर्शन भइरहेका बेला निर्माण टिमले नयाँ गीत ‘रंगीन सपना’ सार्वजनिक गरेको हो । उज्वल सागरको स्वर रहेको गीतमा शब्दरचना रोशन अधिकारीको छ । संगीत पनि उज्जल सागरकै रहेको छ । गीतले सपना कुरा गर्छ । गीतले उज्वल भविष्यको कामना गर्दै त्यसका […]

कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ

मोरङ । कोशी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सचिवमा प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव आसमान तामाङलाई कामकाजमा खटाउने निर्णय गरेको छ । प्रदेश सरकारको आजको बैठकले प्रदेश सचिव पदमा सहसचिव कृष्णप्रसाद सापकोटालाई पदस्थापन गरी कामकाजमा खटाउने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो । बैठकले महालेखा […]

प्रधानमन्त्री बन्ने चर्चा बारे रवि लामिछानेको प्रतिक्रिया : ‘निर्वाचनअघिको सहमतिमा अडिग छौं’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफूहरू अस्थिरताको पक्षमा नभएको स्पष्ट पारेका छन्। पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका लामिछानेलाई विमानस्थलमा सञ्चारकर्मीहरूले ‘अब तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ नि ?’ भन्ने प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा उनले सो विषयबारे प्रत्यक्ष टिप्पणी गर्न चाहेनन्। उनले भने, “म केही भन्न चाहन्नँ। […]

नाडा ग्रीन ड्राइभ २०२६ र्‍याली सम्पन्न

जेष्ठ २२ गते विश्व वातावरण दिवस २०२६ को शुभ अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो इतिहासमा पहिलो पटक “नाडा ग्रीन ड्राइभ २०२६” र्‍याली कार्यक्रम सम्पन्न गरेको छ। AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV, SUZUKI, Times Business–SKYWORTH र Nepal Insurance Company Limited को समर्थनमा बिभिन्न ब्राण्डहरुका विद्युतिय सबारी साधनहरुको […]

परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे

काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनलाई भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारले स्वागत गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार बनेपछि यो पहिलो उच्च स्तरीय […]

विराटनगरका युवालाई आइटी प्रशिक्षण

डिजिटल सुशासन, प्रविधिमैत्री समाज निर्माण र युवाको सीप विकासलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले १० दिने ‘आइटी ट्रेनिङ एन्ड प्रोफेसनल डेभलपमेन्ट’ कार्यक्रम सुरु गरेको छ। सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा […]

कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न रोक

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले कार्यालयमा सेवा प्रवाहलाई थप प्रभावकारी, मर्यादित तथा अनुशासित बनाउन कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ। कार्यालयले बिहीबार एक सूचना जारी गर्दै कार्यालय समयभित्र सामाजिक […]

स्कोडाले ल्यायो नयाँ ईभी एसयूभी पिक

एजेन्सी । स्कोडा अटोले आफ्नो आउँदो पूर्ण–विद्युतीय फ्ल्यागशिप एसयूभी पिकको पहिलो आधिकारिक बाहिरी डिजाइन स्केचहरू सार्वजनिक गर्दै यसको झलक देखाएको छ । तीन पंक्ति सिट भएको यो विद्युतीय एसयूभीको विश्वव्यापी डेब्यु २३ जुनमा फ्रान्सको मोनेटियर–मोर्नेक्समा हुने तय भएको छ । यसले विद्युतीय युगका लागि ब्रान्डको विकसित हुँदै गएको डिजाइन दर्शनलाई प्रदर्शन गर्नेछ । स्कोडा पिकले […]

वातावरण जोगाउन भूमिका खेल्ने संस्थालाई विराटनगर महानगरपालिकाद्वारा सम्मान

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउने दुई संस्थालाई सम्मान गरेको छ । आज महानगर परिसरमा आयोजित कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवर्द्धन तथा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका गो ग्रीन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो ।...

मोटरसाइकल दुर्घटनामा परे श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, अवस्था सामान्य

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्। कटारीबाट आफैँले मोटरसाइकल चलाएर बेलकातर्फ जाँदै गर्दा हिजो उनी दुर्घटनामा परेका हुन्। पार्टी स्रोतका अनुसार साम्पाङले एउटा हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडिओ खिचिरहेका थिए र सोही क्रममा सन्तुलन गुम्दा मोटरसाइकल पल्टिएको थियो। दुर्घटनापछि उठेर पनि उनले भिडिओ खिच्दै आफ्नो हातमा लागेको चोट […]

पुर्वाधार विकासमा चुलाचुली गाउँपालिकाको छलाङ

उमानाथ भण्डारी चुलाचुली । इलाम जिल्लाको दक्षिणी भागमा अवस्थित चुलाचुली गाउँपालिका प्राकृतिक सौन्दर्य, कृषि उत्पादन र विविध संस्कृतिको संगमस्थलका रूपमा परिचित छ । यस पालिकाले पूर्वाधार विकास, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहलाई चुस्तदुरुस्त […]

लामो समय विदामा बसेका कर्मचारी खोज्दै सरकार, हाजिर हुन तीन दिनको अल्टिमेटम

भक्तपुर । सरकारले लामो समयदेखि विदामा बसेका कर्मचारीलाई तीन दिनभित्र हाजिर नभए कारवाही गर्ने चेतावनी दिएको छ । अध्ययन तथा असाधारण बिदामा बसेका, तर बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नहुने र सम्पर्कविहीन भएका कर्मचारीहरूलाई कारबाहीको चेतावनी दिएको हो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना निकाल्दै बिदा सकिएर पनि…

सिरहामा करोडौँ मूल्यका मोबाइल पानीमा डुबाएर नष्ट गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडाैं, २२ जेठ । सिरहामा परीक्षाका क्रममा जफत गरिएका एक करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल फोन र स्मार्टवाचहरू सार्वजनिक रूपमा नष्ट गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी र सुरक्षाकर्मीको रोहवरमा ती उपकरणहरू नष्ट गरिएको हो। नष्ट गरिएका उपकरणहरूमा ७ वटा महँगा आईफोन, ४ सय ८९ वटा एन्ड्रोइड...

एभरेष्ट कलरको आईपीओ निष्काशन

एभरेष्ट कलर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आजदेखि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुने ७ करोड ९० लाख रुपैयाँको ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । जसमा ७९ लाख रुपैयाँको ७९

ट्रम्पका विशेष दूत गोरसँग दिल्लीमा रविको भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार साँझ दिल्लीमा भेटवार्ता भएको हो । रास्वपा सभापति लामिछाने पाँच दिने भ्रमणका लागि गत १८ गते नयाँ दिल्ली गएका थिए । भाजपाको निमन्त्रणामा दिल्ली गएका उनी त्यसयता थुप्रै राजनीतिक भेटघाट […]

‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य

धरान (सुनसरी)- धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ । ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्माण भइरहेको यस उद्यानमा अपाङ्गतामैत्री संरचनासहित …

सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित नयाँ शैक्षिक कार्यक्रम शुरु

सनवे कलेजले नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। कलेजले एआई र बीआईसँगै डिजिटल प्रणालीमा BSc (Hons) Business Information Technology (BIT) नामक नयाँ शैक्षिक कार्यक्रम शुरु गरेको हो। बर्तमान समयको माग […]

‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६–सिजन २’ को अडिसन जेठ २३ गते

काठमाडौं। महिला सशक्तीकरण, नेतृत्व विकास,आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६–सिजन २’ आयोजना हुने भएको छ। समारी इन्टरनेशनल इभेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताको अडिसन आगामी जेठ २३ गते शनिबार आयोजना गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अविवाहित महिलाले ‘मिस’ तथा विवाहित महिला, एकल आमा र सम्बन्धविच्छेद गरेका महिलाले …

भानु कलेजमा २२औँ ब्याचका विद्यार्थीलाई अभिमूखीकरण

विराटनगर / विराटनगर – ९ मा सञ्चालितभानु कलेजले नयाँ शैक्षिक सत्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीकालागि विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी अभिमूखीकरण कार्यक्रम गरेको छ । कलेजमा उज्जवल भविष्यको अभिलाशा लिएर कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायमा भर्ना भएका २२ औँ ब्याचका ३५० वढी विद्यार्थीहरुलाई भविष्यको प्रष्ट मार्ग चित्रण प्रस्तुत गर्दै अभिप्रेरित…

‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की !

राष्ट्रिय जेनजी नागरिक अभियानले भारतीय दूतावास नजिक शान्तिपूर्ण रूपमा पम्पलेट प्रदर्शन गर्न गएका आफ्ना चार अभियानकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा दुर्व्यवहार तथा राजनीतिक दबाबको सामना गर्नुपरेको आरोप लगाएको छ। अभियानले बिहीबार जारी गरेको विज्ञप्तिमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको विषयमा संवैधानिक अभिव्यक्ति व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सुरु हुनुअघि...

संविधान संशोधनमा पूर्वराष्ट्रपतिद्वयका सुझाव

संविधान संशोधनका लागि गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी सँग भेट गरी सुझाव संकलन गरेको छ। पूर्वराष्ट्रपति यादवले संविधानका मूल आधारहरू—संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीतालाई जोगाउँदै फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र संशोधन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्। उनले संविधान निर्माणमा समेटिएको सामाजिक विविधता र विपन्न वर्गको हितलाई विशेष प्राथमिकता […]

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

चितवन। डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख क्युफिट काठ निकाल्ने भएको छ । कार्यालयले ढलेका, सुकेका (सुख्खड खडा र ढलापडा) लगायत काठ निकाल्ने तयारी गरेको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले आगामी असारभित्रमा काठ सङ्कलन गरी बिक्री गर्ने तयारी गरिएको बताउनुभयो । कार्यालयअन्तर्गत रहेको वरण्डाभार वन क्षेत्रबाट काठ निकाल्न लागिएको हो । […]

सार्वजनिक पदधारी सबैको सम्पत्ति छानबिन हुनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन अनिवार्य हुनुपर्ने बताएका छन्। ‘ग्रीन टेबल’ विशेष शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिनको प्रक्रियामा सबै राजनीतिक दल र नेतृत्व समान रूपमा सहभागी हुनुपर्ने धारणा राखे। थापाले नेपालमा संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता […]

मुकेश अम्बानीलाई पछि पार्दै झाङ बने एशियाकै दोस्रो धनी व्यक्ति, अडानी शीर्ष स्थानमा

झाङ यिमिङ एशियाकै दोस्रो धनी व्यक्ति बनेका छन् । टिकटकका सह-संस्थापकसमेत रहेका झाङ भारतीय उद्योगपति मुकेश अम्बानीलाई पछि पार्दै एशियाकै दोस्रो धनी व्यक्ति बनेका हुन् ।  ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार झाङको कुल सम्पत्ति ९३ बिलियन डलर (करिब ८.९ लाख करोड भारतीय रुपैयाँ) पुगेको छ ।  यसअघि एशियाकै दोस्रो धनी व्यक्तिको सूचीमा रहेका रिलायन्स

दराज नेपालद्वारा ६.६ मिड इयर सपिङ फेस्टको घोषणा

नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ६.६ मिड इयर शपिङ फेस्टको घोषणा गरेको छ । यस अवसरमा दराजले आकर्षक डिल्स, विशेष ब्रान्ड अफरहरु, भुक्तानीमा छुट सुविधा तथा रोमाञ्चक गिभअवे उपहारहरू समावेश गरिएको जानकारी दिएको छ । यो अभियान जुन ५ (जेठ २२, २०८३)को बेलुकी ८ बजेदेखि जुन १० (जेठ २७) […]