रास्वपाको बागमती प्रदेश सभापति पदका लागि निर्वाचन सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार मतदान केही समय ढिला गरी भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने भनिए पनि समय थप गरिने बताइएको छ । मतदाता तथा […]
अमेरिका-इरान सम्झौता निकै नजिक

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एक्स्पोमा सहभागी चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी […]
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे पार्टीको धारणा माग्दै हर्कले पठाए रविलाई खुलापत्र
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खुलापत्र लेख्दै प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्। राईले शनिबार सार्वजनिक गरेको खुलापत्रमा प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले दिएको ‘नेपालले पनि भारतको सीमा विभिन्न स्थानमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति रास्वपाको स्पष्ट धारणा माग […]
अमेरिकाको सियाटल काउन्सिलले नयाँ डाटा सेन्टर साइटिङमा अस्थायी प्रतिबन्ध लगायो
अमेरिकाको सियाटल सिटी काउन्सिलले शहरमा ठूला डाटा सेन्टरहरूको साइटिङ रोक्न आपतकालीन कानून पारित गरेको छ। यो ठूला-स्तरीय डाटा सेन्टर क्याम्पसहरूको सम्भावित आर्थिक, पूर्वाधार र वातावरणीय प्रभावहरू विरुद्ध बढ्दो सार्वजनिक प्रतिक्रियाको […]
साढे १२ अर्ब लगानीमा सिलिगुडी–झापा दोश्रो पेट्रोलियम पाइपलाइन बन्दै, अन्तिम चरणमा पुग्यो ईआईए प्रतिवेदन
सरकारले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र अत्याधुनिक टर्मिनल निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को लागि सुझाव माग गरेको छ । नेपाल आयल निगमद्वारा प्रस्तावित यो आयोजनाको लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले ईआईए प्रतिवेदनमाथि सर्वसाधारणबाट राय सुझाव मागेको हो । यो आयोजनाको ईआईए प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृतिको लागि कृषि, वन […]
गुगलको क्रोममा जेमिनी एआई फीचर विभिन्न देशहरुमा विस्तार
क्रोममा गुगलको जेमिनी अब पहिलेभन्दा धेरै देशहरूमा उपलब्ध हुने भएको छ। एआई च्याटबट अब ल्याटिन अमेरिका, अफ्रिका र मध्य पूर्वका लागि डेस्कटप र आईओएस ब्राउजरमा निर्मित भएको बताइएको छ। तर […]
प्रधानमन्त्रीको भिडियोपछि अपि हिमाल चर्चामा
प्रधानमन्त्री बालेन्द्र साह ले अपि हिमाल, आधार शिविरको २४ सेकेन्ड लामो भिडियो आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि अपि हिमाल सर्वत्र चर्चामा आएको छ। प्रधानमन्त्रीले सार्वजनिक गरेको भिडियोले सामाजिक सञ्जालमा व्यापक ध्यान आकर्षित गरेसँगै अपि हिमालबारे चर्चा चुलिएको हो। सुदूरपश्चिमको दार्चुलामा अवस्थित अपि हिमाल प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र पदयात्राका लागि प्रसिद्ध गन्तव्य मानिन्छ। […]
के एआईको हरेक उत्तरमा विश्वास गर्न सकिन्छ ? जान्नुहोस् तथ्य जाँच्ने ६ सरल तरिका
कृत्रिम बुद्धिमत्ता (आर्टिफिशियल इन्टेलिजेन्स- एआई) अहिले हाम्रो दैनिक कामकाजको महत्वपूर्ण हिस्सा बनिसकेको छ । अनुसन्धान, सामग्री लेखन, अध्ययन, स्वास्थ्यसम्बन्धी जानकारीदेखि वित्तीय परामर्शसम्मका काममा मानिसहरूले एआईमा आधारित उपकरणको प्रयोग गरिरहेका छन् । तर एउटा ठूलो समस्या भने अझै कायम छ । धेरै अवस्थामा एआईले सुन्दा सही जस्तो लाग्ने तर वास्तवमा गलत जानकारी दिन सक्छ...
सेफ सन्तोष साह धनुषाबाट पक्राउ

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

जोगबनी–विराटनगर ब्रोडगेज रेलमार्गको कार्यान्वयन प्रगतिबारे छलफल
काठमाडौँ – नेपाल र भारतबीच सीमापार रेलमार्गसम्बन्धी चलिरहेका परियोजनाको कार्यान्वयन तथा रेल क्षेत्रको समग्र द्विपक्षीय सहयोगको समीक्षा गर्न आयोजित परियोजना सञ्चालन समितिको १०औँ तथा संयुक्तकार्य समूहको आठौँ बैठक आज सम्पन्न भएको छ । बैठकमा दुवै पक्षले भारत सरकारको अनुदान सहयोगमा विकास भइरहेको भारत–नेपालबीचको जयनगर–बिजलपुरा–बर्दिबास तथा जोगबनी–विराटनगर ब्रोडगेज रेलमार्गको कार्यान्वयन प्रगतिबारे छलफल गरेका यहाँस्थित भारतीय दूतावासले …
मेटाको भिडियो सम्पादन एप एडिट्समा एआई असिस्टेन्ट र डेस्कटप संस्कण थपिने
मेटाले आफ्नो भिडियो सम्पादन एप एडिट्समा थपिने नयाँ सुविधाहरूको झलक बुधबार लस एन्जलसमा आयोजित निमन्त्रणा-आधारित क्रिएटर कार्यक्रममा प्रस्तुत गरेको छ। कम्पनीले नयाँ एआई सहायक र हालसम्म मोबाइलमा मात्र उपलब्ध रहेको […]
बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती
भोजपुर : परम्परागत बालीमा बाँदरको बढ्दो क्षतिका कारण समस्या झेलिरहेका यहाँको पौवादुङमा गाउँपालिकाका किसान अहिले वैकल्पिक नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् । विशेषगरी अदुवा खेतीलाई सुरक्षित र आम्दानीमुखी विकल्पका रूपमा लिँदै गाउँपालिकाले योजनाबद्ध रूपमा अदुवा खेती विस्तारमा जोड दिएको हो । कृषिमा आधुनिकीकरण तथा किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले अदुवा खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन […]
बिर्तामोडमा आजदेखि रोजगार मेला
बिर्तामोड, जेठ ३० । बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि अतिथि सदनमा ‘बिर्तामोड रोजगार मेला’ सुरु हुँदैछ । मेला आज र भोलि सञ्चालन हुनेछ । बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा अतिथि सदनमा दुई दिनसम्म सञ्चालन हुने मेलाको […]
ब्लुस्काईले सार्वजनिक गर्यो ग्रुप च्याट सुविधा
सामाजिक सञ्जाल ब्लुस्काईले बिहीबार समूह च्याट सुविधा सार्वजनिक गरेको छ। यो सुविधा एपलाई यसको ठूलो प्रतिस्पर्धी एक्ससँग थप प्रतिस्पर्धी बनाउन ल्याइएको हो। इलन मस्कको स्वामित्वमा रहेको एक्सले हालै छुट्टै एक्सच्याट […]
फिफा विश्वकम २०२६ : बोस्निया र क्यानडाले बराबरी खेल्दै अंक बाँडे
काठमाडौँ। फिफा विश्वकप २०२६ को तीनमध्ये एउटा आयोजक क्यानडाले बोस्नियासँग बराबरी खेल्दै अंक बाँडेको छ। शुक्रबार राति १२:४५ बजे भएको आफ्नो पहिलो खेलमा क्यानाडाले बोस्निया एन्ड हर्जोगोभिनासँग १(१ को बराबरी खेलेको हो। क्यानडाको टोरन्टो रंगशालामा भएको खेलमा दुवै टोलीले रोमान्चक खेल प्रस्तुत गरेका थिए। क्यानाडाका वैकल्पिक खेलाडी साइले लारिनले निर्णायक गोलगर्दै आफ्नो टोलीलाई हारबाट जोगाएका […]
मोबाइल नष्ट गर्ने निर्णयले विधिको शासन र डिजिटल अधिकारमाथि प्रहार गर्यो : चिरञ्जिवी अधिकारी
साइबर सुरक्षा विज्ञ तथा सूचना प्रविधि क्षेत्रका अगुवा चिरञ्जिवी अधिकारीले सिराहामा एसईई परीक्षाका क्रममा जफत गरिएका ५०१ भन्दा बढी मोबाइल फोन प्रक्रिया मिचेर नष्ट गरिएको घटनाले विधिको शासन, गोपनीयताको हक […]
युट्युबको डाइरेक्ट म्यासेजिङ सुविधा अमेरिका सहित धेरै देशहरूमा विस्तार हुँदै
गत नोभेम्बरमा युट्युबले प्रयोगकर्ताहरूलाई आफ्नो मोबाइल एप भित्र अरूसँग कुराकानी गर्न अनुमति दिने सुविधाको प्रयोगको परिक्षण सुरु गरेको थियो। साथै यो सुविधा आयरल्याण्ड र पोल्याण्डमा मात्र उपलब्ध गराइएको थियो। यो […]
एच३ रकेट सफल पुनःउडानमा फर्कियो

काठमाडौं उपत्यकाबाट प्रयोगविहीन तार हटाउने अभियान सुरु
काठमाडौं- काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रयोगविहीन (डेड) तार हटाउने कार्य सुरु गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा यो अभियान अघि बढाइएको हो। त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, जडीबुटी, पेप्सीकोला, लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ, गोँगबु, कीर्तिपुर, पुरानो बानेश्वर, गौशाला र चाबहिललगायत क्षेत्रमा रहेका प्रयोगविहीन तारहरू हटाउने कार्य भइरहेको छ। मन्त्रालयका अनुसार […]
कोशी प्रदेशस्तरीय बीमा हाजिरीजवाफमा विराटनगरको मेरिल्याण्ड प्रथम
विराटनगर । कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा विराटनगरको मेरिल्याण्ड माध्यमिक विद्यालय प्रथम भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भएको प्रतियोगितामा सहभागि ६ विद्यालयलाई पछि पार्दै मेरिल्याण्ड प्रथम भएको हो । प्रथम भएको मेरिल्याण्डले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा शिक्षादीप माध्यमिक विद्यालय द्वितीय र पोखरिया माध्यमिक...
नेपाल आँखा अस्पताल आइतबार पनि खुला
काठमाडौँ- त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ । नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रुपमा सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा हरेक दिन बिहान ८ः३० बजेदेखि बिरामी दर्ता सुरु हुने र दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान …
प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस
