Welcome to The Blog

Updating with time

Get Started

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हान्ताभाइरस प्रकोप अझ फैलिन सक्ने जोखिम रहेको चेतावनी दिएको छ, यद्यपि समयमै कडा स्वास्थ्य सावधानी अपनाइएमा यो प्रकोप सीमित स्तरमै नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ । हालसम्म यस प्रकोपका कारण तीन जनाको मृत्यु भइसकेको छ भने पाँच वटा पुष्टि भएका र तीन वटा शंकास्पद सङ्क्रमणका केसहरू देखिएका […]

शक्तिशाली क्षमता, उत्कृष्ट प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

विश्व प्रसिद्ध प्रविधि कम्पनी शाओमीले शक्तिशाली क्षमता, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनसहित नयाँ स्मार्टफोन रेडमी ए–सेवेन–प्रो सार्वजनिक गरेको छ । ठूलो ब्याट्री, ठूलो स्क्रिन तथा सुधारिएको सफ्टवेयर अनुभवसहित यो स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । रेडमी ए–सेवेन–प्रो सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चार आकर्षक रंगमा उपलब्ध […]

भृकुटीमण्डपमा साउथ एशिया ट्रेड फेयर शुरु

काठमाडौं। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा साउथ एशिया ट्रेड फेयर शुरु भएको छ । बिहीवारदेखि शुरु भएको फेयरको नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मल्होत्राले उद्घाटन गरेका छन् । फेयरमा दक्षिण एशियाली देशका उद्योग, व्यापार तथा सेवासम्बन्धी उत्पादनहरु प्रदर्शनीको लागि राखिएको छ । दक्षिण एशियाली राष्ट्रहरुको विभन्न उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन, तथा क्रेता–विक्रेताबीच […]

बैशाख २९ गतेभित्रै एसइईको रिजल्ट ल्याउने तयारी !

माध्यामिक शिक्षा परीक्षा (एसइई)को रिजल्ट बैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा केन्द्रमा नै जाँच गरिएको उत्तरपुस्तिकाको इन्ट्री सकिएर हाल रुजु गर्ने काम भइरहेको छ । रुजु सक्नेबितिकै रिजल्ट सार्वजनिक गरिने बोर्डले जनाएको छ । यसपाली एसइई चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो ।

पठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात

नेपालमा राइड-सेयरिङ सेवाको पर्यावाची बनेको पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन् । सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले नेपालमा राइड-सेयरिङ सेवाको नयाँ संस्कृतिको स्थापना गरेको मानिन्छ । प्रारम्भिक चरणमा नियामकीय अस्पष्टता, बजारको अविश्वास र पूर्वाधारको अभावजस्ता चुनौतीका बीच बस्न्यातको नेतृत्वले कम्पनीलाई अघि बढाएको थियो । उनको नेतृत्वमा पठाओले केवल

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ई-हाजिरीका लागि सांसदहरुको धमाधम बायोमेट्रिक लिइँदै

संघीय संसदका सांसदहरुको बायोमेट्रिक विवरण संकलन कार्य सुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बिहीबारबाट सो कार्य सुरु भएको हो। अहिले संघीय संसदका विषयगत समितिहरु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति, विधायन व्यवस्थापन समितिका सांसदहरुको […]

धादिङ केन्द्रबिन्दु भएर ४.१ को भूकम्प, राजधानीमा पनि धक्का महसुस

काठमाडौं – धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः १४ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । केन्द्रविन्दु धादिङको चराङ्गे फेदी रहेको यो भूकम्पबाट हालसम्म कुनै भौतिक […]

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

रामेछाप । वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा आए पनि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक नियम पालना गर्न तथा सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ । साथै सुरक्षासम्बन्धी प्रहरीका सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना...

आईफोन १७ बन्यो यो वर्षको पहिलो त्रैमासिकमा विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन

काउन्टरपोइन्टको तथ्याङ्क अनुसार यो वर्षको पहिलो त्रैमासिकमा एप्पल आईफोन १७ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बन्न सफल भएको छ। आईफोन १७ ले त्रैमासिकमा बिक्री गरिएका सबै स्मार्टफोनहरूको प्रभावशाली […]

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

पत्रकारिता दिवस तथा १२६ औँ वर्ष प्रवेशका अवसरमा गोरखापत्र दैनिकले आज विशेष अङ्क प्रकाशन गरेको छ । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणी पश्यन्तु मा कश्चिद् दुःखभाग्जन ’ को आदर्श वाक्यका साथ गोरखापत्र दैनिक निरन्तर प्रकाशन हुँदै आएको छ ।

चितवन मेडिकल कलेजले काठमाडौं र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन, २४ वैशाख। चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानी काठमाडौँको तीनकुने र बागमती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ। यसका लागि काठमाडौँमा अत्याधुनिक अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा भने भवन निर्माण गर्न हालै शिलान्यास गरिएको हो। चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र […]

निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज

काठमाडौ- सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल निजामती सेवा ऐन, २०७४ अनुसारका आठ र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका चार वटा ट्रेड युनियनको दर्ता खारेज गरेको हो । निजामती अन्तर्गतका नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, …

कसरी बढाउने पुँजीगत खर्च? बिजमाण्डू प्रि-बजेट कन्फरेन्समा केनिची योकोयामाको कि नोट स्पिच

बिजमाण्डू प्रि-बजेट कन्फरेन्सको तेस्रो संस्करणमा अर्थशास्त्री केनिची योकोयामाले कि-नोट स्पिच दिने भएका छन्। बिहीबार आयोजना हुन लागेको बिजमाण्डूको फ्ल्यागसिप कार्यक्रम ‘बिजमाण्डू प्रि-बजेट कन्फरेन्समा’ नेपालमा एडीबी कार्यालय हाँकिसकेका योकोयामाले दक्षिण एसियामा आफूले गरेको अनुभवलाई आधार बनाएर प्रवचन दिने छन्। नेपाल, भारत र दक्षिण एसियामा आफ्नो अनुभवका आधारमा समग्र नेपालको र विशेषगरी काठमाडौंको पुँजीगत खर्च […]

विवादित ‘लालीबजार’ शुक्रबारदेखि रिलिज हुने

काठमाडौं। नेपाली चलचित्र लालीबजार आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ। उच्च अदालत पाटनले यसअघि दिएको प्रदर्शन रोकसम्बन्धी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि फिल्म प्रदर्शनको बाटो खुलेको हो। चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराईले अदालतको निर्णयपछि फिल्म निर्धारित समयमै रिलिज गर्न लागिएको जानकारी दिएका छन्। यसअघि वैशाख १८ गते प्रदर्शनको तयारीमा रहेको फिल्म अदालतको […]

सोनीले चाँडै प्लेस्टेशन स्टोरसम्बन्धी क्लास एक्शन मुद्दा ७.८ मिलियन डलरमा टुंग्याउने

सोनीले चाँडै प्लेस्टेशन स्टोरसम्बन्धी क्लास एक्शन मुद्दा ७.८ मिलियन डलरमा टुंग्याउने भएको छ। सान फ्रान्सिस्कोका एक संघीय न्यायाधीशले सोनीविरुद्ध दायर गरिएको सामूहिक मुद्दामा प्रस्तावित ७.८५ मिलियन डलरको समझौतामा प्रारम्भिक स्वीकृति […]

‘एमआरपी’ को परकम्प- विराटनगर भन्सारमा ४०० भन्दा बढी ट्रक अलपत्र

विराटनगर । विराटनगर स्थित रानीमा रहेको एकीकृत भन्सार जाँच चौकीमा ४०० भन्दा बढी मालवाहक ट्रक अलपत्र परेका छन् । तयारी वस्तुको आयातमा भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य एमआरपी उल्लेख हुनुपर्ने नियम लागेपछि मालवस्तु लिएर आएका […]

स्वास्थ्यमन्त्री र बेलायती राजदूतबिच शिष्टाचार भेट

स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबिचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । मन्त्री मेहताले वर्तमान सरकारले अघि […]

बालेन शाहमाथि गगनको आरोप: आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन जालझेल गर्दै हुनुहुन्छ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) माथि आफ्नो निकट व्यक्तिलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनाउन राजनीतिक चलखेल गरेको आरोप लगाएका छन्। बुधबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले प्रधानमन्त्री शाहले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत आफ्नो अनुकूल निर्णय गराउन खोजेको दाबी गरे। उनका अनुसार संसद्को अधिवेशन बोलाउने […]

शिवसताक्षीमा इकोहोम कलेजको बस दुर्घटना, चारजना घाइते

बिर्तामोड, बैशाख २३ । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढधाम नजिकै कलेजको बस दुर्घटना भएको छ । दुर्घटना आज बिहान भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान ०६ः१५ बजे शिवसताक्षी–९ चिल्लागढधाम नजिक भित्री […]

क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा

काठमाडौं-  नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ अलराउन्डर आरिफ शेखले विभागीय बढुवा प्राप्त गरेका छन् । उनी प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् । नेपाल पुलिस क्लबको कप्तानी गर्र्दै लगातार २ वटा जय ट्रफीको उपाधि जितेको, प्रो क्लब च्याम्पियनसिपमा विभागलाई उपाधि दिलाएको र विश्वकपमा समेत नेपालको प्रतिनिधित्व गर्दै राम्रो प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबले […]

नयाँ एआई मोडेलहरूमा कडा नियमन गर्ने विचार गर्दै व्हाइट हाउस

व्हाइट हाउसले नयाँ एआई मोडेलहरूमा कडा नियमन गर्ने विषयमा विचार गरिरहेको छ। व्हाइट हाउसले एआई विकासको निगरानी गर्न नयाँ कार्यसमूह गठन गर्न सक्छ। सो प्रकाशनका स्रोतहरूका अनुसार, उक्त समितिलाई एआई […]

अध्यक्ष ओली र सुदूरपश्चिमका सांसदहरूबीच गुण्डुमा छलफल

काठमाडौँ, २३ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सभाका पार्टी सांसदहरूसँग छलफल सुरु गरेका छन्। प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा पार्टीभित्र विवाद बढेपछि अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ जना सांसदलाई भक्तपुरको गुण्डुमा बोलाएर छलफल थालेका हुन्। पछिल्लो समय सुदूरपश्चिम एमालेभित्र संसदीय दलको नेतृत्व परिवर्तन गर्नुपर्ने माग उठ्दै आएको छ।...

सिजीले सार्वजनिक गर्‍यो ब्ल्याक पल्स डेकरका ८ शक्तिशाली एयर कूलर

सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक पल्स डेकरले नेपाली बजारमा ८ वटा नयाँ र शक्तिशाली एयर कूलरहरू सार्वजनिक गरेको छ । वर्षापछिको चर्को घाम र तातो हावा ‘लु’ बाट बच्न तथा घरभित्रको वातावरणलाई प्राकृतिक रूपमा शीतल र स्वस्थ राख्न कम्पनीले यी अत्याधुनिक कूलरहरू ल्याएको हो । कम्पनीले व्यक्तिगत कोठादेखि विशाल हलसम्मका लागि […]

वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले दिए राजीनामा

काठमाडौं – वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्नो राजीनामा पत्र बुझाएका हुन्। मन्त्रालयले भने उनको राजीनामा अझै स्वीकृत गरिसकेको छैन। सरकारले हालै जारी गरेको अध्यादेशअनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल) लगायतका संस्थाका पदाधिकारीहरू पदमुक्त हुने व्यवस्था भएपछि डा. शर्माले राजीनामा दिएका हुन्। अध्यादेश लागू […]