Welcome to The Blog

Updating with time

Get Started

डि इस्टर्न एमपायर कलेजद्वारा होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई भव्य विदाई

उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित डि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्टले होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई भव्य कार्यक्रमबीच विदाई गरेको छ । मोरङको सुन्दरहरैंचा–९ विराटचोकस्थित नेपालिरिका […]

घण्टीमा भोट हाल्न्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगे :दुर्गा प्रसाईँ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले घण्टीमा भोट हालन्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगिसकेको टिप्पणी गरेका छन् । भक्तपुरस्थित आफ्नै निवासमा सनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सो टिप्पणी गरेका हुन्। ‘हिजो विदेशमा रहेका दाजुभाइहरूले घरमा फेन नगरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भनेर घुर्की लगाए । आज […]

सबै सरकारी कार्यालय र शैक्षिक संस्थामा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ मनाइने : मार्गनिर्देशन जारी

काठमाडौँ, वैशाख २६ । आगामी सोमबारदेखि देशैभरका सरकारी कार्यालयहरूमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन गरिने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायका साथै शैक्षिक संस्थाहरूमा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्ने उद्देश्यले आगामी जेठ १ गतेसम्म यो अभियान सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यका...

आगामी बजेट र नीति तथा कार्यक्रमका लागि सरकारद्वारा ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालन

काठमाडौँ, वैशाख २६ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउँदै जनताका वास्तविक आवश्यकतालाई समेट्ने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुआत गरिएको हो । आगामी सोमबार सार्वजनिक हुने नीति तथा...

एसईई आइडलका फाइनलिस्ट टुंगिए, जेठ ७ मा फाइनल हुने

धनगढी: सुदूरपश्चिम प्रदेशस्तरीय गायन प्रतियोगिता ‘एरिस्टो एसईई आइडल’ को पाँचौँ संस्करणअन्तर्गत फाइनलमा पुग्ने प्रतिस्पर्धीहरूको टुंगो लागेको छ। एरिस्टो इङ्लिस बोर्डिङ स्कूलकी प्रबन्ध निर्देशक शान्ति अधिकारीले फाइनलिस्टहरूको नामावली सार्वजनिक गरेकी हुन्।प्रभात मिडिया एण्ड इभेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताका लागि २०८२ असोजदेखि सुदूरपश्चिमका विभिन्न विद्यालयहरूमा अडिसन गरिएको थियो। प्रारम्भिक चरणबाट छनोट भएका उत्कृष्ट ४० जना प्रतिस्पर्धीबीच वैशाख […]

गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई किन टिकट नदिएको ?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगनकुमार थापासँग प्रश्न गरेका छन् । कांग्रेसको जरा अभियानको क्रममा शनिबार धनगढीमा भएको सभामा सम्बोधन गर्दै उनले उनले जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएको लगायतका विषयमा प्रश्न गरे । ‘२३ र २४ गतेको शेरबहदुर […]

जोगवनी नाकामा थप कडाइ, नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य 

विराटनगर । भारतको जोगवनी हुँदै विराटनगर नाका भएर नेपाल प्रवेश गर्ने सबैले अबदेखि अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू भएको छ । सीमा सुरक्षालाई मजबुत बनाउन र अवैध गतिविधि तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यसहित सीमा क्षेत्रमा कडाइ गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले आज जोगवनी-विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै...

कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा हुनुपर्दछ- राष्ट्रपति

काठमाडौँ -राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्दछ भन्नुभएको छ । राष्ट्रपति पौडेलले कानुन दिवस २०८३ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकुल प्रभावले मानव समाज …

सुदूरपश्चिममा कांग्रेसको भेला आज, सभापति थापाले उद्घाटन गर्ने

नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गर्दैछ। पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने उक्त भेलामा केहीबेरमा सभापति गगनकुमार थापा धनगढी पुग्ने कार्यक्रम रहेको छ। भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे भने पहिले नै धनगढी पुगिसकेका छन्। विशेष महाधिवेशनपछि कांग्रेसले निवर्तमान सभापति शेरबहादुर […]

रुपाकोट नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ। नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेर उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रम सुरु गरेको हो। उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रमअन्तर्गत कफी खेतीको सम्भावना रहेका वडाहरूको पहिचान गरेर किसानलाई कफीको बिरुवा नि:शुल्क वितरण […]

रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। उनका अनुसार यो युद्धविराम मे ९ देखि ११ सम्म रहनेछ। ट्रम्पले युद्धविराम अवधिमा दुई देशबिच हजार कैदी आदानप्रदान गरिने जानकारी पनि दिएका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु( रुस र युक्रेनबिच मे ९, १० […]

न्याय सम्पादनलाई छरितो बनाउन प्रदेश प्रमुखको सुझाव

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले न्याय सम्पादनलाई छिटोछरितो बनाउनुपर्ने बताएका छन् । मुख्य न्यायाधिवक्ताको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले न्याय सम्पादनमा ढिलाइ हुँदा कतिपय अवस्थामा समस्या हुने गरेको बताएका थिए । उनले मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीको कामप्रति पनि प्रशंसा गरेका थिए । सीमित स्रोत–साधनकाबीच पनि कार्यसम्पादनमा लागिरहेको भन्दै प्रदेश प्रमुख मियाँले […]

अब एआईले च्याट हिस्ट्रीका आधारमा मानिसको व्यक्तित्व अनुमान गर्न सक्ने

कृत्रिम बुद्धिमत्ताले प्रयोगकर्ताको च्याट इतिहासका आधारमा उसको व्यक्तित्व अनुमान गर्न सक्ने नयाँ अध्ययनले देखाएको छ। ETH Zurich का अनुसन्धानकर्ताहरूले अमेरिका र बेलायतका ६६८ जना ChatGPT प्रयोगकर्तालाई आफ्नो च्याट इतिहासको प्रतिलिपि […]

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच एआई र साइबर सुरक्षा शिक्षासम्बन्धी सम्झौता

नेपालको शैक्षिक क्षेत्र र सूचना प्रविधि उद्योगबीचको दुरी कम गर्ने उद्देश्यका साथ टेकपाइला इनोभेसन प्रा. लि. र कान्तिपुर सिटी कलेजबीच एउटा महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस साझेदारीले विद्यार्थीहरूलाई […]

अमेजनको वेब सर्भिसेजको नर्थ भर्जिनियाको डाटा सेन्टरमा ‘क्लाउड आउटेज’

अमेजनको वेब सर्भिसेज-एडब्लूएसले बिहीबार उत्तरी भर्जिनियास्थित आफ्नो एउटा डाटा सेन्टर क्षेत्रमा समस्या आएको जनाएको छ। त्यसैबीच डेरिभेटिभ बजार सीएमई ग्रुप र क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनबेसले पनि आफ्ना ट्रेडिङ प्लेटफर्ममा समस्या देखिएको […]

भोलीदेखि सुरुङ्गामा पालिका स्तरीय फुटबल हुदै

झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा भोली शनिवारदेखि कनकाई कप फुटबल प्रतियोगिताको आठौ संकरण हुने भएको छ ।प्रतियोगिताको तयारीको वारेमा सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक कनकाई खेलकुद प्रतिष्ठानले जानकारी गराएको […]

अभ्यास खेलमा नेपाल ‘ए’ को दोस्रो जित 

काठमाडौँ २५ वैशाख। नेपाल ‘ए’ ले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा अमेरिका नेपाल ‘ए’ सँग ३ विकेटले पराजित भयो । पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ ले बिहीबार स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको थियो । नेपाल ‘ए’ को यो लगातार दोस्रो जित हो । अमेरिकाले दिएको […]

काठमाडौँको वडा १७ मा एआईमा आधारित कल सेन्टर

काठमाडौँ, वैशाख २५ ।  काठमाडौँको ऐतिहासिक गल्लीहरू, जहाँ एकातिर प्राचीन सभ्यताका मन्दिरहरू छन्, त्यहीँ अर्कोतिर आधुनिक प्रविधिको एउटा नयाँ युगको सुरुवात भएको छ। यो कथा कुनै विकसित देशको होइन, हाम्रै काठमाडौँ महानगरपालिका वडा नं. १७ को हो । जब प्रविधिले बोल्छ… कल्पना गर्नुहोस्, तपाईँलाई नागरिकता बनाउन के-के कागजात चाहिन्छ भन्ने अन्योल छ । तपाईँले ट्राफिक...

सिरहा र विराटनगर नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

विराटनगर / नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सिरहा हव र विराटनगर हव विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा विजयी हुँदै लिगको शिर्ष दुई हुँदै सिरहा हव र विराटनगर हव फाइनलमा प्रवेश गरेको…

सहकारी क्षेत्रको बेथिति सुधार गर्न प्राधिकरण सक्रिय : डा. शाही

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक डा. पुष्पराज शाहीले सहकारी क्षेत्रमा लामो समयदेखि कायम कानुनी कमजोरी र अव्यवस्थित कार्यशैलीका कारण देखिएको समस्या समाधान गर्न प्राधिकरणले काम गरिरहेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजना गरेको ‘सहकारी अध्यादेश र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पछिल्ला ३५–४० वर्षदेखि बनेका अभ्यास र […]

आज साँझ ६ देखि ९ बजेसम्म स्वास्थ्य बीमाको सूचना प्रणाली बन्द हुने

काठमाडौँ, २५ वैशाख २०८३ । बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने भएको छ । शुक्रबार स्वास्थ्य बीमा बोर्डले एक सूचना जारी गर्दै आज (शुक्रबार) साँझ ६ बजेदेखि राति ९ बजेसम्म सूचना प्रणालीको सेवा अवरुद्ध हुने जानकारी दिएको हो । स्वास्थ्य बीमा बोर्डको एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) मा सञ्चालनमा रहेको सर्भरलाई...

‘एमभी होन्डियस’ क्रुज जहाजमा हन्ताभाइरस फैलियो, १२ देशलाई चेतावनी

२५ वैशाख २०८३ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘एमभी होन्डियस’ नामक क्रुज जहाजसँग सम्बन्धित हन्ताभाइरसका हालसम्म आठवटा केस फेला परेको जनाएको छ । तीमध्ये पाँचजनामा संक्रमण पुष्टि भएको छ । तीनजनालाई शंकास्पद बिरामीका रूपमा राखिएको छ । हन्ताभाइरस सुरुमा सामान्य फ्लुजस्तो देखिए पनि बिरामीको अवस्था अचानक गम्भीर बन्न सक्ने चिकित्सकहरूले बताएका छन् ।...

एन्ड्रोइड ६.० भन्दा पुराना मोबाइलमा ह्वाट्सएप नचल्ने

मेसेजिङ एप ह्वाट्सएपले आगामी वर्षदेखि पुराना स्मार्टफोनहरूमा आफ्नो सेवा बन्द गर्ने भएको छ । मेटाले सञ्चालन गर्ने उक्त प्लेटफर्मले प्रणाली अपडेट गर्ने क्रममा पुराना एन्ड्रोइड उपकरणहरूलाई सपोर्ट नदिने जनाएको हो । समाचारअनुसार सन् २०२६ को सेप्टेम्बर ८ पछि एन्ड्रोइड ६.० भन्दा पुरानो अपरेटिङ सिस्टम भएका फोनहरूमा ह्वाट्सएप सञ्चालन नहुनेछ । विशेषगरी एन्ड्रोइड ५.० […]

नेपाल बैंक र बि एण्ड बि हस्पिटलबीच सम्झौता

नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई ललितपुर ग्वार्कोमा रहेको बि एण्ड बि हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई […]

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । यस अवसरमा जारी सन्देशमा जटिल र विभाजित बन्दै गएको विश्वमा रेडक्रस तथा रेड क्रिसेन्टका स्वयंसेवक र कर्मचारीले बाहिरी व्यक्तिका रूपमा नभई समुदायकै सदस्यका रूपमा सहानुभूति, आशा, सम्मान र सहयोग प्रदान गर्दै आएको उल्लेख […]