Welcome to The Blog

Updating with time

Get Started

यी एन्ड्रोइड फोनहरूले चाँडै नै क्विक सेयरमा एयरड्रप समर्थन प्राप्त गर्दै

एन्ड्रोइड डिभाइसहरूबाट आईफोनहरूमा सिधै फाइलहरू सेयर गर्ने क्षमता बिस्तारै धेरै स्मार्टफोनहरूमा विस्तार हुँदैछ। एन्ड्रोइड शोः आई/ओ इडिशनको क्रममा गुगलले क्विक सेयरको एयरड्रप इन्टरअपरेबिलिटी चाँडै नै वानप्लस, ओप्पो र अनरका डिभाइसहरूमा […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

झापा, ४ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । आज पर्साको वीरगञ्जस्थित दियालो होटलबाट प्रसाईं पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन । प्रसाईंसँग केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताएका छन् [...]

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले सदस्यता

काठमाडौं l पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय नेकपा एमाले सचिवालयले गरेको छ। सोमबार अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्। भण्डारीको सदस्यता यसअघि रोकिएको विषय एमालेभित्र चर्चा र विवादको विषय बनेको थियो। पछिल्लो समय उनी पार्टीका विभिन्न कार्यक्रमहरूमा पनि सक्रिय रूपमा […]

डिजिटल स्कुल ‘पहिलो पाइला’ एप सञ्चालनमा

विश्वभर छरिएर रहेका नेपाली बालबालिकाहरुलाई  लक्षित गरी सहज र आधुनिक तरिकाले मौलिक नेपाली भाषामा अभ्यस्त बनाउने उद्देश्यसहित विश्वस्तरीय पाठ्यक्रमसहितको डिजिटल स्कुल ‘पहिलो पाइला’ एप सञ्चालनमा आएको छ। हालै एक कार्यक्रमबीच […]

देश वृद्धाश्रम बन्दैछ, युवा फर्काउने कुनै ठोस आर्थिक प्याकेज आएन : दङ्गाल

काठमाडौं। नेकपा (एमाले) का राष्ट्रिय सभामा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गाल ले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले देशका मुख्य आर्थिक चुनौती समाधान गर्न नसकेको टिप्पणी गरेका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पुँजीगत खर्च प्रणालीलाई प्रभावकारी बनाउने स्पष्ट कार्ययोजना नआएको भन्दै सरकारको तयारीमाथि प्रश्न उठाए। उनका अनुसार हरेक वर्ष असार महिनामा […]

नेदरल्यान्ड्स भ्रमणमा मोदीले गरे सेमिकन्डक्टर चिप्स सम्झौता

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेदरल्यान्ड्स भ्रमणलाई विशेष रूपमा महत्त्वपूर्ण बनाउने कुरा कूटनीतिक संलग्नताको प्रतीक मात्र थिएन । त्यो भारतको प्राविधिक महत्त्वाकांक्षा र सेमिकन्डक्टर इकोसिस्टममा डच प्रभुत्व बीचको बढ्दो मेल थियो । यो भ्रमण यस्तो समयमा भएको हो जब सेमिकन्डक्टर शक्ति वा सामर्थ्यको नयाँ भूराजनीतिक मुद्रा बनेको छ जसले आर्थिक प्रतिस्पर्धा, सैन्य क्षमता, एआई […]

विराटनगरको एभरेष्ट कलेजमा विद्यार्थीको आकर्षण, ६ सयले दिए प्रवेश परीक्षा

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट कलेजमा कक्षा ११ मा भर्ना हुनका लागि करिब ६ सय जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । एसईई उत्तिर्ण विद्यार्थीहरूले आज बिहान ११ बजेदेखि परीक्षा दिएका हुन् । कलेजका भाइस प्रिन्सिपल टीएन भण्डारीका अनुसार ५ सय ७६ जना विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका छन् । प्रवेश परीक्षा ११ मा विज्ञान...

आजबाट समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।  समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता […]

नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आह्वान

नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ । संवैधानिक परिषद्‍बाट प्रधानन्यायाधीशमा सिफारिस गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई सिफारिस गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाललगायतले सर्वोच्चमा रिट पेस गरेका थिए। उक्त रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपिठ गरिएको थियो । दरपिठविरुद्ध दिएका निवेदन होल्ड गरेर राखिएपछि […]

जेनजी आन्दोलनमा क्षति पुगेका संरचना २ वर्षभित्र पुनःनिर्माण गर्ने सरकारको लक्ष्य

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयले आगामी योजनाबारे जानकारी गराएका हुन् । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले मन्त्रालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ गरी तीन...

प्रविधिका बारेमा टिप्पणी गरेपछि गुगलका पूर्व सीईओलाई विद्यार्थीहरूले विरोध गरे, के भनेका थिए ?

एजेन्सी । बिजनेस इनसाइडरको रिपोर्ट अनुसार, गुगलका पूर्व सीईओ एरिक स्मिटले भर्खरै अमेरिकाको एरिजोना विश्वविद्यालयको दीक्षान्त समारोहमा स्नातक विद्यार्थीहरूलाई आधुनिक प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सले सिर्जना गरेको लथालिंग अवस्थाबारे चेतावनी दिएपछि विरोधको सामना गर्नुपरेको छ । अन्य वक्ताहरूले विद्यार्थीहरूलाई दिएको सम्बोधनका लागि ताली पाए पनि प्रविधि र एआईका नचाहिँदो परिणामहरूबारे स्मिटको टिप्पणीले मानिसहरूको भावनामा चोट पुर्यायो […]

सरकारलाई संसदप्रति अझ बढी जवाफदेही हुनैपर्ने व्यवस्था गरौँः युवराज दुलाल

काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले उक्त आग्रह गर्नुभएको हो । प्रमुख सचेतक दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रुपमा स्थापित हुने गरी नियमावलीमा […]

आईसीसी विश्वकप लिग- २: सन्दीप र ललितको उत्कृष्ट बलिङमा १९४ रनमा समेटियो स्कटल्याण्ड

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डलाई १९५ रनको लक्ष्य दिएको छ। सोमबार कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डलाई नेपालले १९५ रनको लक्ष्य दिएको हो। स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो। स्कटल्यान्डका लागि ब्रान्डोन म्याक मुलेनले सर्वाधिक ७३ रनको योगदान दिए। ४४ बलमा ६ चौका र ६ छक्का प्रहार […]

पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले विरोध गरेको छ । सभामुखको अगाडि विपक्षी दल श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको हो । बैठकको कारबाही सुरु भएलगत्तै वेलमा पुगेर श्रम संस्कृतिका सांसदले सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चा देखाएका हुन् । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान...

सन्दीप लामिछानेको नाममा नयाँ विश्व रेकर्ड

भक्तपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको नाममा नयाँ विश्व रेकर्ड बनेको छ । लामिछानेको नाममा सोमबार एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्व रेकर्ड बनेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी स्कटल्यान्डविरुद्धको खेलमा विकेट लिँदै लामिछाने सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका हुन् । लामिछानेले ७३ खेलमा १५० विकेट…

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन खुला

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदपूर्तिका लागि सरकारले आवेदन खुला गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का लागि उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको जनाएको हो। मन्त्रालयका अनुसार ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवार छनोट गर्न आवेदन आह्वान गरेको हो। इच्छुक तथा आवश्यक योग्यता पुगेका व्यक्तिले मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत उपलब्ध अनलाइन प्रणाली प्रयोग गरी १० दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

एप्पलले इन्टेलमा आईफोन चिपसेट उत्पादनको परीक्षण गर्दैः कुओ

एप्पलले टीएसएमसीबाट आफ्नो चिप उत्पादनलाई विविधीकरण गर्न खोजिरहेको र कम्पनीले त्यसमा इन्टेल र सामसङलाई सम्भावित साझेदारको रूपमा समावेश गरिरहेको दाबी गर्ने एउटा रिपोर्ट यो महिनाको सुरुमा देखा परेको थियो। प्रख्यात […]

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

आज जेठ ४ गते सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेदेखि सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा बस्नेछ। बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। त्यसैगरी आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ गरिने सम्भावित कार्यसूची रहेको प्रतिनिधि सभाका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्।

सुनकोशीको बेलिब्रिज झिकेएपछि स्थानीयलाई आवतजावतमा समस्यामा

खोटाङ- सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको हो । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन् । फोक्सिङटार र …

एमालेको सचिवालय बैठक आजः नेताहरुको कार्यविभाजन मुख्य एजेण्डा

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउसो १ बजे बैठक बस्ज लागेको कार्यलय सचिव डाक्टर भिष्म अधिकारीले जानकारी दिनुभयो ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९: ३० बजे सुरू हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ […]

चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित

काठमाडौँ, ५ जेठ। नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो । महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित विजयी भएकी छन् । यस्तै […]

टेक्ससमा भिडियो स्ट्रिमिङ सेवा नेटफ्लिक्सविरुद्ध मुद्दा दायर

टेक्ससमा भिडियो स्ट्रिमिङ सेवा नेटफ्लिक्सविरुद्ध मुद्दा दायर गरिएको छ। मुद्दामा कम्पनीले बालबालिका र वयस्क प्रयोगकर्ताबाट उनीहरूको सहमतिबिना डाटा संकलन गरेको तथा प्रयोगकर्तालाई प्लेटफर्ममा बाँधेर राख्न ‘लत लाग्ने’ डिजाइन प्रयोग गरेको […]

विद्यार्थीलाई लक्षित गर्दै नियो स्टोरको “ब्याक टु स्कुल” अफर

नियोस्टोरले विद्यार्थीलाई लक्षित गर्दै “ब्याक टु स्कुल” अफर सञ्चालनमा ल्याएको छ। विद्यार्थीहरुको आवश्यकतालाई ध्यानमा राख्दै नियोस्टोरले विद्यार्थीलाई लक्षित गर्दै “ब्याक टु स्कुल” नामक अफर सञ्चालनमा ल्याएको हो। कम्पनीका अनुसार यस अफर […]

बागमती प्रदेशस्तरीय स्टार्टअप र नवप्रर्वतन उद्यमी विकास सम्मेलन सम्पन्न

भक्तपुर। भक्तपुरमा बागमती प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ सम्पन्न भएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्यमा आज भक्तपुरमा सम्पन्न सम्मेलनमा युवा उद्यमीले उद्योगको विकास र रोजगारीको अवसर सृजना गर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन् । सम्मेलनको […]