Welcome to The Blog

Updating with time

Get Started

अध्ययन भिसा प्रकरणमा कर्मचारीमाथि छानबिन गर्न समिति गठन

काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा पेस गरिएका नक्कली कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार सहसचिव चन्द्रकान्त भुसाल को संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्। मन्त्रालयका अनुसार समितिलाई घटनासँग […]

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य तीन निर्णय सार्वजनिक गरिएका छन् । मुख्य तीन निर्णयमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वको कार्यदलको म्याद एक महिना थप गर्ने सरकारले निर्णय गरेको हो । यस्तै अर्को मुख्य निर्णयमा सरकारी तथा […]

ग्लोबल आइएमई बैंकको सञ्चालकमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन्। बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच सञ्चालक समितिमा आजै स्वागतसमेत गरेका छन्। नवनियुक्त सञ्चालक भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन र विकास […]

संविधान संशोधन बहसपत्र कार्यदलको म्याद असार मसान्तसम्म थप

२९ जेठ २०८३ । सरकारले संविधान संशोधन बहसपत्र तयार कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको...

इनर्जी ड्रिंक : ऊर्जा मात्र होइन, आधुनिक जीवनशैलीको साथी

आजको आधुनिक जीवनशैली मा मानिसहरूको दैनिक कार्यतालिका पहिलेभन्दा निकै व्यस्त भएको पाइन्छ । कार्यालय, व्यवसाय, अध्ययन, खेलकुद तथा डिजिटल जीवनशैलीले धेरै व्यक्तिलाई लामो समय सक्रिय रहनुपर्ने बाध्यता हुँदा उनीहरु थकित मुद्रामा देखिन्छ । इनर्जी ड्रिंक उद्योगले मानिसहरुलाई जोस,जाँगर र उत्साह जगाउन “ऊर्जा दिने”, “थकान कम गर्ने” तथा “एकाग्रता बढाउने” पेय बजारमा ल्याएको पाइन्छ। […]

परराष्ट्रमन्त्री खनाल अर्को साता चीन भ्रमणमा जाने

परराष्ट्रमन्त्री शिशिर खनाल चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा अर्को साता चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर यसको जानकारी दिएको हो । भ्रमण जेठ ३१ देखि असार ३ सम्म हुनेछ ।परराष्ट्रमन्त्रीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा नेपाल–चीन […]

नेपाली बजारमा बेलायती ब्राण्ड ‘गुडम्यान्स’का सामान बिक्री सुरू

चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले बेलायती चर्चित ब्राण्ड ‘गुडम्यान्स’ नेपाली बजारमा भित्र्याएको छ । सन् १९२३ देखि अडियो तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यो ब्राण्ड अब नेपाली उपभोक्ताका लागि आधिकारिक रूपमा उपलब्ध भएको हो । विगत एक शताब्दीदेखि विश्व बजारमा आफ्नो पकड जमाएको गुडम्यान्सले सुरुवाती दिनमा अडियो स्पिकरबाट उत्पादन सुरु […]

च्याटजीपीटीका मासिक प्रयोगकर्ता १ अर्ब पुगे

एजेन्सी । कलेजका स्नातकहरूले दीक्षान्त भाषणहरूमा कृत्रिम बुद्धिमत्ता (एआई) को चर्चा हुँदा खिसी गरिरहेको र पोपदेखि प्रविधि क्षेत्रको दिग्गज कम्पनी एन्थ्रोपिक जस्ता भिन्न आवाजहरूले अनियन्त्रित एआई विकासका जोखिमहरूका बारेमा चेतावनी दिइरहेको अवस्थामा यस प्रविधिप्रतिको जनभावना यसको सुरुवाती उत्साहको तुलनामा निकै गम्भीर र सचेत बनेको छ । तर, बढ्दो सार्वजनिक विरोधका बावजुद पनि विश्वव्यापी एआई प्रयोग […]

नेपाल बैंकको वेबसाइट अब ‘अपाङ्गतामैत्री’

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले समावेशी र पहुँचयोग्य बैंकिङ सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो आधिकारिक वेबसाइटलाई ‘अपाङ्गतामैत्री’ बनाएको छ । बैंकले दृष्टिविहीन तथा अन्य विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल बैंकिङ सेवामा समान पहुँच सुनिश्चित गर्न यो नयाँ व्यवस्था गरेको हो । बैंकद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, नयाँ परिवर्तित वेबसाइटमा दृष्टिविहीन व्यक्तिहरूका...

भुजुङ्ग हाईड्रोपावरको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सम्पन्न भएको हो । उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंक प्रसाद सुवेदी तथा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित भएका छन् भने साधारण सभाले स्वतन्त्र संचालकमा रीता गौतमलाई मनोनयन गरेको छ । साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको थियो ।

स्पेसएक्सको आईपीओले इलन मस्कलाई बनायो विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिको मालिक

स्पेसएक्सको आईपीओले इलन मस्कलाई विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिका मालिक बनाएको छ। महत्त्वाकांक्षी उद्यमी इलन मस्क व्यवसायिक जगतका त्यस्ता व्यक्तिमध्ये एक हुन्, जसले इन्टरनेट संस्कृतिमा केन्द्रीय स्थान बनाएका छन् र […]

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयले लखेटे

  पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूभागतर्फ गस्तीमा आएपछि स्थानीयले लखेटेका छन्। स्थानीयका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर हतियारसहित भारतीय सुरक्षाकर्मी नेपालतर्फ प्रवेश गरेका थिए। उनीहरू नेपाली क्षेत्रमा आएपछि स्थानीयले कारण सोध्दै रोक्न खोजेका थिए। तर अटेरी गरेपछि स्थानीय बासिन्दा एकजुट भएर प्रतिकारमा उत्रिएका थिए। स्थानीयको विरोध र प्रतिकारपछि भारतीय सुरक्षाकर्मी फर्किन बाध्य भएको बताइएको छ। घटनाका क्रममा केही समय सीमा क्षेत्रमा तनावपूर्ण अवस्था बनेको थियो। यसअघि पनि भारतीय सुरक्षाकर्मीले उक्त क्षेत्रमा निर्माणाधीन तटबन्धको काममा अवरोध गरेको स्थानीयको दाबी छ। केही दिनअघि भारतीय पक्षले तटबन्ध निर्माण रोक्न दबाब दिएको र तटबन्धको १३२ मिटर क्षेत्रमा निर्माण कार्य नगर्न आग्रह गरेको स्थानीयले बताएका छन्।

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु

कालीकोट। कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ हो । यस परियोजनाको कार्यान्वयन सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिने जानकारी दिइएको छ । शिलान्यास […]

संखुवासभा केन्द्रबिन्दु भइ मध्यरातमा भूकम्पको धक्का महसुस

काठमाडौं – संखुवासभालाई केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः३१ बजे संखुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का संखुवासभासहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ। यद्यपि, भूकम्पबाट भएको सम्भावित क्षति वा मानवीय असरबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन। […]

गृहमन्त्री पुनर्नियुक्तिपछि मन्त्रिपरिषद्काे पहिलो बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। नियमित रूपमा आयोजना हुने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। गृहमन्त्रीका रूपमा सुधन गुरुङ पुनः नियुक्त भएपछि बस्न लागेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो। मन्त्रिमण्डल पुनर्गठनसँगै महावीर पुन विज्ञान, […]

कुमारी बैंकद्वारा नेपालको पहिलो रियल टाइम ईपीआर एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

  कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङ्गलाई नयाँ उचाइमा पु-याउने उद्देश्यले IMS Software Pvt. Ltd. सँगको सहकार्यमा नेपालको पहिलो Real time एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म  सार्वजनिक गरेको छ । बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस नवीन पहलमार्फत IMS को ERP Software मार्फत बिनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा […]

डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन

काठमाडौँ। हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भएको छ । ‘अर्थोपेडिक’ उपचार, ‘ट्रमा’ व्यवस्थापक र हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको उपस्थितिमा बिहीबार गठन भएको ट्रमा सोसाइटीको संरक्षकमा वरिष्ठ चिकित्सक प्रा डा रमेशप्रसाद सिंह हुनुहुन्छ । नवगठित सो सोसाइटीको वरिष्ठ उपाध्यक्ष डा शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, उपाध्यक्ष डा हेमन्तकुमार गुप्ता, महासचिव डा विजयन्द्र […]

टेलिग्रामले एप्पल वाचको लागि नेटिभ एप घोषणा गर्यो

टेलिग्रामले एप्पल वाचको लागि पूर्ण रूपमा नयाँ नेटिभ एप प्रस्तुत गरेको छ। मेसेजिङ प्लेटफर्मले आफ्नो मूल वाचओएस एप बन्द गरेको वर्षौंपछि यो रिलीज आएको र प्लेटफर्ममा समर्पित स्मार्टवाच समर्थन फिर्ता […]

चलचित्र ‘पारस’को कलाकारहरुको फेस टेष्ट

काठमाडौंबिहिबार कलाकारहरुको फेस टेष्ट गरेको छ। बालाजु ल्याबमा कलाकारहरुको पात्र अनुसार लुक्स हेरिएको हो। कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको हो ।एक्सन निर्देशकको छवि बनाएकी कृषाले चलचित्रको अधिकांश पूर्वतयारीको काम सकिएकाले छायांकनमा जान लागिएको बताइन्। उनका अनुसार चलचित्रको छायांकन असार १५ गतेदेखि काठमाडौं आसपासका क्षेत्रमा गरिनेछ। सोहीको तयारीका साथ […]

रास्वपा बागमतीको अधिवेशनः निर्वाचनको नयाँ मिति तोकियो, मतदान काठमाडौँमा हुने

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघि स्थगित भएको बागमती प्रदेशको निर्वाचनको मिति तय गरेको छ । केन्द्रीय निर्वाचन आयोगले बिहीबार जरुरी सूचना जारी गर्दै निर्वाचन जेठ ३० गते काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट दरबार शंखपार्कमा हुने जनाएको हो । हेटौँडामा विवाद भएपछि रास्वपाले बागमतीको निर्वाचन काठमाडौँमा गर्ने भएको छ । विद्युतीय मेसिनबाट मतदान निर्वाचनका लागि…

‘राइड सेयरिङ’ व्यवसायका लागि कानुन बन्दै, व्यावहारिक बनाउन सुझाव

पछिल्लो एक दशकयता ‘राइड सेयरिङ’ व्यवसाय नेपालमा रोजगारी र उद्यमशीलताको महत्वपूर्ण माध्यम बनेको छ । डिजिटल प्रविधिमा आधारित यस सेवाले लाखौँ युवाको आम्दानीको माध्यम बन्नुका साथै सर्वसाधारणलाई सहज, सुलभ र छिटो यातायात सेवा दिँदै आएको छ । राइड सेयरिङ कम्पनीको उदय र विस्तारले ‘गिग’ अर्थतन्त्रको नयाँ आयाम सिर्जना गरेको छ भने लगानी, नवप्रवर्तन

फिफा विश्वकप २०२६ : हर्क र कमल थापाको रोजाइ रोनाल्डो, महरको समर्थन ब्राजिललाई

फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि आफ्नो रुचि र समर्थनबारे धारणा व्यक्त गरेका छन् । बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका समर्थक रहेको बताए । उनले भने, ‘जसले जिते पनि...

कम्पनीहरुका लागि महँगो साबित हुँदै एआई, मानिसमा भन्दा धेरै खर्च

विश्वका ठूला प्राविधिक कम्पनीहरुमा हाल ठूलो परिवर्तन भइरहेको छ। कम्पनीहरुले कृत्रिम बुद्धिमत्ता (एआई)मा धेरै खर्च गरिरहेका बेला कर्मचारीको पलायन पनि द्रुत गतिमा बढिरहेको छ। हालैका प्रतिवेदनहरुअनुसार धेरै कम्पनीहरुले अब प्रतिकर्मचारी एआईमा प्रतिमहिना ६ लाख ४० हजार डलरम्म खर्च गरिरहेका छन्। यसमा एआई उपकरण, क्लाउड सेवा, डाटा प्रशोधन र कम्प्युटिङ पावरको लागत समावेश छ। […]

पाख्रीबासमा प्राध्यापकलाई तथ्याङ्कीय अनुसन्धान तथा विश्लेषण तालिम

धनकुटा । तथ्याङ्कीय अनुसन्धान क्षमता तथा विश्लेषणलाई सहज बनाउन धनकुटाको पाख्रीबासमा पाँचदिने ‘तथ्याङ्कीय विश्लेषण तथा जर्नल लेखन’ तालिम सम्पन्न भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेज (सीएनआरएम) पाख्रीबासले आयोजना गरेको कार्यक्रममा पाँच विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राविधिकको सहभागिता थियो । विश्वविद्यालय अनुदान आयोग (यूजीसी), सानोठिमी भक्तपुरको आर्थिक सहयोगमा तालिम...

बर्दियामा नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी, दम्पती पक्राउ

२८ जेठ २०८३ । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको त खुलेकै थियो । तर बर्दियामा एक दम्पतीले सरकारी कार्यालय नै नक्कली खडा गरी ठगेको पनि पाइएको छ । ठगी कार्यमा संलग्न श्रीमान्–श्रीमतीलाई नै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी...