नेटफ्लिक्स र डिज्नीलाई पछ्याउँदै प्राइम भिडियोले आफ्नो एपमा थप्यो टिकटक जस्तो ‘क्लिप्स’ फिड
अमेजनले प्राइम भिडियो एपमा “क्लिप्स” नामक छोटो रूपको भिडियो फिड थपिरहेको कम्पनीले गत साता घोषणा गर्यो। अमेरिकामा पहिलो पटक रोल आउट हुँदैगर्दा, क्लिप्समा … राम्रोसँग, प्राइम भिडियोमा रहेका कार्यक्रमहरूको क्लिपहरू […]
नेपालमा हान्टा भाइरस सङ्क्रमणको जोखिम अत्यन्त न्यून
३० वैशाख २०८३ । नेपालमा हान्टा भाइरस सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका निर्देशक डा।अनुज भट्टचनले आन्द्रा महासागर क्षेत्रमा सञ्चालनमा रहेको एक पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण देखिए पनि नेपालमा यसको जोखिम अत्यन्त न्युन रहेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भाइरस हालसम्म दक्षिण अमेरिकी क्षेत्रमा...
प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँः काँग्रेस
नेपाली काँग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ नदिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका छन् । सांसद श्रेष्ठकाअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि प्रश्तुत गरेको नीति […]
सुकुमबासी संघद्वारा भोलि ५ घण्टा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा

अखिल नेपाल सुकुमबासी संघले देशभरका सुकुमबासीहरूको अधिकार र न्यायका लागि भोलि वैशाख ३१ गते पूर्वपश्चिम राजमार्ग ५ घण्टा ठप्प पार्ने घोषणा गरेको छ। बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले बिहान ५ बजेदेखि १० बजेसम्म राजमार्ग चक्काजाम गर्ने जानकारी दिएको हो। सुकुमबासी बस्तीहरूमा सरकारी पक्षबाट भइरहेको डोजर आतंक र उठिबासको प्रतिवाद […]
ज्ञानेन्द्र शाही भन्छन्, ‘प्रधानमन्त्रीलाई संसदमा र्याप हान्न बोलाएको होइन नि !’
काठमाडौं — राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्याप हान्न बोलाएको होइन नि,’ शाहीले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’ यसअघि तत्कालीन […]
नर्सिङ दिवसमा बीएण्डबीमा सांस्कृतिक तथा सम्मान कार्यक्रम
काठमाडौं- बीएण्डबी अस्पताल तथा बीएण्डबी मेडिकल इन्स्टिच्युटमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पताल र इन्स्टिच्युटमा कार्यरत एवं अध्ययनरत नर्सका साथै अस्पतालका अधिकारीहरु सहभागी भएका थिए । स्वास्थ्य सेवा प्रवाहको मेरुदण्डका रुपमा क्रियाशिल नर्सहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले अस्पतालले सांस्कृतिक कार्यक्रमका साथै सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा अस्पतालका नर्सहरुले विभिन्न […]
मोबाइल ‘अफ’ गरेर भाग्दै गर्दा पक्राउ परे सिइओ पाण्डे !
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना सिइओ ज्योति प्रकाश पाण्डेले बैंक नछाडेको र उनी अफिसकै काममा सक्रिय भएको भन्दै झुटो विज्ञप्ति जारी गरेकै भोलिपल्ट सीआईबीले पाण्डेलाई मोबाइल ‘अफ’ गरेर भाग्दै गर्दा पक्राउ गरेको छ । सीआईबीले विज्ञप्ति नै जारी गरेर पाण्डे मोबाइल अफ गरेर भाग्दै गर्दा पक्राउ परेको पुष्टि गरेको हो। सीआईबीले जारी गरेको
नोबेलमा १० बर्षभन्दा बढी समय काम गर्ने ४५ जना नर्सहरु सम्मानित
विराटनगर । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालले १० वर्षभन्दा बढी समय काम गर्ने नर्सहरूलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा कार्यक्रम आयोजना गरेर नोबेलमा लामो समयदेखि कार्यरत ४५ जना नर्सहरूलाई सम्मान गरिएको हो । अस्पतालको सघन उपचार कक्ष, अपरेशन थ्रिएटर, आकस्मिक कक्ष लगायत विभिन्न विभागमा कार्यरत नर्सहरू सम्मानित भएका छन् । गुणस्तरीय तथा प्रभावकारी...
टिकटकले बेलायती प्रयोगकर्ताहरूका लागि ल्यायो नयाँ विज्ञापन-रहित सदस्यता
टिकटकले बेलायतमा प्रति महिना ३.९९ पाउण्डमा नयाँ विज्ञापन-रहित सदस्यता विकल्प सुरु गर्ने घोषणा गरेको छ। आगामी महिनाहरूमा बेलायतमा १८ वर्ष भन्दा माथि उमेरका खाताहरूमा रोल आउट गर्दै, टिकटक एड-फ्री (TikTok […]
बानेश्वर र सितापाइलामा हिरोको नयाँ शोरुम सञ्चालनमा
हिरो मोटोकर्पले काठमाडौंको बानेश्वर र सीतापाईलामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ डिलरको हिरो मापदण्ड अनुसारको अत्याधुनिक दुई शोरुमको कम्पनीले मंगलबार सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रममा हिरो मोटोकर्प भारतका एशिया व्यवसाय प्रमुख, सी.जी. मोटर्स प्रा.लि. का व्यवसाय प्रमुख, मार्केटिङ प्रमुख लगायतको उपस्थिति थियो । हिरोको नयाँ शोरुम मार्पmत ग्राहकहरुले हिरोका नवीनतम् […]
आईओएस र एण्ड्रोइड प्रयोगकर्ताबीच पठाइने टेक्स्ट सन्देश पनि इण्ड-टू-इण्ड इन्क्रिप्टेड हुने
अब एप्पलको आईओएस र गुगलको एण्ड्रोइड प्रयोगकर्ताबीच पठाइने टेक्स्ट सन्देश पनि इण्ड-टू-इण्ड इन्क्रिप्टेड हुने भएका छन्। सोमबारदेखि सबैभन्दा नयाँ सफ्टवेयर प्रयोग गरिरहेका आईफोन र एण्ड्रोइड प्रयोगकर्ताबीचका सन्देशमा बिटा संस्करणमार्फत इण्ड-टू-इण्ड […]
नेपालको पहिलो सुपर वालेट सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि
आइएमई खल्ती लिमिटेडले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सुपर वालेट सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्ताहरूलाई […]
फोटोन नेपालद्वारा काठमाडौंमा कस्टमर मिट एण्ड ग्रिट आयोजना
एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले गत वैशाख २५ गते ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा कस्टमर मिट एण्ड ग्रिट कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। यो कार्यक्रम काठमाडौं उपत्यकाभरिका विद्यमान ग्राहक, सम्भावित […]
विराज भट्टको चलचित्रलाई प्रकाश सपुतको चलचित्रले व्यापारमा उछिन्यो
ललितखबर नेपाली चलचित्र क्षेत्रका ‘बाघ’को उपमा पाएका विराज भट्टको चलचित्रको व्यापार कमजोर देखिएको छ । उनको अभिनय रहेको चलचित्र ‘राम नाम सत्य’भन्दा नवअभिनेता प्रकाश सपुतको अभिनय रहेको चलचित्र ‘परालको आगो’को व्यापार राम्रो देखिएको छ । चलचित्र विकाश बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गतचैत्र २७ गतेबाट प्रर्दशनमा आएको ‘राम नाम सत्य’ले वैशाख २८ गतेसम्म एक महिनामा […]
देशव्यापी युवा सञ्जाल विस्तार गर्दै मिराज ढुंगाना, युवालाई केन्द्रमा राखेर वैकल्पिक राजनीतिक अभियान तीव्र
चितवन। युवा शक्ति संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिको आधार निर्माण गर्ने उद्देश्यसहित मिराज ढुंगानाको नेतृत्वमा देशभर युवा सञ्जाल विस्तार अभियान तीव्र रूपमा अघि बढाइएको छ। युवा केन्द्रित यस राजनीतिक अभियानमार्फत देशभरका युवालाई एकीकृत गर्दै जनताका समस्या, सम्भावना र आकांक्षालाई नजिकबाट बुझ्ने तथा समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्य राखिएको अभियन्ता ढुंगानाले जानकारी दिए। अभियानका अनुसार […]
काठमाडौंमा बस र्यापिड ट्रान्जिट प्रणाली सुरु गर्ने सरकारको तयारी, प्रति किलोमिटर कति लाग्छ खर्च?
सरकारले काठमाडौंमा सार्वजनिक यातायात सुधारका लागि बस र्यापिड ट्रान्जिट (बीआरटी) प्रणाली प्रभावकारी विकल्प हुन सक्ने निष्कर्ष निकालेको छ। त्यस अनुसार यो परियोजनाको प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ। सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंमा ‘बस ऱ्यापिड ट्रान्जिट (बिआरटी)’ को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गरिने […]
‘ह्वाट्सएप प्लस’ आउँदै, प्रयोगकर्तालाई अतिरिक्त फिचर, सब्सक्रिप्सन गर्न शुल्क लाग्ने
ह्वाट्सएप अब केवल एउटा म्यासेज पठाउने एपमा मात्र सीमित रहन चाहँदैन। माउ कम्पनी मेटाले यसलाई प्रिमियम प्लेटफर्ममा रुपान्तरण गर्ने तयारी गरिरहेको छ। कम्पनीले अब ‘ह्वाट्सएप प्लस’ प्रस्तुत गर्दैछ। यो मूलतः एउटा सब्सक्रिप्सन सर्भिस हो। जसका लागि प्रयोगकर्ताहरुले शुल्क तिर्नुपर्नेछ। हाल यो सब्सक्रिप्सन योजना चयन गरिएका आईफोन प्रयोगकर्ताका लागि रोल आउट गर्न सुरु भएको […]
स्वास्थ्य मन्त्री मेहता र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धसँगै स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना दिएका थिए भने मन्त्री मेहताले नेपालका […]
‘प्रधानमन्त्रीले मर्यादापालन नगर्ने हो भने संसदकाे गरिमा रहँदैन’
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा सांसद् पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन शाहलाई मर्यादापालनमा ध्यान दिन आग्रह …
स्पेनमा मनाइयो उभौली पर्व
इटहरी : किरात राई समाज स्पेनले उभौली पर्व मनाएका छन् । स्पेनको राजधानी म्याड्रिडमा मे १० मा किरात राई समाजले किरात सम्बत-५०८६ उभौली चाडको अवसरमा साकेला नाच नाचेर मनाएका हुन् । उभौली कार्यक्रममा साकेला नाच, नेपाली मौलिक गीत-संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो । समाजका अध्यक्ष युवराज चाम्लिङ राईसहित प्रवासमा रहेका किरात राई समुदायका व्यक्तित्वहरूले […]
अभिभावक बन्नुपर्ने सरकार यमदूतको जस्तो रूप देखाइरहेको छ : सांसद् आङदेम्बे
विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता तथा सांसद् भीष्मराज आङदेम्बेले जनताको अभिभावक बन्नुपर्ने सरकार यमदूतजस्तो बनको आरोप लगाएका छन्। …
अब सरकारी वेबसाइट स्क्रिन रिडरले पनि पढ्न सक्ने
नेपालका ३०० भन्दा बढी वेबसाइटहरू प्राविधिक रूपमा अपाङ्गतामैत्री बनेसँगै, वेबसाइटमा राखिने सामग्रीहरूलाई समेत पहुँचयोग्य बनाउने उद्देश्यले सरकारी सूचना अधिकारीहरूका लागि दोस्रो चरणको “डिजिटल एक्सेसिबिलिटी” कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ। ओपन […]
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिकासमेत हेर्न पाउने
सोमबार राति सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा चित्त नबुझे परीक्षार्थीले पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउनेसमेत व्यवस्था गरिएको जनाएको छ। पुनर्योग गर्न चाहने परीक्षार्थीले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ । […]
पसल पसल पुगेर व्यवसाय दर्ता र नविकरण गराउँदै मेचीनगर
मेचीनगर । मेचीनगर नगरपालिकाले पसल पसल पुगेर व्यवसाय दर्ता अभियान सुरू गरेको छ । सोमबार काँकरभिट्टास्थित सब्जी बजारमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सो अभियानको सुरूवात गरेका हुन् । उनले स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर आफ्नो व्यवसाय […]
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
म्याग्दी, २९ वैशाख। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ […]