Welcome to The Blog

Updating with time

Get Started

एसइईको नतिजा: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको (२०८२ सालको) माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सोमबार राति ९ः१५ बजे सार्वजनिक गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने समयसीमा दिएपछि बोर्डले तीव्रगतिमा तयारी गरी परीक्षा सम्पन्न भएको २९ दिनमा नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार राति ९ः१५ बजे आयोजित […]

एसईईको नतिजा प्रकाशनमा स्प्यारोको डेढ दशकदेखिको सहकार्यमा निरन्तरता

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२-८३ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा छोटो समयमै सार्वजनिक गर्ने तयारी गरिरहँदा स्प्यारो एसएमएस (जानकी टेक्नोलोजी प्रा. लि.) ले यस वर्ष पनि विद्यार्थीहरूको मोबाइलमै […]

लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

लुम्बिनी प्रदेशको बुटवलमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न भएको छ। डिजी स्कुल ग्लोबलको आयोजनामा तथा टेकपाइला इनोभेसनको सहकार्यमा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा प्रविधिमैत्री शैक्षिक संस्थाहरूलाई सम्मान गरिएको थियो। […]

श्रम संसार ‘एप’मा जोडिन निर्देशन

वैदेशिक रोजगार विभागले कामदार पठाउने इजाजत प्राप्त संस्थाहरुलाई श्रम संसार एपमा जोडिन निर्देशन दिएको छ। विभागले एक सूचना जारी गरी सो निर्देशन दिएको हो। यही वैशाख २५ गते सूचना जारी […]

चलचित्र ‘मितज्यू’मा दयाहाङ, सौगात र तेरियाबीच आपसी लडाँइ

  आज चलचित्र ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा औपचारिक कार्यक्रम गरेर निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। चलचित्र ‘मितज्यू’मा दयाहाङ, सौगात र तेरियाबीच द्वन्द्व आपसी लडाँइ देखिन्छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा मुख्य पात्र दयाहाङ राई र सौगात मल्लले मितेरी साइनो लगाएका छन्। उनीहरु गाउँमा आएको नयाँ बाटोका […]

नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्य बनाइने

सरकारले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकन तथा सिर्जनात्मक गन्तव्यका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति Ram Chandra Paudel ले मुलुकको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गरिने बताएका हुन् । नीति तथा कार्यक्रममा चलचित्र, वृत्तचित्र, फोटोग्राफी तथा डिजिटल सामग्री उत्पादनलाई उद्योगका …

एसईईको पूरक परीक्षा आगामी असारमा हुने

२८ वैशाख २०८३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असारमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नजिता सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते सोमबारदेखि हुने जनाएको छ । परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा...

ओलीलाई विद्याको सुझाव : कार्यकर्तामा निराशा बढ्दै गएको छ, अलमलमा धेरै बस्नु हुँदैन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक सम्वाद गर्नु भएको छ । हिजो दिउँसो १ बजे गुन्डु पुगेकी भण्डारीले दुई घण्टा बढी सम्वाद गर्नु भएको छ । स्रोतका अनुसार […]

प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ । आजको बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरु आ आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरे । तत्पश्चात् नेपाली कांग्रेस, नेकपा (एमाले) र श्रम संस्कृति पार्टीका सांसदहरुले आसन ग्रहण गरेपछि बैठक सुचारु […]

अफगानिस्तान महिलाहरुका लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरुमध्ये पहिलो स्थानमा

झापा । विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ । वल्ड पपुलेसन रिभ्यूले सार्वजनिक गरेको ‘महिला शान्ति तथा सुरक्षा सूचकाङ्क–२०२६’ अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाको अवस्था झन् कमजोर बनेको उल्लेख […]

अनलाइनमार्फत नयाँ प्रिपेड ई–सिम लिन सकिने

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ । यस अनुसार अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हुने छैन । नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले भकष्m।लतअ।लभत।लउ लगइन गरी त्यहाँ रहेको न्भत ल्भध एचभउबष्म भक्क्ष्ः मा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर […]

‘मन बिनाको धन २’ बन्ने, पूजा शर्मा अनुबन्धित

२०८२ सालको हिट फिल्म ‘मन बिनाको धन’को दोस्रो श्रृंखला बन्ने भएको छ। अघिल्लो वर्ष घरेलु बक्स अफिसमा ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको फिल्मको सिक्वेल ‘मन बिनाको धन २’ निर्माण हुन लागेको हो। फिल्मका लागि निर्माण टिमले कलाकार अनुबन्धन प्रक्रिया सुरु गरिसकेको छ। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मलाई टंक बुढाथोकीले नै निर्देशन …

‘परान’पछि काकुको नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ शुभमुहूर्त

काठमाडौं। गत वर्ष बक्स अफिसमा उच्च कमाइ गर्दै रेकर्ड बनाएको परान पछि निर्देशक दीपक प्रसाद आचार्य नयाँ फिल्म चिरञ्जीवी भव: लिएर आएका छन् । सोमबार ललितपुरस्थित बंगलामुखी मन्दिर मा स्क्रिप्ट र क्यामरा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य ले पहिलो सट दिएका थिए । हालै मात्र निर्माण …

प्रभु स्टक मार्केट अध्यक्षमा रवीन्द्र ढकाल

काठमाडौं। प्रभु स्टक मार्केटको अध्यक्षमा प्रभु बैंकका चिफ म्यानेजर रवीन्द्र ढकाल चयन भएका छन्। ढकाललाई कम्पनी सञ्चालक समितिको ६३औं बैठकले प्रभु स्टक मार्केट अध्यक्षमा चयन गरेको हो। ढकालको नेतृत्वपछि कम्पनीले आफूलाई प्रतिस्पर्धी एवं स्टक ब्रोकर संस्थाको रुपमा स्थापित गर्ने विश्वास सञ्चालक समितिले लिएको छ। प्रभु बैंकले ३०० शाखा, २६१ एटीएम, ६६ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ । नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्नियालगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता थियो । लस एन्जलस, […]

स्वास्थ्य बीमालाई व्यवस्थित बनाउने तयारीमा छौं : स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य बीमा प्रणालीमा देखिएका समस्या समाधान गरी यसलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने दिशामा सरकार गम्भीर रूपमा अघि बढिरहेको बताएकी छन् । सोमबार वीर अस्पताल मा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ को शुभारम्भ गर्दै उनले स्वास्थ्य बीमामा विद्यमान जटिलताबारे सुधारको आवश्यकता औंल्याइन् । स्वास्थ्यमन्त्री निशा मेहताले हालको स्वास्थ्य बीमा प्रणालीमा केही पेचिला […]

राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं l सरकारले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारीस्वरूप मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयसँगै नेपालको संविधानको धारा ९५ बमोजिम आज दिउँसो ४ बजे राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्ने बाटो खुलेको छ। […]

पाँचपटक ट्राफिक कारबाहीमा पर्नेको लाइसेन्स नै निलम्बन !

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अब एउटै कसुरमा पाँचपटकभन्दा बढी कारबाहीमा पर्ने चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गर्ने भएको छ । आइतबार आयोजित एक कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी नवराज अधिकारीले पटक–पटक कारबाहीमा पर्ने चालकको लाइसेन्स नै निलम्बन गरिने बताएका हुन् । “पटक–पटक कारबाहीमा परिराख्ने चालकको लाइसेन्स अब निलम्बन हुन्छ […]

काठमाडौँ महानगरको आग्रह : निःशुल्क ‘वाटर एटीएम’ पिउनका लागि मात्र प्रयोग गरौँ

काठमाडौँ, २८ वैशाख । काठमाडौँ महानगरपालिकाले सहरका विभिन्न स्थानमा सञ्चालनमा ल्याएका निःशुल्क पिउने पानीका बुथहरू (वाटर एटीएम) को दुरुपयोग बढेपछि महानगरले यसलाई पिउने प्रयोजनका लागि मात्र प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा २ करोड ६० लाख रुपियाँको लागतमा ८ वटा अत्याधुनिक वाटर बुथहरू सञ्चालनमा ल्याएको छ। तर,...

अवतरणका क्रममा टर्किस एयरलाइन्सको टायरमा आगो, डेढ घण्टापछि उडान सेवा सुचारु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा टायरमा आगलागी भएपछि केही समय अवरुद्ध भएको उडान सेवा पुनः सञ्चालनमा आएको छ। इस्तानबुलबाट आएको टीके–७२६ नम्बरको जहाज अवतरण गर्ने क्रममा टायरबाट आगो निस्किएपछि विमानस्थलमा आकस्मिक अवस्था सिर्जना भएको थियो। दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि जहाज हटाएर करिब डेढ घण्टापछि उडान–अवतरण सुचारु गरिएको हो। घटनापछि […]

धरानमा छुरा प्रहारबाट युवकको हत्या

सुनसरीको धरानमा धारिलो छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–१९ मा स्थानीय युवाहरूबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान–१० का २८ वर्षीय जीवन भुजेल गम्भीर घाइते भएका थिए। उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका उनलाई थप उपचारका लागि विराट नर्सिङ होम पुर्‍याइएको थियो, जहाँ उपचारकै क्रममा  […]

इरानले पठायो अमेरिकी शान्ति प्रस्तावको जवाफ

एजेन्सी । इरानले आइतवार वाशिंगटनको पछिल्लो शान्ति प्रस्तावको जवाफ दिएको छ । शनिबार राति इरानी ड्रोनले खाडी क्षेत्रका धेरै लक्ष्यहरूमा आक्रमण गर्ने चेतावनीबिच अमेरिकाको इरानसँगको युद्धमा शान्तिका लागि पठाएको प्रस्तावको जवाफ पठाएको हो । शान्तिका लागि वार्ता र छलफल चलिरहँदा तेहरानले कुनै पनि नयाँ अमेरिकी आक्रमणको बदला लिनबाट पछि नहट्ने पनि जनाएको छ। सरकारी प्रसारक […]

विद्यालयमा आधुनिक ‘इ-लर्निङ सेन्टर’ स्थापना

भोजपुर- यहाँको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक इ-लर्निङ सेन्टर स्थापना गरिएको छ । ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ ईश्वर मन्दिर काठमाडौँको पहलमा उक्त सेन्टर स्थापना गरिएको हो । डिजिटल युगको आवश्यकताअनुसार शिक्षण प्रणालीलाई रुपान्तरण गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस अभियानअन्तर्गत विद्यालयलाई २० थान डेस्कटप …

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

काठमाडौँ। आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवम् पवित्र वाग्मती नदीको विशिष्टता उगागर गर्ने उद्देश्यले गरिएको ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) समूह आइतबार पशुपति आइपुगेको छ । भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र वाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं वाग्मतीप्रति क्षमायाचना […]

विद्यार्थीहरूले बनाए शरीरका गतिविधि नियन्त्रण गर्ने एआई उपकरण

विद्यार्थीहरूको एक समूहले सानो विद्युतीय संकेतमार्फत छालामा सिग्नल पठाई शरीरका गतिविधिलाई मार्गदर्शन गर्ने पहिरिन मिल्ने एआई प्रणाली निर्माण गरेका छन्। यो उपकरण हात र पाखुरामा लगाइन्छ र शरीरका लागि भौतिक […]