Welcome to The Blog

Updating with time

Get Started

सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन नासु बलीरामप्रसाद कुर्मीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ । आयोगले हुलाक बचत बैंक बारामा बचतकर्ताको रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा रु पाँच करोड ३५ लाख ६४ लाख २७९ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो […]

प्रधानमन्त्रीलाई हर्कले भने- ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, उत्तर दिन संसदमा आउनुस्’

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र साहले नै दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्परा विपरित भएको बताएका छन् । उनले प्रधानमन्त्रीले संसदमा

फाइभजीतर्फ नेपालको तयारी, डिजिटल अर्थतन्त्रमा नयाँ सम्भावना

उच्च गतिको इन्टरनेट र अत्याधुनिक डिजिटल सेवाको आधार मानिएको फाइभजी प्रविधिले नेपालको अर्थतन्त्र, उद्योग, शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवामा ठूलो परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ। फाइभजी केवल द्रुत इन्टरनेट सेवा मात्र नभई डिजिटल अर्थतन्त्रको नयाँ आधारस्तम्भका रूपमा विकसित हुँदै गएको छ। वर्ल्ड इकोनोमी फोरमले ‘फाइभजी’ प्रविधिलाई ‘इन्टेलिजेन्ट इकोनोमी’को आधार मानेको छ । […]

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व वैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेनले शिष्टाचार भेटवार्ता गर्दै नेपालको शिक्षामा थप लगानी गर्ने इच्छा व्यक्त गरेका हुन् । भेटमा शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणका […]

सगरमाथा आरोहण मार्ग खुला, चुचुरोसम्म टाँगियो डोरी

काठमाडौं-  यस वर्षको वसन्त ऋतुका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण मार्ग खुला गरिएको छ । सगरमाथा आधारशिविरदेखि चुचुरोसम्म डोरी टाँग्ने काम सम्पन्न भएसँगै आरोहणका लागि मार्ग खुला भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत पुस २ गते सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापन गर्ने जिम्मेवारी सगरमाथा प्रदूषण नियन्त्रण समिति […]

गुगलले जेमिनी एआईसहित डिजाइन गरिएको गुगलबुक प्रस्तुत गर्दै

गुगलले एन्ड्रोइड ओएस, एआई कर्सर भएको ल्यापटपहरूमा पुनर्विचार गर्ने भएको छ। यसका साथमा गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टम चलाउने ल्यापटपहरूको नयाँ लाइन लन्च गर्दैछ। गुगलले क्रोमबुकलाई प्रतिस्थापन गर्ने उद्देश्यले प्रिमियम, एआई-संचालित […]

सिर्जनाको कठघरामा ‘लालीबजार’

अस्मिता वादी ‘लालीबजार’ फिल्मले वादी समुदायको कथा देखाउने प्रयास गरे पनि, समुदायको विविधता र संवेदनशीलतालाई समेट्न नसकेको आलोचना गरिएको छ। फिल्ममा वादी महिलाको पीडा र संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिए पनि, केही संवाद र दृश्यले […]

बेइजिङमा ट्रम्प र सीबीच ऐतिहासिक भेटवार्ता: व्यापार, ताइवान र इरान युद्ध प्रमुख एजेन्डा

बेइजिङ, वैशाख ३१ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीचको बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उच्चस्तरीय शिखर वार्ताका लागि चीनको राजधानी बेइजिङ आइपुगेका छन्। इरान र इजरायलबीचको तनाव र हर्मोज जलडमरूमध्य  मा देखिएको संकट समाधानका लागि चीनलाई मनाउने अमेरिकी प्रयास असफल भइरहेका बेला यो भ्रमणलाई विश्वभर चासोका साथ हेरिएको छ।...

विराटनगरको एभरेष्ट कलेजमा जेठ ४ गते प्रवेश परीक्षा

विराटनगर । एभरेष्ट कलेज विराटनगरले जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा लिने भएको छ । एसईईको नतिजा सार्वजनिक भएपछि कक्षा ११ मा भर्ना खुला गरेको एभरेष्टले प्रवेश परीक्षाको मिति पनि तोकेको हो । जेठ ४ गते बिहान ११ बजेदेखि प्रवेश परीक्षा लिने तय भएको कलेजका भाइस प्रिन्सिपल टीएन भण्डारीले बताए । सीमित सिटमा...

फाइभजीः डिजिटल अर्थतन्त्रको नयाँ आधार

काठमाडौँ। वर्ल्ड इकोनोमी फोरमले ‘फाइभजी’ प्रविधिलाई ‘इन्टेलिजेन्ट इकोनोमी’को आधार मानेको छ । उक्त संस्थाले फाइभजी प्रविधि उद्योग, शिक्षा, स्वास्थ्य, कृषि र सार्वजनिक सेवामा डिजिटल क्रान्तिका लागि आवश्यक रहेको जनाएको छ । उच्च गतिको इन्टरनेट, ‘लो लेटेन्सी’ र कैयौँ उपकरणलाई एकैसाथ जोड्ने क्षमताका कारण फाइभजीले कृत्रिम बुद्धिमत्ता, स्मार्ट सिटी, स्वचालित उद्योग र डिजिटल व्यापारलाई नयाँ उचाइमा […]

लिग टु क्रिकेट : अमेरिका र स्कटल्यान्ड खेल्दै

काठमाडौँ, ३१ वैशाख। आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरिजमा आज अमेरिका र स्कटल्यान्डबीच खेल हुँदैछ। खेल विहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेट। दुवै टोलीको समान ३६ अंक छ। राम्रो रनरेटका कारण अमेरिका शीर्षस्थानमा छ भने स्कटल्यान्ड दोस्रो स्थानमा। स्कटल्यान्डले २९ खेल खेलेको छ भने अमेरिकाले २४ खेलमात्र खेलेको छ। […]

फेसबुक र इन्स्टाग्राममा ठगीपूर्ण विज्ञापनबाट अर्बौं डलर आम्दानी गरेको मेटा प्लेटफर्म्समाथि आरोप

मेटा प्लेटफर्म्समाथि फेसबुक र इन्स्टाग्राममा देखाइने ठगीपूर्ण विज्ञापनबाट अर्बौं डलर आम्दानी गरेको आरोप लागेको छ। सान्टा क्लारा काउण्टीका अधिकारीहरूले मेटाविरुद्ध मुद्दा दायर गर्दै कम्पनीले ठगीपूर्ण विज्ञापनलाई रोक्न प्रभावकारी कदम नचाली […]

‘नेपाल स्टार्टअप इनोभेसन ह्याकाथन २०२६’ सम्पन्न

देशका प्रतिभाशाली युवा मस्तिष्कहरूलाई एकै ठाउँमा ल्याउँदै ‘नेपाल स्टार्टअप इनोभेसन ह्याकाथन २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। ग्लोकल प्रा. लि.द्वारा आयोजित यो तीन दिने कार्यक्रममा विद्यार्थीहरूले विभिन्न राष्ट्रिय चुनौतीहरूको समाधानका लागि […]

अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको फुल–फ्लेज्ड अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। काठमाडौंको ठमेलस्थित होटल लो मुस्ताङमा आयोजित विशेष समारोहबीच उक्त प्लेटफर्म सार्वजनिक […]

इनड्राइभ विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड–हेलिङ एप

४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ । लीडिंग मार्केट इण्टेल्लिजेन्स फर्म […]

४२औं राष्ट्रिय ब्याडमिन्टनमा उदय र दिवस विजयी

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका उदय चन्द र कोशी प्रदेशका दिवस शंकरले ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधवारदेखि शुरु भएको प्रतियोगिताको पुरुष सिंगल्समा उदय र दिवसले पहिलो चरण पार गरेका हुन् । पहिलो खेलमा उदयले वागमतीका विवेक जोशीमाथि २५–१८, १६–२१ र २१–१७ ले […]

हिमालय टिभीमा राजेश हमालको शो आजदेखि साप्ताहिक प्रसारण

अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘यो नेपाली शिर उचाली सिजन २’ आज (बुधबार)देखि प्रसारण हुने भएको छ । कार्यक्रम साप्ताहिक रूपमा साँझ ८ बजेर ३० मिनेटमा हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । कार्यक्रमलाई युट्युब च्यानल ‘यो नेपाली शिर उचाली’मार्फत पनि हेर्न सकिने जनाइएको छ । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्न लायक …

‘मन विनाको धन २’मा महेश त्रिपाठी अनुबन्धित

टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’मा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्देशक बुढाथोकीले महेशसँग कागजी सम्झौता गरिसकेका छन् । फिल्ममा महेशको भूमिका कस्तो हुनेछ भन्नेबारे निर्माण टिमले खुलाएको छैन । पारिवारिक तथा सामाजिक कथावस्तुमा फिल्म निर्माण हुने जनाइएको छ । यसअघि फिल्ममा अभिनेत्री पूजा शर्मा अनुबन्धित भइसकेकी …

नेपाली सेनाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै गर्यो “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आयोजना

सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती, डाटा चुहावट तथा एआई आधारित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाली सेना ले साइबर सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यसहित वैशाख ३० गते जंगी अड्डामा “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आयोजना गरेको छ। गोष्ठीमार्फत साइबर सुरक्षा सम्बन्धी समसामयिक चुनौती, डिजिटल पूर्वाधारको सुरक्षा, संवेदनशील डाटाको संरक्षण तथा एआई प्रविधिबाट उत्पन्न […]

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ गतेदखि चितवनमा हुने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो केन्द्रीय महाधिवेशन आगामी असार ७ गतेदखि चितवनमा हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको स्थापना दिवस पारेर पार्टीको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको रास्वपा नेता प्रकाशचन्द्र परियारले दिनुभयो । बैठकमा पार्टी सभापति रवि लामिछानेले महाधिवेशनसम्बन्धी …

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् २०१७ को नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो ।

विश्व फुटबलको महाकुम्भ मेला

काठमाडौँ- उत्तर अमेरिकी क्षेत्रमा हुने विश्वकप फुटबलको सरगर्मी बढ्दो छ । विश्व फुटबलको महाकुम्भ मेला आउन अब करिब एक महिना मात्र बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप आगामी जेठ २८ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ । तेइसौँ संस्करणको विश्वकप फुटबलका खेलहरू अमेरिकाका ११ सहर, मेक्सिकोका तीन सहर …

प्रकाश अधिकारी प्रतिनिधिसभा सचिवमा नियुक्त

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सङ्खुवासभाका अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरिएको हो ।

वैज्ञानिकहरुको चकित पार्ने खुलासा : माटोभित्रका बीउले “सुन्छन्” वर्षाको आवाज

काठमाडौँ। माटोभित्र गाडिएका बीउहरूले आकाशबाट पर्ने वर्षाको आवाज “सुन्न” सक्छन् भन्दा पत्याउनुहुन्छ ? तपाईलाई यो प्रश्न सुन्दा कुनै कथा जस्तो लाग्न सक्छ तर हालै गरिएको वैज्ञानिक अध्ययनले यही कुरा वास्तविक हुन सक्ने संकेत दिएको छ। अमेरिकाको प्रसिद्ध अनुसन्धान संस्था एमआईटीका वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार सुख्खा माटोमा वर्षाको पहिलो थोपा खस्दा उत्पन्न हुने सूक्ष्म ध्वनि र कम्पनहरू […]

श्रेष्ठ दम्पतीले छोरीलाई दिए आइएमई लाइफको बीमा पोलिसी उपहार

आजको बदलिँदो सामाजिक परिवेशमा जन्मदिन, विवाह वा विशेष अवसरहरूमा उपहार दिने परम्परा मात्र होइन, पछिल्लो समय सफलताको उत्सवलाई पनि भविष्य सुरक्षा र दीर्घकालीन योजनासँग जोड्ने सकारात्मक अभ्यास विस्तार हुँदै गएको छ। यसले उपहारको अर्थलाई अझ गहिरो, जिम्मेवार र अर्थपूर्ण बनाइदिएको छ। यसै सन्दर्भमा भद्रपुर–०८, झापा निवासी कृष्ण तुलाधर र सिरिना श्रेष्ठले आफ्नी कान्छी […]