समस्याग्रस्त सहकारीको ऋण नतिरे धारा, बत्ति काट्ने चेतावनी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न आग्रह गरेको छ। समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिको मातहतमा आएका समस्याग्रस्त सहकारी संस्थाहरूका सञ्चालन, ऋणी सदस्य, व्यवस्थापक, जमानीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी कर्जाको साँवा, ब्याज र हर्जना भुक्तानी गर्न आग्रह गरेको हो। अन्यथा धारा, बत्ती, सिफारिस आदि सार्वजनिक सेवाहरू बन्द, नाम सार्वजनिकीकरण, कालो सूचीमा नाम समावेश, सम्पत्ति लिलाम र कैद एवं जरिवाना सजाय समेत भोग्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।
आईसीसी लिग–२: आसिफको ९४ र आरिफको विस्फोटक ब्याटिङमा नेपालद्वारा ओमानसामु २५७ रनको विशाल लक्ष्य प्रस्तुत
काठमाडौँ, २२ वैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानसामु जितका लागि २५७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २५६ रनको योगफल तयार पारेको हो। नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याउन ओपनर आसिफ...
माग पूरा नभए देशभर निर्माण ठप्प पारी आन्दोलनमा जाने निर्माण व्यवसायीको चेतावनी
काठमाडौं। निर्माण व्यवसायीहरूले एक साताभित्र आफ्ना माग सम्बोधन नगरे देशभरका सबै निर्माण काम बन्द गर्ने चेतावनी दिएका छन्। निर्माण सामग्री र इन्धनको मूल्य अत्यधिक बढ्दा उद्योग नै संकटमा परेको उनीहरूको भनाइ छ। नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गर्दै पछिल्लो समय लागत अत्यधिक बढेकाले पुरानो दररेटमा काम गर्न असम्भव भएको जनाएको छ। महासंघका अनुसार डिजेलदेखि […]
सुदूरपश्चिममा महेन्द्रनगर मावि लोकप्रिय

महेन्द्रनगर: यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा स्थापित भएको छ। यस विद्यालयमा नयाँ शैक्षिकसत्रमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या विद्यालयले धान्न नसक्ने गरी आइरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। विसं २०७१ अघिसम्म ३७१ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा हाल भर्नाका लागि प्रवेश परीक्षा दिन आउनेको भीड लागेको छ। सरकारी विद्यालयको शैक्षिक गुणस्तरमाथि […]
यूएईको फुजैराह ऊर्जा केन्द्रमा इरानको आक्रमण, सस्तो तेलको युग समाप्त भएको हो ?
अमेरिका र इरानबीच गत अप्रिल ८ मा भएको युद्धविराम कायम रहेकै अवस्थामा इरानले मंगलबार फुजैराह तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको यूएईले आरोप लगाएको छ । ड्रोन र क्षेप्यास्त्रहरूमार्फत गरिएको उक्त आक्रमणमा तीनजना भारतीयहरू घाइते भएको बताइएको छ । फुजैराह तेल उद्योग क्षेत्रमाथिको आक्रमण भत्किँदै गरेको विश्वव्यापी व्यवस्थाको भौतिक अभिव्यक्ति हो । युद्धविरामको समयमा […]
दराजद्वारा ५.५, बिग समर सेलको घोषणा ! कुल डिल्स्, हट छुट र बृहत्त बचतका अवसर
नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित बिग समर सेल सार्वजनिक गरेको छ । यस सेल मार्फत दराजले देशभरका ग्राहकहरूका लागि आकर्षक अफरहरूको नयाँ लहर नै पस्केको छ । दराज ५.५, बिग समर सेल, वैशाख २१ (मे ४)को बेलुका ८ बजेदेखि सुरु भई वैशाख २६ (मे ९) सम्म सञ्चालन हुने छ […]
अमेरिकाको ‘सेलेक्ट यूएसए’ समिटमा नेपालका ५ सफ्टवेयर कम्पनी सहभागी
अमेरिकाको मेरिल्याण्डमा आयोजना भइरहेको प्रतिष्ठित ‘सेलेक्ट यूएसए इन्भेस्टमेन्ट समिट’ मा नेपालका ५ सफ्टवेयर कम्पनी सहभागी भएका छन् । समिटमा नेपालबाट पाँचवटा सूचना प्रविधि कम्पनीहरू बिज सर्भ, स्विफ्ट फिन, कोडाभटार, ग्रीन टिक र इभेन्ट मो सहभागी छन् । अमेरिकन च्याम्बर्स अफ कमर्श, नेपालले यो सहभागीतालाई विश्वव्यापी आर्थिक संलग्नता र लगानी प्रवर्द्धनका लागि एउटा महत्वपूर्ण […]
मधेश सरकारबाट बाहिरियो सीके राउत नेतृत्वको जनमत पार्टी, समर्थन फिर्ता
जनकपुुरधाम । मधेश प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारबाट सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएको छ। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राउतले पदभन्दा जनताको सेवा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पार्टीले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जनाएका हुन् । उनले मधेस सरकारको कार्यशैलीप्रति आमजनता तथा पार्टी कार्यकर्तामाझ चरम असन्तुष्टि बढेको बताएका छन् । विकास आयोजना […]
नेपालले दियो ओमानलाई २५७ रनको लक्ष्य
काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले २५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन जोड्यो। आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै नेपालको लक्ष्य २५० पार गरे। उनले २४ बलमा ४३ रन […]
धितोपत्र बोर्डको अध्यक्षको लागि डा .पोखरेलको आवेदन
सानिमा रिलायन्स लाइफका डेपुटी सिईओ डा. राकेश पोखरेलले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका छन् । सिएसमेत रहेका डा.पोखरेल बीमा क्षेत्रमा राम्रो अनुभव बटुलेका हुन् । उनीसँग सूर्य लाइफ र सानिमा रिलायन्स लाइफको कुशल व्यवस्थापन गरेको अनुभव रहेको छ । ग्लोबल लिडरशिप एण्ड म्यानेजमेन्टमा शिर्षकमा पोखरेलले बैंककमा प्रोफेशनल डक्टरेटको उपाधी हासिल […]
सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै रास्वपा
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई दुईदिने प्रशिक्षण दिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई यही वैशाख २६ र २७ गते काठमाडौंमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यले जानकारी दिएका छन् । आचार्यले पार्टीको संसदीय दललाई पठाएको पत्रमा “पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा […]
जनमत पार्टीमा चर्कियो आन्तरिक खटपट, समर्थन फिर्ता विवादले प्रदेश राजनीति तरंगित
काठमाडौं। मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टी भित्र देखिएको आन्तरिक द्वन्द्व अहिले खुला रूपमा सतहमा आएको छ। पार्टीभित्रकै निर्णयलाई लिएर मतभेद चर्किँदा सरकारलाई दिएको समर्थनकै विषय विवादको केन्द्र बनेको छ। पार्टीका सचेतक चन्दन सिंहले केही प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित सरकारप्रतिको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएपछि परिस्थिति जटिल बनेको हो। यस कदमले […]
फिटबिटमा मे १९ भित्र डाटा ट्रान्सफर नगरे आफ्नो डाटा सधैंको लागि गुमाइने
गुगलले फिटबिट प्रयोगकर्ताहरूका लागि गुगल अकाउण्ट (खाताहरू) मा स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ। फलस्वरूप अब धेरै प्रयोगकर्ताहरूले सेवा प्रयोग जारी राख्नको लागि आफ्नो डाटा ट्रान्सफर गर्नु पर्ने भएको छ। […]
आज विश्व दम दिवसः नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

फिल्म ‘मितज्यू’ टिमले मलाई ८ वर्ष पर्खियो: दयाहाङ राई
काठमाडौँ : अभिनेता दयाहाङ राईले फिल्म ‘मितज्यू’ टिमले आफ्ना लागि ८ वर्ष पर्खिएको बताएका छन् । फिल्मको स्क्रिप्ट ८ वर्ष अगाडि पाएपनि समय अभावको कारण अभिनय गर्न नसकेको उनको भनाइ थियो । ‘फिल्मको स्क्रिप्ट साढे ८ वर्षअघि नै हात पारेको थियो । निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगरले त्यतिबेलै यो कथा सुनाएका थिए’, दयाहाङले भने ‘कथा मन परेर पनि समयको अभाव, कोभिड महामारी र अन्य प्राविधिक कारणले फिल्म निर्माणमा ढिलाइ भयो ।’ फिल्ममा राईले आफूलाई सधैं देखिरहेको पात्रभन्दा फरक रूपमा प्रस्तुत हुने सुनाए । फिल्म पुरानो नेपाली संस्कृति ‘मित’ लगाउने परम्परा र सम्बन्धको कथामा आधारित छ । ‘फिल्ममा सवारी चालकको भूमिकामा छु । मेरो पात्रको आफ्नै पारिवारिक पृष्ठभूमि र विगत छ। गाडी चलाउने पेसाको दौडधुप र पारिवारिक जिम्मेवारीबिचको द्वन्द्वलाई मैले प्रस्तुत गर्ने प्रयास गरेको छु’, दयाहाङले भने, ‘यस पटक दर्शकले मभन्दा नितान्त फरक र गहिरो मनोविज्ञान भएको पात्र पाउनुहुनेछ।’ ‘मितज्यू’ले नेपाली समाजबाट हराउँदै जान थालेको मितेरी साइनोलाई पुनः स्मरण गराउन खोजेको उनले बताए । फिल्ममा दयाहाङ राई र सौगात मल्लको जोडीलाई पुनः एकपटक देख्न पाइनेछ । फिल्मले गाउँदेखि सहरसम्मको यात्रा र सम्बन्धको मर्मलाई पर्दामा उतारेको छ ।
स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्बेश जोशी पक्राउ
स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्बेश जोशी ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार काठमाडौँ महानगरपालिका–२ खुर्सानीटार बस्ने जोशीलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० साल वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएर...
ट्रु कलरमा साइबर ब्यूरो नाम राखेर ठगी गर्ने चारजना पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोको नाम दुरुपयोग गरी सोझासाझालाई ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले १९ गते शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका–३ बस्ने ३० वर्षीय दिपक लिम्बू, सुनसरीको धरान उपमहानगरपालिका–९ बस्ने २१ वर्षीय सौरव भुजेल, धरान उपमहानगरपालिका–१३ बस्ने २८ वर्षको सजल राई र इनरुवा नगरपालिका–६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन्। ट्रु कलरमा ‘साइबर ब्यूरो’ नाम राखेर पीडितलाई फोन सम्पर्क गरी डर त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य गर्ने गरेको भन्दै ब्यूरोमा उजुरी परेपछि ब्यूरोले अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा पक्राउ परेका चार जनाका संलग्नता खुल्न आएपछि ब्यूरोबाट खटिएर गएको प्रहरीको टोलीले इलाका प्रहरी कार्यालय, धरानको समन्वयमा पक्राउ गरेको हो। पक्राउ परेका चारैजना विरुद्ध जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। अनलाइन ठगी गर्नेहरूले दिन प्रतिदिन नयाँनयाँ शैली अपनाउँदै सोझासाझा नागरिकलाई डर, त्रास र प्रलोभन देखाई ठगी गरिरहेका छन्। प्रहरीकै नाम समेत दुरुपयोग गरी ठगी हुनुले अनलाइन ठगीको नियन्त्रणमा चिन्ता उत्पन्न गरेको छ। प्रहरीसँग अत्याधुनिक प्रविधि नहुनु र पुरानै सीमित स्रोत साधनले मात्रै हुनुले ठगीको घटनामा नियन्त्रण हुन सकेको छैन।
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

नेपाल टेलिकमले पाथीभरा मन्दिर क्षेत्रमा शुरु गर्यो फोरजी सेवा
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ। पाथीभरा क्षेत्र विकास समितिको पहलमा नेपाल दूरसञ्चार कम्पनी […]
विजय थलापति–सिनेमाको पर्दादेखि मुख्यमन्त्रीको कुर्सीसम्म ।
सन् २०१९ मा भारतको निर्वाचन आयोगले विजयको फिल्म सरकारको कथावस्तु प्रयोग गरेर कसैले आफ्नो नाममा जालसाजीपूर्वक मतदान गरेमा मतदाताले आफ्नो मतपत्र पुनः प्राप्त गर्ने कानुनी अधिकारका बारेमा सचेतना समेत फैलाएको थियो । अहिले सन् २०२६ को मे ४ सोमबारका दिन, जब विधानसभा निर्वाचनको मतगणना सुरु भयो उहि नायक विजयकाे टिभीके पार्टि एक सय भन्दा धेरै […]
योग शिविरका लागि जुम्ला पुगेका न्युरोसर्जनले गरे जटिल शल्यक्रिया, बिरामीको जोगियो ज्यान
जुम्ला, २२ वैशाख । योग शिविरका लागि जुम्ला पुगेका एक वरिष्ठ चिकित्सकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा एक बिरामीको टाउकोको जटिल शल्यक्रिया (न्युरोसर्जरी) गरेका छन्। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ न्युरोसर्जन डा. नीलमकुमार खड्काको नेतृत्वमा रहेको चिकित्सक टोलीले पातारासी गाउँपालिका–३, छुमगाउँका गोरबहादुर बोहराको टाउकोको सफल शल्यक्रिया गरेको हो।...
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन सुरू

बलवा नगरपालिकामा वैशाख २८, २९ र ३० गते खोप सेवा सञ्चालन गरिँदै

साउनदेखि नागढुंगा सुरुङमार्ग सञ्चालनमा
काठमाडौंको पश्चिमतर्फ रहेको नागढुंगा सुरुङमार्ग आगामी साउन दोस्रो हप्तादेखि सञ्चालनमा आउने भएको छ। आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत सकिएकाले अहिले अन्तिम तयारी भइरहेको छ। मुख्य विशेषताहरू: समयको बचत: सुरुङमार्ग सञ्चालनपछि…
भारतमा निर्मित एमजी गाडी नेपालमा
नेपालका लागि एमजी (मोरिस ग्यारेज) को नयाँ आधिकारिक बिक्रेताको रूपमा जी.ओ. अटोमोबाइल्स प्रालिले भारतमा निर्मित तीनवटा मोडलका गाडीहरू नेपाल भित्र्याएको छ। यसअघि पारामाउन्ट मोटर्सले यी गाडीहरू बिक्री गर्दै आएकोमा अब…