Welcome to The Blog

Updating with time

Get Started

जोखिम घटाउन सरकारी सम्पत्तिको बीमा व्यवस्था लागू हुने

सार्वजनिक पूर्वाधार तथा सरकारी सम्पत्तिमा हुने क्षति न्यूनीकरण गर्न सरकारले अब त्यस्ता सम्पत्तिको बीमा अनिवार्य गर्ने नीति अघि सारेको छ। केही नेपाल ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमार्फत बीमा ऐन, २०७९ मा परिवर्तन गर्दै यस्तो व्यवस्था गरिएको हो। संशोधित व्यवस्थाअनुसार ऐनको दफा ७२ पछि नयाँ दफा ७२ क थप गरिएको छ, जसमा सार्वजनिक […]

लाइसेन्स र ट्रायलको रिजल्टमा नागरिकता नम्बर सार्वजनिक गर्न नपाइने

काठमाडौं- सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाको नतिजा प्रकाशन गर्दा परीक्षार्थीको नागरिकता नम्बर सार्वजनिक गर्ने प्रचलनलाई गोपनीयताको हकविपरीत ठहर गरेको छ। न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले यातायात व्यवस्था कार्यालयहरूले नतिजा प्रकाशनका क्रममा नाम र रोल नम्बरका अतिरिक्त नागरिकता नम्बरसमेत सार्वजनिक गर्दै आएको अभ्यास संविधान र […]

खुर्कोट- नेपालथोक-कटुन्जेवेंसी सडकखण्डमा रातिको समय सवारी चलाउन रोक

काठमाडौँ-  प्रि मनसुन सुरु भएसँगै वर्षा र बाढीपहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बी.पी. राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार आज (२०८३ वैशाख २२) गतेदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारी …

वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

बैशाख-२२,बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ। बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो। गत चैत २३ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो। बागमती सरकारले २०८० वैशाख […]

वानप्लस एस७ मा सक्रिय कूलिङ फ्यान हुने संकेत

वानप्लसले आफ्नो एस ६ लाइनअपलाई विस्तार गर्दै हालै चीनमा एस ६ अल्ट्रा लन्च गरेको छ। अब अर्को पुस्ताको एस ७ सिरिजको बारेमा प्रारम्भिक विवरणहरू देखा पर्न थालेका छन् र नयाँ […]

मालपोत कार्यालयको नाम फेरियो

सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर य बनाएको छ । मालपोत ऐन तथा जग्गा (नाप जाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ भन्ने शब्दलाई झिकेर दुईवटै ऐनमा त्यस ठाउँमा ‘भूमि प्रशासन कार्यालय’ लेखिएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा मालपोत कार्यालयको नामलाई पनि संशोधन गरेको हो । त्यस्तै, मालपोत अधिकृतलाई ‘भूमि […]

रिहा हुने भए व्यवसायी शेखर गोल्छा, हिरासतमा नराख्न अदालतको आदेश

व्यवसायी शेखर गोल्छा रिहा हुने भएका छन् । जिल्ला अदालत काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेसँगै उनी रिहा हुने भएका हुन् ।  अदालतका न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई म्याद नथप्ने आदेश दिएको हो । योसँगै अब गोल्छालाई हिरासतमुक्त गरेर अनुसन्धान अघि बढाउनुपर्ने भएको छ ।  यसो त यसअघि सर्वोच्च अदालतले

सरकारले भन्यो– इन्धनको मुल्य घटाउने अवस्था छैन

भक्तपुर । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थलगायतका इन्धनहरूको मूल्य घटाउन सकिने अवस्था नरहेको प्रष्टयाएका हुन्। मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा…

गुलशन र आसिफ चम्किँदा ओमानमाथि नेपालको शानदार जित

नेपालले ओमानलाई पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको हो । नेपालले दिएको २५७ रनको लक्ष्य पछाएको ओमानले ३९.३ ओभरमा अल आउट हुँदै १७५ रन बनाएको थियो । ओमानका लागि विनायक शुक्लाले ३६ रन बनाएका थिए भने हम्माद मिर्जाले...

‘काजी’ मार्फत् हामीले एउटा प्रेम कथा भन्न खोजेका हौं : निर्देशक लक्ष्मण रिजाल

निर्देशक लक्ष्मण रिजाल करिब ८ वर्षको अन्तरालमा दर्शकमाझ देखिँदैछन् । ‘वान डे’ बाट सिनेमा निर्देशनमा डेब्यु गरेका रिजालले त्यसपछि ‘कसम’, ‘धुवाँ यो नशा’, ‘अलबिदा’ र ‘कायरा’ निर्देशन गरेका थिए । उनी अहिले करिब ८ वर्षको अन्तरालमा ‘काजी’ लिएर दर्शकमाझ आएका छन् । लक्ष्मणले निर्देशन गरेको सिनेमा यही जेठ ८ गते […]

जेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !

सरकारले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने सरकारी तयारी रहेको बताएकी हुन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले यस्तो बताएकी हुन् । उनले जेठको पहिलो सातादेखि बचत

देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरीको चेतावनी

२२ वैशाख २०८३ । देशका विभिन्न स्थानमा आज तीव्र हावाहुरीको पूर्वानुमान छ । दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस दिन राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । “हावाहुरीबाट जोगिने...

भारतमा ‘विशेष कोर्ष’ लिँदै नेपालका ३५ कूटनीतिज्ञ

भारतको नयाँ दिल्लीमा नेपालका कूटनीतिज्ञका लागि ‘विशेष कोर्ष’को अध्ययन सुरु भएको छ। मंगलबार एक कार्यक्रमबीच ‘विशेष कोर्स’को उद्घाटन गरिएको छ। सुषमा स्वराज इन्स्टिच्युट अफ फोरिजन सर्भिसका डीन राजकुमार श्रीवास्तवले कार्यक्रमको उद्घाटन गरेका छन्। उद्घाटन सत्रमा बोल्दै डीन श्रीवास्तवले कूटनीतिबारे चर्चा गरेका थिए। यससँगै उलने इन्स्टिच्युटबारे जानकारी दिएका थिए। डीन श्रीवास्तवले इन्स्टिच्युटले व्यवहारगत, कार्यगत...

चलचित्र “लालीबजार” सम्बन्धी मुद्दा: सुनुवाइ भोलिका लागि सारियो

काठमाडौं l चलचित्र “लालीबजार” सम्बन्धी मुद्दाको सुनुवाइ भोलिका लागि सारिएको छ। उच्च अदालत पाटन ले सेन्सर बोर्डमार्फत सेन्सर कपी पेश गर्न आदेश दिएको हो। मंगलबार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशलाई निरन्तरता दिएको छ। साथै, वादी र प्रतिवादी दुवै पक्षलाई थप छलफलका लागि उपस्थित हुन निर्देशन दिएको छ। अदालतको आदेशअनुसार अब […]

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

२२ वैशाख २०८३ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ । यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।    

Hult Prize Nepal to Host National Student Entrepreneurship Competition

KATHMANDU- Hult Prize Nepal, presented by the British Council Nepal and hosted by UBA Solutions Pvt. Ltd., will organize the Hult Prize National 2026 on Saturday, May 9, 2026 (Baisakh 26, 2083 B.S.). The competition will be conducted in two phases on the same day: a Preliminary Round at Embark College, Kupondole followed by the

पर्यटन विभागको चेतावनी, अवैध साहसिक खेल रोक्न र दर्ता गर्न निर्देशन

सरकारले इजाजत नलिई साहसिक पर्यटनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेका कम्पनीहरूलाई अनिवार्य रूपमा दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ । पर्यटन विभागले सोमबार सूचना जारी गर्दै यस्ता कम्पनीलाई ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको हो । विभागका अनुसार देशका विभिन्न स्थानमा बन्जी जम्प, स्वीङ, क्यानोइङ, स्काई डाइभिङ, जिपलाइन, जिप कोस्टर, जेट स्की र मोटरबोटजस्ता साहसिक […]

नेपाल र ओमानबीचको खेल हेर्न मन्त्री पोखरेल पुगे कीर्तिपुर

काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल नेपाल र ओमानबीचको महत्त्वपूर्ण क्रिकेट खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन्। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले पहिले ब्याटिङ गर्दै ४९.५ ओभरमा २५६ रन बनाउँदै ओमानलाई २५७ रनको लक्ष्य दिएको छ । नेपाली इनिङ […]

भौतिक पूर्वाधार मन्त्रालयबाट २० जना पदमुक्त

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न निकायमा कार्यरत २० जना पदाधिकारीलाई पदमुक्त गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल इन्जिनियरिङ परिषद्बाट अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रारसहित १३ जना, सडक बोर्ड नेपालबाट ४ जना सदस्य तथा नेपाल रेल्वे बोर्डबाट रेल्वे प्रशासक बलराम मिश्रसहित तीनजनालाई पदबाट मुक्त गरेको छ । बिज्ञप्तीअनुसार नेपाल इन्जिनियरिङ परिषदबाट अध्यक्ष डा […]

मूल्यवृद्धि र राज्य उदासीनताप्रति निर्माण व्यवसायी आक्रोश, माग पूरा नभए निर्माण ठप्प पार्ने चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र राज्यको उदासीनताका कारण निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै एक साताभित्र आफ्ना माग सम्बोधन नभए देशभरका सम्पूर्ण निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै हाल इन्धन तथा निर्माण सामग्रीको मूल्यमा भएको अस्वाभाविक वृद्धिका कारण निर्माण क्षेत्रमा ‘कन्स्ट्रक्सन होलिडे’ जस्तो अवस्था सिर्जना भएको जनाएको छ । महासंघका अनुसार पश्चिम एसियामा चलेको युद्धअघि प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य हाल २२५ रुपैयाँसम्म पुगेको छ भने प्रतिकेजी ७५ रुपैयाँ पर्ने बिटुमिनको मूल्य १५५ रुपैयाँ पुगेको छ । त्यस्तै सिमेन्ट, फलामजन्य सामग्रीलगायतका निर्माण सामग्रीमा भएको निरन्तर मूल्यवृद्धिका कारण पुरानो दररेटमा ठेक्का सम्झौता अनुसार काम गर्न असम्भव भएको महासंघको भनाइ छ । यस अवस्थालाई ‘फोर्स मेजर’ को रूपमा स्वीकार गरी तत्काल मूल्य समायोजन गर्नुपर्ने माग गरिएको छ । महासंघले सार्वजनिक गरेका विवरणअनुसार राज्यको पुँजीगत खर्चसमेत सुस्त देखिएको छ । चालू आर्थिक वर्षमा विनियोजित पुँजीगत खर्चमध्ये हालसम्म करिब २७ प्रतिशत मात्र खर्च भएको भन्दै यसले समग्र अर्थतन्त्रसँगै निर्माण उद्योगलाई पनि गम्भीर दबाबमा पारेको उल्लेख गरिएको छ । यसैबीच सरकारले ल्याएको सार्वजनिक खरिद ऐन संशोधनसम्बन्धी अध्यादेश सकारात्मक भए पनि निर्माण क्षेत्रका प्रमुख समस्या जस्तै ‘लो बिडिङ’, उपभोक्ता समिति मार्फत हुने निर्माण कार्य र मूल्य समायोजनको स्पष्ट व्यवस्थालाई पूर्ण रूपमा...

व्हाट्सएपको आगामी लिक्विड ग्लास डिजाइन देखा पर्यो

सन् २०२५ को उत्तरार्धमा व्हाट्सएपको एपको बिटा संस्करणले आगामी डिजाइन ओभरहलको संकेत गरेको थियो। उक्त डिजाइन ओभरहल एप्पलले आफ्नो सबैभन्दा पछिल्लो आईओएससँग प्रयोग गर्न थालेको तथाकथित लिक्विड ग्लास डिजाइन भाषासँग […]

फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारणसभा सम्पन्न

फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारणसभाको प्रमुख अतिथी पूर्वमन्त्री भगबती चौधरी रहेकी थिइन् । सो अवसरमा बोल्दै लघुवित्तकर्मी समेत रहेकी पूर्वमन्त्री चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) ले तीन दशकदेखि सुरुवात गरेको लघुवित्त कार्यक्रममा आवद्ध भएका महिला दिदीबहिनीहरुको आर्थिक, सामाजिक

सगरमाथा क्षेत्रमा हिउँको ढिस्को भासिँदा दुई जना घाइते

काठमाडौं-  सगरमाथा आरोहणका क्रममा हिउँको ढिस्को भासिँदा एक आरोही र एक गाइड घाइते भएका छन्। मंगलबार बिहान करिब ५ः४५ बजेतिर हिउँको ढिस्को भासिएर आरोहीहरू हिँड्ने मार्गसम्म आइपुगेको पर्यटन विभागले जनाएको छ। घटनामा एक शेर्पा गाइड र भारतीय नागरिक आरोही घाइते भएका छन्। घाइते हुनेमा संखुवासभाका ४४ वर्षीय पेम्बा टेन्डुक शेर्पा र ४० वर्षीय भारतीय नागरिक […]

रुस र युक्रेनबीच दुई दिनको युद्धविराम घोषणा

रुस र युक्रेनले ‘विजय दिवस’ अघि फरक–फरक समयमा युद्धविराम घोषणा गरेका छन् । रुसले शुक्रबार र शनिबारका लागि युद्धविराम घोषणा गरेको छ भने युक्रेनले बुधबार राति १२ बजेदेखि युद्ध रोक्ने जनाएको छ । रुसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको हारको ८१औँ वार्षिकोत्सवका अवसरमा यस्तो निर्णय गरेको जनाएको छ । तर समारोहमा कुनै...

राष्ट्रपति पौडेलले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले दोस्रो पटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश मंगलबार जारी गरेका हुन् । राष्ट्रपति पौडेलले सरकारले अघिल्लो साता सिफारिस गरेको सोही अध्यादेश सरकारलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार […]