Welcome to The Blog

Updating with time

Get Started

खल्तीद्वारा आईएमई रेमिट प्रेजेन्ट्स ”खल्ती इन्फ्लुएन्सर अवार्ड” को घोषणा

  आइएमई खल्ती लिमिटेड (खल्ती) ले “आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड” को घोषणा गरेको छ । अवार्ड मार्फत डिजिटल सामग्री उत्पादक (कन्टेन्ट क्रिएटर) हरूमा समर्पित देशकै पहिलो राष्ट्रिय सम्मान मञ्च औपचारिक रूपमा सुरु भएको छ भने साउन १६ मा ‘ग्र्यान्ड फिनाले’ सम्पन्न हुनेछ । यो अवार्डले नेपालको क्रिएटर इकोनोमीलाई संस्थागत गर्न सहयोग पुग्नेछ । […]

जेठ ३ गते आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौँ। प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६  दिन […]

कानुन निर्माण प्रक्रियालाई छिटो टुङ्ग्याउन कोशी सरकारलाई इक्यानको आग्रह

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्शका क्षेत्रमा समेट्नुपर्ने सुझावसहित ज्ञापन पत्र बुझाएको छ । कोशी प्रदेश सरकारले कन्सल्टेन्सीहरुलाई ब्यवस्थित गर्दै कानुनी दायरामा ल्याउने तयारी स्वरुप कानुन […]

श्रम–संस्कृति काम गर्ने पार्टी हो, प्रत्येक सदस्यले श्रमदान गर्नुपर्छ: हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्लालाई मात्रै नभई सबै जिल्लालाई समान रूपमा हेर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश तहमा पुगेपछि जिम्मेवारी व्यापक हुने भएकाले सम्पूर्ण जिल्लालाई समेटेर काम गर्नुपर्ने बताएका हुन्। उनले भने- ‘प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्लामा मात्रै सीमित नभई सबै जिल्लालाई समान रूपमा हेर्नुपर्छ । जति ठुलो क्षेत्रमा जिम्मेवारी हुन्छ, त्यति काम देखिँदैन, तर दायित्व धेरै हुन्छ। प्रदेशमा पुगेपछि एउटा जिल्लामा मात्र सीमित हुन पाइँदैन ।’ उनले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन् बढ्ने बताए। पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य सङ्गठनको समान हिस्सेदार भएको बताए। उनले श्रम संस्कृति पार्टी काम गर्ने पार्टी भएको उल्लेख गर्दै प्रत्येक सदस्यले श्रमदानमा जोडिनुपर्ने बताए । उनले थप भने- ‘श्रम–संस्कृति पार्टीलाई काम गर्ने पार्टी हो। प्रत्येक सदस्यले श्रमदान गर्नुपर्छ। हिजो म एक्लै अभियानमा थिएँ, आज हजारौँ मानिस जोडिएका छन् । यो सफलता होइन, निरन्तरताको परिणाम हो ।’

फोहोरको स्रोतमै पृथकीकरण नहुँदा वातावरणमा नकारात्मक असर

काठमाडौँ : काठमाडौँ उपत्यकाको फोहोरको स्रोतमै पृथकीकरण गरी प्रकृतिअनुसार व्यवस्थापन नगरी सम्पूर्ण फोहोर ‘ल्यान्डफिल साइट’मा व्यवस्थापनका लागि लैजाँदा जैविक विविधता र वातावरणमा नकारात्मक असर पर्दै आएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले जैविक विविधता र वातावरणमा नकारात्मक असर नपर्ने गरी ल्यान्डफिल साइटको व्यवस्थापन गर्न भनेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ मङ्सिर १७ गतेको निर्णयानुसार तत्कालीन सहरी विकास मन्त्रालयलाई काठमाडौँ उपत्यकामा उत्सर्जन हुने फोहोरको दिगो व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माणको जिम्मेवारी दिइएको छ । मन्त्रालयले नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी गाउँपालिका–१ स्थित बञ्चरेडाँडा फेदीमा कोल्पुखोला ‘डाइभर्सन’ गरी ल्यान्डफिल साइट निर्माण कार्य गर्दै आएको छ । उक्त कार्यका लागि यो वर्ष चालुतर्फ रु एक करोड ३१ लाख ९३ हजार तथा पुँजीगततर्फ रु सात करोड तीन लाख नौ हजार गरी रु आठ करोड ३५ लाख दुई हजार खर्च भएको प्रतिवेदनमा जनाइएको छ । काठमाडौँ उपत्यकासहित आसपासका २३ स्थानीय तहले २०७९ जेठ १२ देखि फोहोर विसर्जनको कार्य गरेकामा सहरी विकास तथा भवन निर्माण विभागबाट ल्यान्डफिल साइट सञ्चालनसम्बन्धी कार्यविधि २०७९ असार २४ मा स्वीकृत भई काठमाडौँ महानगरपालिकाबाट सञ्चालन भएको छ । दैनिक रूपमा उत्पन्न हुने जैविक तथा अजैविक फोहोरलाई सङ्कलन, वर्गीकरण, पुनः प्रयोगलगायत प्रक्रियाबाट बाँकी रहेको फोहोरलाई मात्र व्यवस्थापन गर्ने उद्देश्यले ल्यान्डफिल साइटको निर्माण गरिएकामा फोहोरको स्रोतमै पृथकीकरण गरी प्रकृतिअनुसार व्यवस्थापन गर्नुपर्नेमा त्यसो नगरी सम्पूर्ण फोहोर साइटमा व्यवस्थापनका लागि लैजाने, दैनिक रूपमा व्यवस्थापन गर्ने कार्य, ल्यान्डफिल ‘ग्यास भेन्टिलेसन’का लागि ‘भेन्ट पाइप’ जडानको कार्य, दैनिक रूपमा माटोले पुर्ने कार्य नियमित रूपमा नगरिएको प्रतिवेदनले औँल्याएको छ । ल्यान्डफिल साइटको मौजुदा सेल भरिइसकेका कारण थप उचाइ बढाउनका लागि नयाँ ठेक्का व्यवस्था भएको छ । त्यसैगरी, लिचेड पोखरी ‘ओभरफ्लो’ भएको, ‘रिसर्कुलेसन’का लागि ‘मोटर’हरू नियमित रूपमा चलाउनुपर्नेमा नचलाएको, मोटरहरू बिग्रेकाले लिचेड ओभरफ्लो भई खोलामा मिसिन गई वातावरणमा नकारात्मक असर परेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

अत्तरिया चोकमा आकाशे पुल निर्माण हुने, मेयर भट्टद्वारा शिलान्यास

कैलाली । कैलालीको अत्तरिया चोकमा आकाशे पुल निर्माण हुने भएको छ। गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट ले शनिबार एक कार्यक्रमका बीच पुलको शिलान्यास गरेका हुन्। करिब १ करोड ४२ लाख ८५ हजार ४९८ रुपैयाँको लागतमा निर्माण हुने उक्त आकाशे पुलका लागि कृजल त्रिनेत्र सिद्धनाथ जेभीसँग ठेक्का सम्झौता गरिएको छ । सम्झौताअनुसार पुस मसान्तभित्र निर्माण कार्य […]

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा आज ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरेको छ । नेपालको विविध सांस्कृतिक तथा पाक परम्पराको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा ‘फुड फेस्ट’ तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो । बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले महोत्सवको उद्देश्य नेपालको संस्कृति र खानाका परिकारको विविधता […]

विराटनगर विमानस्थलबाट प्रादेशिक, माउन्टेन र भारतमा हवाइ उडान गर्न मन्त्री पराजुलीको माग

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले कोशी प्रदेशको समग्र पर्यटन प्रवर्द्धनका लागि विराटनगरबाट प्रादेशिक, माउन्टेन र भारतका विभिन्न स्थानहरूमा सिधा हवाइ उडान गर्नुपर्ने माग राखेका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको काठमाडौंमा बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष मन्त्री पराजुलीले यस्तो माग राखेका हुन् ।...

विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल राष्ट्रिय क्रिकेट टोली र अमेरिका राष्ट्रिय क्रिकेट टोली बीच महत्वपूर्ण खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ। नेपाल, अमेरिका र स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोली सम्मिलित जारी शृङ्खलामा हालसम्म दुई खेल सम्पन्न भएका छन्, जसमा दुवै खेलमा स्कटल्याण्ड […]

भारतमा पेट्रोल–डिजेल महँगियो

काठमाडाैँ । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ । भारतीय सरकारी तेल कम्पनीहरूले शुक्रबार पेट्रोल र डिजेलको मूल्यमा तीन प्रतिशतभन्दा बढी वृद्धि गरेका छन्, जसले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाब सिर्जना गरेको छ । फेब्रुअरीमा युद्ध सुरु भएपछि भारतमा अटोमोबाइल इन्धनको मूल्य बढाइएको यो […]

सरकारी कार्यालयहरुमा नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन

काठमाडौँ- सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो । मन्त्रिपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा, औजार, …

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ: टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी जेठ १ गतेदेखि ३ गतेसम्म “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आयोजना गर्ने भएको छ। ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। द ग्रान्ड स्विच […]

चीनले बनायो विश्वकै सबैभन्दा ठूलो कन्टेनर जहाज, लम्बाइ ४ फुटबल मैदान बराबर

चीनले विश्वकै सबैभन्दा ठूलो मिथानोल दोहोरो इन्धन कन्टेनर जहाज पूरा गरेर समुद्री व्यापार र हरित प्रविधिमा एउटा ठूलो कदम अगाडि बढाएको छ। यो विशाल जहाज बिहीबार पूर्वी चीनको जियाङ्सु प्रान्तको नान्टोङ सहरबाट समुद्री परीक्षणका लागि प्रस्थान गरेको छ। चिनियाँ राज्य सञ्चालित मिडिया सिन्ह्वाका अनुसार यो जहाज नान्टोङ कोस्को खाई जहाज इन्जिनियरिङ कम्पनीले निर्माण […]

केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

काठमाडौँ विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उहाँलाई जिम्मेवारी तोक्नुभएको हो । उहाँ सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुनुहुन्छ । आजैदेखि उहाँले कार्यभार पनि सम्हाल्नुभएको केयुले जनाएको छ […]

एसईई पुरक परीक्षाको आवेदन खुला, असार १ गतेदेखि परिक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षाको आवेदन फारम खुला गरेको छ। बोर्ड अन्तर्गतको  परीक्षा नियन्त्रण कार्यालय (एसईई) कक्षा १० ले शुक्रवार सूचना जारी गर्दै एसईईमा ननग्रेडेड विद्यार्थीको लागि असार १ गतेदेखि सञ्चालन गर्न लागिएको पुरक परीक्षाको आवेदन खुला गरेको हो। बोर्डले आगामी असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन…

आज कम्युनिष्ट पार्टीको ‘लिडरसिप कम्पाउन्ड’मा भेट्दै सी चिनफिङ र डोनाल्ड ट्रम्प

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज बेइजिङमा फेरि उच्चस्तरीय छलफल हुँदैछ। बुधबार चीन पुगेका ट्रम्प र सीबीच बिहीबार पनि छलफल भएको थियो।। आज चिनियाँ कम्युनिष्ट पार्टीको ‘लिडरसिप कम्पाउन्ड’मा दुई नेताबीच भेट हुने तय भएको हो। यो स्थानमा बिरैले अरुले प्रवेश पाउँछन्। यो ठाउँमा केही अमेरिकी नेताहरुले मात्रै हालसम्म प्रवेश […]

मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिँदै छन् । शुक्रबार बिहान ११ बजे बोलाइएको मधेश प्रदेश सभा बैठकमा …

आज अन्तर्राष्ट्रिय परिवार दिवस

काठमाडौँ। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसङ्घले विशेष ध्यान दिन […]

पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

तनहुँ। पृथ्वीराजमार्ग सडक विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ । सडक विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सडक सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठमन्दिर र पाटीपौवाहरूको पुनर्निर्माणलाई तीव्रता दिइएको हो । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने)को सडक निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिइएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद […]

आज विश्वासको मत लिँदै मधेश मुख्यमन्त्री यादव

काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बोलाइएको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले बैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको हो । मुख्यमन्त्री […]

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

कार्यक्रममा हङ्कङ पोलिटेक्निक विश्वविद्यालयअन्तर्गतको स्कुल अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टका सहायक डिन प्रा डा डेनिज क्युचकुस्ताले विश्वभरका पर्यटक अहिले उपचार, आत्मिक सन्तुलन र अर्थपूर्ण अनुभवको खोजीमा यात्रा गरिरहेको भन्दै नेपाल वेलनेस पर्यटनको नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताउनुभयो ।

सीजी मोटोकर्पद्वारा सुजुकी e VITARA को देशव्यापी हस्तान्तरण सुरु

काठमाडौँ, वैशाख ३१ । सीजी मोटोकर्पले सुजुकीको पहिलो पूर्ण विद्युतीय एसयूभी ‘e VITARA’ को देशव्यापी ग्राहक हस्तान्तरण सुरु गरेको छ । कम्पनीका अनुसार यो नेपाली बजारका लागि सुजुकीको पहिलो पूर्ण निर्मित (CBU) विद्युतीय गाडी मात्र नभई यस मूल्य वर्गमा नेपालमा भित्रिएको पहिलो जापानी विद्युतीय एसयूभी पनि हो । सुजुकीको आधिकारिक डिलर सञ्जालमार्फत देशभर ग्राहकलाई गाडी […]

दक्षिण अफ्रिकामा डोङफेङको बजेटमैत्री इलेक्ट्रिक एसयूभी ‘नामी 06 E1’ सार्वजनिक

चिनियाँ अटो निर्माता डोङफेङले दक्षिण अफ्रिकामा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘नामी 06 E1’ सार्वजनिक गरेको छ । कम मूल्यमा उपलब्ध गराइएको यो मोडल दक्षिण अफ्रिकाको हालसम्मकै सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी बनेको कम्पनीले जनाएको छ । दक्षिण अफ्रिकामा यो मोडल ‘भिगो’ नामले समेत परिचित छ । डोङफेङले यसअघि ‘बक्स’ ह्याचब्याक र ‘007’ प्रिमियम […]

बजारबाट करेन्ट र लाली चाउचाउ फिर्ता गर्न विभागको निर्देशन

३१ वैशाख २०८३ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड विपरीत पाइएपछि बजारमा बिक्री भइरहेको करेन्ट र लाली चाउचाउ फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बिहीबार जारी गरेको आदेशअनुसार परीक्षणका क्रममा उक्त चाउचाउमा ‘एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु’ नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नभेटिएको जनाएको छ । खाद्य प्रविधि तथा गुण...

प्रधानमन्त्रीले आफैसँग राखे यी तीन वटा मन्त्रालय

प्रधानमन्त्री बालेन्द्र शाहले तीन वटा मन्त्रालयहरू आफैसँग राखेका छन्। रक्षा,गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैसँग राखेका हुन्।